जुम्लामा शुक्रबार थप ५ जना दोस्रो लहरको कोरोना संक्रमण पुष्टी भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा १६ जनाको पिसिआर परीक्षण गर्दा १६ जना मध्ये ५ जनामा कोरोना संक्रमण पृष्टी भएको हो ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निमित्त अस्पताल निर्देशक राजिब शाहका अनुसार संक्रमित हुनेमा चन्दननाथ नगरपालिका ६ का २ जना, चन्दननाथ ३ का १ जना र गुठिचौर गाउँपालिका ३ र ५ नम्बर वडाका १÷१ जना गरी ५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।शुक्रबार थपिएका ५ जना सहित जुम्लामा दोस्रो लहरको जम्मा संक्रमितको संख्या १८ पुगेको छ । यसअघि कोरोना संक्रमितको संख्या १३ रहेको थियो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अहिले करिब २ सय १५ वटा अक्सिजन सिलिन्डर मौज्दात राखिएको छ । जसमा कोभिडका लागि भनेर १ सय ५० छुटाइएको छ । बिरामीको चाप बढेको खण्डमा बढीमा १० दिन सम्म मात्रै हालको स्टक अक्सिजनले काम गर्ने देखिन्छ ।बिरामीको चाप बढेमा जुम्लामा पनि अक्सिजनको अभाव देखिने भएकोले अक्सिजन प्लान्टका लागि करिब २ करोड बजेट अत्यावश्यक रहेको समेत डा. शाहाले उल्लेख गरे ।
१५ वटा भेन्टिलेटर, १ सय २० वटा आइसोलेसन बेड तयारी अवस्थामा छन् ।
तर अक्सिजन प्लान्टको स्टक व्यवस्थापनका लागि तत्काल बजेट आवश्यक रहेको प्रतिष्ठान स्रोतले जनाएको छ । साथै प्रतिष्ठानको आफ्नै लगानीमा अक्सिजन प्लान्ट शुरु भएकोमा प्रदेश सरकारले आफ्नो लगानीमा शुरु गरेजस्तो गरी निर्णय गरेको र बजेट व्यवस्थापनमा कर्णाली प्रतिष्ठानलाई प्रदेश सरकारले उपेक्षा गरेको छ ।जुम्लाका आठ स्थानीय तह मध्य दोस्रो चरणको संक्रमणको भयावह रुपमा चन्दननाथ नगरपालिका र गुठिचौर गाउँपालिबाट शुरु भएको छ ।
स्थानीय प्रशासन तथा स्थानीय तहले रोकथाम तथा नियन्त्रण गर्न नसक्दा गाउँगाउँमा कोरोना फैलिसक्ने नागरिक अगुवा राजबहादुर महतले बताए ।
दैनिक संक्रमण बढ्दै गएको अबस्था सिधै नेपालगज्ज, सुर्खेत र काठमाडौँबाट हवाई तथा स्थलमार्ग भएर आउने नागरिकको चेकजाँच गर्ने व्यवस्था नमिलाउनु खतराको संकेत भएको समेत महतको भनाई छ ।विगतको जस्तो जुम्लामा यस वर्ष कोरोना रोकथाम तथा नियन्त्रणका लागि , स्थानीय सरकार, स्वास्थ्यसंग सम्बन्धी निकायको त्यति धेरै चासो राखेको पाइदैन । जसका कारण संक्रमणले भयावह रुप लिने निश्चित भएको छ उनले भने