एमाले ओली पक्षले एकलौटी रुपमा वडा देखि केन्द्रको महाधिवेशन मिति तोक्यो

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केपी शर्मा ओली पक्षले एकलौटी रुपमा पार्टीको वडा अधिवेशन देखि केन्द्रको महाविधेशनको मिति तोकेको छ । पार्टीको वैशाख ६ ,१० र १२ गते बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक  कमिटीको बैठकले गरेका निर्णयहरु सहित अन्तरपार्टी निर्देशनमा वडा अधिवेशन भदौ ५ गते हुने भनिएको छ ।

पालिका अधिवेशन भदौ १५, जिल्ला अधिवेशन भदौ ३० र प्रदेश अधिवेशन असोज २३ गतेका लागि तोकिएको छ। महाधिवेशन २०७८ मंसिर २ देखि ६ सम्म गरिने यसअघि नै तोकि सकेको छ ।

त्यसै विधान संशोधन गर्न २५ देखि २७ साउनसम्म राष्ट्रिय प्रतिनिधि परिषदको बैठक आयोजना गर्ने भएको छ । सम्बन्धित तहका अधिवेशन सम्पन्न भएपछि प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटीलाई अध्यावधिक गर्ने भनिएको छ ।

एमालेको महाधिवेशन आयोजक कमिटी बैठकले १९ सदस्यीय स्थायी कमिटी गठन गरेको थियो। साथै, २६५ जना महाधिवेशन आयोजक कमिटी सदस्यको कार्यविभाजन गरेको थियो। १९ सदस्यीय स्थायी कमिटीमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको कुनै पनि नेता समावेश छैनन् । अझ खनाल–नेपाल पक्षका कुनैपनि नेतालाई जिम्मेवारी दिएको छैन ।

सम्बन्धित समाचार