इराकको कोरोना अस्पतालमा आगलागी हुँदा ८२ जनाको मृत्यु

काठमाडौं । इराकको कोरोना अस्पतालमा आगलागी हुँदा ८२ जनाको मृत्यु भएको छ भने १ सय बढी घाइते भएको बीबीसीले जनाएको छ । इराकको अल खतीब अस्पतालमा शनिबार राती आगलागी भएको हो ।

बीबीसीका अनुसार अक्सिजनको ट्याङकर पड्केर आगलागी भएको हो बीबीसीले जनाएको छ। इराकका प्रधानमन्त्री मुस्तफा अल–मदीमीले यस घटनालाई दुर्भाग्यपूण बताएका छन् भने उनले यस घटनाको बारेमा छानबिन गर्न निर्देशन समेत दिएका छन् । इराकमा अस्पतालहरूमा औषधि र शय्याको चरम अभाव भइरहेका बेला अस्पतालमा आगलागी हुँदा कोरोना सङ्क्रमतिको उपचारमा जटिलता थपिएको छ ।