डिसिसिएमसिको बैकठले ग¥यो ,संक्रमित बोक्ने एम्बुलेन्स भाडाँमा लिने निर्णय

जुम्ला ः जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दाराम चौलगाईको अध्यक्षतामा शनिबार बसेको डिसिसिएमसिको बैकठले कोरोना ,संक्रमित भएका बिरामीलाई अस्पताल सम्म ल्याउन र लैजानका लागि भाडाँमा एम्बुलेन्स राख्ने निर्णय गरेको छ । बैठकले निजि क्षेत्र बाट सोहि प्रकृतिको सवारी साधन भाडामा लिई तत्काललाई व्यवस्थापन गर्ने भएको हो ।, उक्त सवारी साधन भाडामा लिनको लागि निजि क्षेत्र संग समन्वय गर्ने जिम्मा तिला गाउँपालिका अध्यक्ष रतन नाथ यौगीलाई दिइएको छ । कोरोनाका बिरामी बोक्ने सावारी साधनको पाटेसन खर्च, भाडा खर्च र इन्धन खर्च प्रत्येक स्थानिय तहले ब्यवस्थापन गर्ने छन। प्रत्येक स्थानीय तहले १००००० (एक लाख) ३ दिन भित्र जिल्ला प्रशासन कार्यालय जुम्लाको पहिले जम्मा गरेको खातामा जम्मा गरी भौचर पेश गर्नु पर्ने छ। त्यस्तै कोरोना भाईसको कारण संक्रमित व्यक्ति अस्पतालमा मृत्यू भएमा उक्त मृतकको शव लैजानका लागि सडक कार्यालय संग सव बाहन बनाउनका लगि टिप्पर माग गर्ने निर्णय गरिएको छ । सव व्यवस्थापनका लागि आवश्यक गर्ने PPE समेत का सामाग्रि जिल्ला स्वास्थ्य कार्यालय,जुम्लाले नेपाली सेना संग समन्वय, गरी तयारी अवस्थामा राख्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दाराम चौलगाईले बताए । उनले भने , ,कोरोनाको दोस्रो चरणमा महामारीको रूपमा फैलिएको कोरोना भाईरस COVID–19  लाई रोकथाम तथा नियन्त्रण गर्नको लागि प्रत्येक स्थानीय तहले कोरोना भाईरस नियन्त्रण रणनिति योजना आ–आफ्नो गाउपालिका . र नगरपालिकामा बनाई उक्त रणनितिक योजना कार्यन्वयन गराउने निर्णय भएको छ । त्यस्तै कोरोना भाईरस भएका ब्यक्तिहरुको को दैनिक विवरण एकिकृत रूपमा प्रत्येक दिनको दिउसो २ बजे भित्र जिल्ला स्थित सम्पूर्ण स्थानीय तह, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जनस्वस्थय सेवा कार्यालयले तोकियको ढाँचामा जिल्ला प्रशासन कार्यालय जुम्लमा उपलब्ध गराउने फोकल प्रशन तोकीने भएको छ ।

पालिकामा रहेका CICT Team लाई तोकिएको निर्देशिका अनुसार व्यापक रूपमा परिचालन गर्नुका साथै जिल्ला बाहिरबाट आएका मानिसहरुलाई अनिर्वाय रूपमा गाउँपालिकाले व्यवस्थापन गरेको हेल्प डेक्समा चेक जाच गरेर मात्र गाउँ प्रबेस गर्ने निर्णय गरिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन बाहिरि जिल्ला बाट आपूर्ती सहज रूपमा हुन सक्ने सम्भावन कम भएकोले प्रतिष्ठानमा रहेको अक्सिजन पलान्टबाट अक्सिजन उत्पादन वृद्धि ल्याउने अनुरोध गर्ने निर्णय समेत गरिएको छ । यस अघि डिसिसिएमसिको बैकठले जुम्लाका शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको थियो ।

त्यस्तै स्थानीय प्रशासन र प्रहरी भने ,स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउन सचेतना दिदै आएको छ । प्रहरीले सदरमुकाम खलङ्गाका विभिन्न क्षेत्रमा पुगेर स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी दानबहादुर थापा बताउछन । उनले भने , नेपालगञ्ज, सुर्खेत ,लगायतका जिल्लामा कोरोना सङ्क्रमण उच्च रहेकाले समयमै जुम्लावासीलाई सचेत गरेका छौँ । प्रहरीले २५ जनाभन्दा बढी भेला नहुन र सामाजिक तथा व्यक्तिगत दूरी कायम गरेर अघि बढ्न आग्रह गरिएको डिएसपी थापाले बताउछन । उनका अनुसार समयमै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरौँ, कोरोना भाइरसबाट आफू पनि बचौँ, अरूलाई पनि बचाऔँ भन्दै जिल्ला प्रहरी कार्यालय जुम्लाले प्रत्येक प्रहरी चौकीलाई हरेक दिन माइकिङ गर्दै पूरै बजार परिक्रमा गर्न निर्देशन दिईएको छ ।

स्वास्थ्यका मापदण्ड पालना नगर्ने स्थानीयवासीलाई कडा कारबाही गरिने चेतावानी पनि जिल्ला प्रहरी कार्यालय जुम्लाले जनकारी दिएको छ । घरबाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न, स्यानिटाइजर र साबुनपानीले राम्ररी हात धुन भन्दै सार्वजनिक रुपमा सबैलाई सचेत समेत गराएको छ । कोरोना भाइरसको लक्षण देखिने बित्तिकै नजीकैको स्वास्थ्य संस्था, आइसोलेशन श्यया तथा क्वारेन्टिमा सम्पर्क राख्न पनि सुझाव दिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।