माओवादीका हरेक कमिटीमा ३५ प्रतिशत महिला र १५ प्रतिशत दलितको प्रतिनिधित्व अनिवार्य गरिने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पार्टीको केन्द्रीय कमिटीदेखि वडा कमिटीमा ३५ प्रतिशत महिला र १५ प्रतिशत दलित अनिवार्य गर्ने निर्णय गरेको छ । आज पार्टी कार्यलय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले उक्त निर्णय गरेको हो ।

राष्ट्रिय महाधिवेशन अगावै हरेक कमिटीमा महिला दलितको प्रतिशत लागु गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकरी दिए ।

आज बसेको स्थायी कमिटी बैठकले पार्टीको अन्तरिम विधान संशोधन प्रस्तावलाई केन्द्रीय कमिटीमा प्रस्ताव गर्नेगरी पारित गरेको उनले बताए ।

त्यस्तै केन्द्रीय कमिटीमा कम्तिमा १५ प्रतिशत र प्रदेश, जिल्ला र पालिकामा २ प्रतिशत दलितको प्रतिनिधित्व थपिने उनले बताए । उनकाअनुसार दलित समुदायलाई विशेष अधिकार दिएर सबै कमिटीमा प्रतिनिधित्व गरिने छ ।

त्यस्तै ४० वर्ष उमेर समूहका २० प्रतिशत युवालाई सबै कमिटीमा राखिने उनले बताए ।

त्यस्तै पार्टीको सबै कमिटीको पादधिकारीमा एक जना महिला राख्ने निर्णय गरेको छ। केन्द्रीय कमिटी २९९ जनाको हुने छ ।

सम्बन्धित समाचार