मन्त्रिपरिषद बैठक सकियो, सीसीएमसीको सिफारिस परिमार्जनसहित पारित

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पहाडी जिल्लामा २०० संक्रमित नाघेमा र तराईका जिल्लाहरुमा ५०० सक्रमित नाघेमा निषेधाज्ञा जारी गर्न जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसीलाई) अधिकार दिएको छ ।

सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सबै तहका परीक्षा रोक्ने र पठनपाठन भर्चुअल विधिबाट गर्न निर्देशन दिने निर्णय गरेको कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।

मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रि सीमा नाकमा कडाइ गर्ने, स्वदेश आएका नागरिकलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने, विदेशी नागरिकको हकमा होटलमा क्वारेन्टिनको व्यवस्था गर्ने निर्णय भएको अर्यालले जानकारी दिइन । आजै बसेको मन्त्रिपरिषद् बैठकले हवाइ उडान व्यवस्थित गर्ने पनि निर्णय गरेको छ ।