बहुपंक्षी पालनमा स्थानीय आकर्षित

जुम्ला ः पछिल्लो समय जुम्लामा बहुपंक्षी पालनमा स्थानीय आकर्षित भएका छन । ,जुम्लाको सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिका – ४ मालाभिड गाउँमा अहिले पशुपक्षी पालन व्यवसायमा अघि बढेको छ । पहिला पंक्षीका नाममा कुखुरा मात्रै फाटफुट रुपमा पाल्ने गरेको पाइन्थ्यो । यसरी व्यवसायिक रुपमा पनि पालन गर्ने गरेका थिएनन् । तर,आजभोलि यस क्षेत्रका स्थानीय पंक्षी पालन गरेर व्यवसायीक बन्दै गएका छन् । स्वदेश तथा विदेशमा संगालेको अनुभवसंगै श्रम र पूँजीको परिचालनबाट जुम्लामा पंक्षी व्यवसायी फस्टाउदै गएको हो । जुम्लाको चन्दननाथ नगरपालिका – ४ मालाभिड गाउँमा पछिल्लो समय पंक्षी पालन व्यवसाय नमुना बन्दै गएको छ । स्थानीयले लोकमणि बहुपंक्षी टर्की पालन व्यवसायी गरेपछि व्यवसाय सफल हुँदै गएको हो । यहाँका स्थानीय अगुवाहरुले स्वदेशमा रोजगार छैन भन्दै विदेशिने युवाहरुलाई स्वेदेशमै स्वरोजगार बन्न सकिने उदारण बनेका छन् ।
स्थानीय रुपमा पंक्षी व्यवसाय सफल बनाउने  रिता चौलागाई,नारायण चौलागाईका दम्पती हुन् । यो जोडी जागिरे जिन्दगी पछि व्यवसायीक पंक्षी पालन गरेर नमुना बनेको छ । तर, चौलागाइ जोडीले पंक्षी पालनमा समस्या पनि भोगिरहेको छ । पंक्षी पालनमा उपकरण संचालन गर्ने समस्या भएको छ , रिता चौलागाइले भनिन , उपकरण भएपनि विद्युतको अभाव छ । उनले थपिन , पहिले ह्याचरि मेसिनबाट सुरुमा केही चल्ला उत्पादन गरेपनि बिजुलीको समस्या भएकोले अहिले उपकरण थन्किएको छ ।
यस अघि जुम्लामा पंक्षीको नामा कुखुरा मात्रै पालन हुने गरेको थियो । यहाँ अहिले अन्य जातका पनि पंक्षी पालनको व्यवसायी पनि भएकोले पेकिङ जातको हाँस, लौकाट, टर्की, बटाईको उत्पादन भइरहेको छ । यसबाट आम्दानीको सम्भावना राम्रो भएकोले व्यवसायी आकर्षण बढेको चन्दननाथ नगरपालिका ४मालाभिडका सर्पानन्द हमालले बताए । उनले स्वदेश तथा विदेशमा अनुभव संगालेकाहरुले पंक्षीपालन व्यवसाय संचालन गरेपछि आम्दानीको साथै रोजगारीमा योगदान पुगेको बताए । उनले भने , बजारमा पंक्षीको मासुको माग पनि उत्तिकै छ ।

बजारमा बढ्दो मागलाई उत्पादनमा वृद्धि गर्नुपर्ने देखिन्छ । भर्खरै व्यवसाय शुरु गरिएको छ । शुरुवातीमै व्यवसायले सकारात्मक सन्देश दिएपछि किसानहरु उत्साहित भएका छन् । उनले थपे ,आम्दानी अहिल्यै नै राम्रो भन्न नसकिएपनि पंक्षीपालनबाट राम्रो आम्दानीको संभावना देखिएको छ । पंक्षीपालनको व्यवसाय सफल हुदै गएपछि सरकारी सहयोग पनि शुरु भएको, पशु तथा अस्पताल तथा पशु विकास कार्यालय जुम्लाका अधिकृत धनबहादुर महतले बताए । उनका अनुसार कार्यालयबाट लोकमणि टर्की पालन व्यवसायीमा ५ लाख जति अनुदान प्रदान गरेको छ । चल्ला उत्पादन गर्ने ह्याचरी उपकरण, सोलार, घेरवार र खोरका लागि अनुदान प्रदान गरेको हो । सरकारी अनुदानसंगै आवस्यक सहयोगले व्यवसायीहरु उत्साहित भएका छन् । थप व्यवसायको प्रवद्र्धन गर्न अझै सरकार अनुदानमा वृद्धि हुन सकेमा आन्तरिक रोजगारीसंगै आयमा वृद्धि हुने पक्का देखिन्छ ।