पाँचसय बढी कोरोना संक्रमित भएका जिल्लामा १५ गतेदेखि निषेधाज्ञा हुने संकेत

काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले उपत्यका र तराइका जिल्लाहरुमामा पाँचसय भन्दा बढी र पहाडि जिल्लामा कोरोना संक्रमित भएका जिल्लामा १५ गतेदेखि निषेधाज्ञा हुने संकेत गरेको छ ।
यस्तो अवस्थामा निषेधाज्ञा लगाउन स्थानीय प्रशासनलाई सीसीएमसीले अधिकार प्रत्यायोजन गरेको छ ।

आइतबार बसेको सीसीएमसीका बैठकले गरेको निर्णय अनुसार काठमाडौं लगायतका ९ जिल्लामा तत्काल निषेधाज्ञा लागू हुने संकेत देखिएको छ । किनभने, काठमाडौं भक्तपुर र ललितपुरलगायतका केही जिल्लामा संक्रमतिहरुको संख्या ५ सय नाघिसकेको छ ।

त्यसैगरी मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा पनि ५ सयभन्दा बढी सक्रिय संक्रमित देखिएका छन् ।

सीसीएमसीले पहाडी जिल्लाहरुमा भने ५ सय सक्रिय संक्रमित नपुगे पनि २ सय कट्नासाथ निषेधाज्ञा लगाउन स्थानीय तहलाई अधिकार दिएको छ ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका अनुसार १५ गतेदेखि निषेधाज्ञा गर्नुपर्ने निष्कर्ष सीसीएमसीले निकालेको छ । बाँकेमा जस्तै स्थानीय प्रशासन (डीसीसीएमसी) लाई यो कार्यान्वयनको जिम्मा दिने सीसीएमसीको तयारी रहेको बुझिएको छ ।

सम्बन्धित समाचार