ओलीले एकलौटी रुपमा गरे नेताहरुको कार्यविभाजन,नेपाल पक्षको जिम्मेवारी खोसियो

काठमाडौं । नेकपा एमाले (ओली पक्ष)ले नवौ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरेको छ । ओली पक्षले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालको अनुपस्थतिमा एकलौटी रुपमा महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई भंग गरेर २ सय ६४ सदस्यका महाविधेशन आयोजक कमिटी बनाएको छ ।

आज एमालेको ओली पक्षले अन्तरपार्टी निर्देशिका तल्ला कमिटीलाई पठाएको छ । उसले निर्देशिकामा एमालेले भनेको छ ‘सर्वोच्चको फैसला अनुसार १५ दिनभित्र नेकपाको ठाउँमा अर्को नाम लैजान माओवादी केन्द्रको रवैयाका कारण सम्भव छैन ।’

ओली पक्षले जारी गरेको अन्तर पार्टी निर्देशनमा सातै प्रदेशका इन्चार्ज र सहइन्चार्ज तथा  पदाधिकारीहरुको नामावली पठाइएको छ । जसमा माधव नेपाल पक्षधर नेताहरुलाई भने कुनै जिम्मेवारी दिइएको छैन ।

तत्कालका लागि भनेर दिइएको कार्यविभाजन माधव नेपाल पक्षले बिना सर्त पार्टीमा रहन चाहेको अवस्थामा हेरफेर हुने बताइएको छ ।

अन्तरपार्टी निर्देशन–९
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दसौं (विशेष) र एघारौं बैठक २०७७ फागुन २८ गते एवं बाह«ौं बैठक २०७७ चैत ७ गते पार्टी अध्यक्ष तथा प्रधानमन्त्री कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास, बालुवाटारमा बस्यो । मुलुकमा विकसित नयाँ राजनीतिक घटनाक्रम, पार्टीका सामु उपस्थित नयाँ चुनौती र अभिभाराका बीचमा सम्पन्न उक्त बैठकहरूले पार्टी जीवनमा दूरगामी महत्व राख्ने निर्णयहरू गरेका छन् । पार्टी निर्माण,
विस्तार र सुदृढीकरणका सम्बन्धमा गरिएका यी महत्वपूर्ण निर्णयहरूलाई एकरुपताका साथ आत्मसात गर्न र तत्परताका साथ कार्यान्वयन गर्न सम्पूर्ण पार्टी पङ्क्तिमा यो अन्तरपार्टी निर्देशन जारी गरिएको छ ।

१. पछिल्लो राजनीतिक घटनाक्रम र अदालतका फैसलाहरूका सम्बन्धमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको २०७५ जेठ ३ गते बसेको नवौं बैठकले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पाटी (मार्आ ेवादी केन्द्र) बीच पार्टी एकीकरण गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुरुप २०७५ जेठ ३ गते दुई पार्टीबीच एकीकरण सम्पन्न भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन गरिएको थियो ।

यस अवधिमा हामी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का रुपमा क्रियाशील रह्यौं । परन्तु, तीन महिनाभित्र सम्पन्न हुनु पर्ने पार्टी एकीकरणको काम तीन वर्ष बित्न लाग्दा समेत सम्पन्न हुन सकेन । सहमति र एकताको भावनाका साथ एकीकरणको काम सम्पन्न गर्नुको साटो केही नेताहरूबाट आफ्ना निहित स्वार्थका लागि गुटगत, विभाजनकारी र षडयन्त्रमूलक गतिविधिहरू गर्दै पार्टी तथा सरकारको नेतृत्वका विरुद्ध घेराबन्दी जारी रह्यो । पार्टीको एकता महाधिवेशन समेत आयोजना हुन नसकिरहेको अवस्थाले पार्टीमा असहज अवस्था उत्पन्न भइरहेको थियो । यिनै घेराबन्दी र षडयन्त्रलाई चिर्न एवं अस्थिरता, स्वार्थप्रेरित गठबन्धन र वाह्य हस्तक्षेपको चक्रव्युहबाट राष्ट्रिय राजनीतिलाई मुक्त गर्दै सही दिशा दिन २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि २०७८ बैशाखमा नयाँ निर्वाचन गर्ने घोषणा गरिएको थियो । त्यसपछिका करिब दुई महिना हामीले नयाँ निर्वाचनको तयारी र पार्टीको शुद्धिकरण एवं सुदृढिकरणका लागि राष्ट्रव्यापी अभियान सञ्चालन ग¥यौँ । चौतर्फी घेराबन्दी र भ्रामक प्रचारलाई चिर्दै पार्टीको प्रतिवद्ध पङ्क्ति दृढतापूर्वक यस अभियानको पक्षमा उभियो । नयाँ निर्वाचन र पार्टीको पक्षमा अभूतपूर्व जनलहर देखा प¥यो । तर यसैबीच, २०७७ फागुन ११ गते सर्वोच्च अदालतको संवैधानिक इजलासबाट प्रतिनिधिसभा विघटनको निर्णय बदर भई प्रतिनिधिसभा पुनस्र्थापित हुने फैसला भयो ।

प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनमा जाने अधिकार प्रधानमन्त्रीमा निहित रहने संसदीय शासन प्रणालीका विश्वव्यापी सिद्धान्त र अभ्यासका साथै हाम्रो संविधानसँग अदालतको उक्त फैसला मेल खाँदैन । विद्यमान राजनीतिक परिस्थितिभित्र प्रतिनिधिसभाबाट मुलुकमा राजनीतिक स्थिरता र अग्रगति हासिल गर्न सहज छैन भन्ने तथ्य प्रतिनिधिसभा पुनस्र्थापना यताका एक महिनाका घटनाक्रमले नै पुष्टि गरिरहेका छन् । तर पनि संविधानको सर्वोच्चता, विधिको शासन, शक्ति पृथकीकरणको सिद्धान्त एवं स्वतन्त्र न्यायपालिकामा विश्वास गर्ने हाम्रो पार्टी अदालतको उक्त पैmसलालाई स्वीकार एवं कार्यान्वयन गर्दछ । तदनुरुप, प्रधानमन्त्रीको सिफारिसमा सम्माननीय राष्ट्रपतिज्यूबाट यही २०७७ फागुन २३ गते  प्रतिनिधिसभाको बैठक आह्वान भई बैठक आयोजना समेत भइसकेको छ ।

यसैबीच, २०७७ फागुन २३ गते आफूले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीसँग नाम जुझ्ने गरी दर्ता गरिएको नपाल कम्युनिष्ट पार्टी (नेकपा)को दर्ता खारेज गरी पाऊँ भनी ऋषि कट्टेलले दायर गरेको मुद्दामा अन्तिम सुनुवाई गर्दै सर्वोच्च अदालतले “तसर्थ, माथि उल्लेख भई विवेचना भएको कानुनी आधार कारण समेतबाट नेपाल कम्युनिष्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टी निर्वाचन आयोगमा पहिला दर्ता भइसकेको अवस्थामा सोही दर्ता भइसकेको पार्टीसँग नाम मिल्ने गरी नयाँ पार्टी दर्ता गरेको विपक्षी मध्येको निर्वाचन आयोगको मिति २०७५÷०२÷२३ को निर्णय र सो निर्णयलाई सदर गर्ने गरी भएको मिति २०७५÷०७÷०९ को निर्णय फैसला राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ६ (१) (ङ) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियमावली ९ मा भएको कानुनी व्यवस्था विपरीत देखिँदा उत्पे्रषणको आदेशद्वारा बदर गरिदिएको छ । निर्वाचन आयोगका यी दुवै निर्णय बदर भएपश्चात् साविकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहने हुँदा, अब यी दुई राजनीतिक दलले एकीकरण गर्ने भएमा राजनीतिक दलसम्बन्धी ऐन तथा नियम विपरीत नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शीघ्र कानुन बमोजिम आवश्यक निर्णय गर्नु गराउनु’’ भनी उत्पे्रषण परमादेश जारी ग¥यो । सर्वोच्च अदालतको यस फैसलासँगै हाम्रो पार्टी नेकपा (एमाले) एकता पूर्वको २०७५ जेठ ३ गतेकै अवस्थामा पुनस्र्थापित भएको छ । यही विशेष परिस्थितिमा नेकपा (एमाले) केन्द्रीय कमिटीको दसौं (विशेष), एघारौं र बाह«ौं बैठकहरू आयोजना भएका हुन् । बैठकमा तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच २०७५ जेठ ३ गते एकीकरण भई दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को २०७७ साल फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट दर्ता बदर भई दुबै पार्टी एकीकरण
पूर्वको अवस्थामा पुगेको विषयमा सामान्य छलफल भयो ।

बैठकले सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्ने तर निर्वाचन आयोगले दिएको १५ दिनको समयसीमाभित्र नेकपा (माके) को रबैया र त्यसका कृयाकलापका कारणले पार्टी एकीकरणको संभावना नरहेकोले नेकपा (एमाले) लाई नै सुदृढ र सक्रिय बनाउने निर्णय गरेको छ । सबै पक्षसँग संवाद र छलफल गर्दै कम्युनिष्ट आन्दोलनलाई उचित एवं सही वैचारिक तथा सङ्गठनात्मक आधारमा एकतावद्ध बनाउने प्रयास जारी राख्ने निर्णय पनि बैठकले गरेको छ ।

२. बाधा–अड्काऊ फुकाउने सम्बन्धमा

परिवर्तित परिस्थितिमा पार्टी विधानले दिएको अधिकार प्रयोग गर्दै देहाय बमोजिम वाधा अड्काउ फुकाउने निर्णय गरिएको छः
बाधा–अड्काऊ फुकाउन पर्नाको कारणः
– वि.स. २०७५ जेष्ठ ३ गते तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकता भई गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम ऋषि कट्टेलले नेतृत्व गरेको पार्टी नेकपाको नामसँग भिन्न नदेखिने गरी दर्ता गरेको भनी सम्मानित सर्वोच्च अदालतको
२०७७ साल फागुन २३ गतेको फैसलाबाट सो एकीकृत पार्टीको दर्ता वदर भई तत्कालीन समयमा एकता प्रकृयामा रहेका दुबै पार्टी पुनः साविक अवस्थामै फर्किने आदेशले नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई विधिवत सञ्चालन गर्न आवश्यक भएकोले,
– पार्टी एकीकरण, त्यसपछिका पौने तीन बर्षभन्दा बढीका गतिविधि र सर्वोच्च अदालतको यही फागुन २३ गतेको फैसलाले सङ्गठनात्मक, वैचारिक तथा
राजनीतिक रुपमा ल्याएको परिवर्तन र त्यसले पारेको पभावलाई परिवर्तित अवस्थामा उपयुक्त ढङ्गबाट व्यवस्थापन गर्नुपर्ने भएकोले,
– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विधान २०४९ (नवौं राष्ट्रिय महाधिवेशन, २०७१ को संशोधन सहित) मा उल्लेख गरिएका केही प्रावधानहरू २०७२ सालमा नेपालको संविधान जारी हुनुपूर्व र मुलुक संघीय प्रणालीमा जानुभन्दा अगाडिको रहेकाले त्यसलाई समायानुकूल बनाउन आवश्यक भएकोले,
– पार्टीको नवौं राष्ट्रिय महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय कमिटीको समयावधि सामान्यतः समाप्त भएको हुँदा १० औं राष्ट्रिय महाधिवेशनको मिति निर्धारण गर्न र पार्टीलाई महाधिवेशनमा केन्द्रीत गर्ने गरी काम गर्न आवश्यक संरचनाहरूलाई पुनव्र्यवस्थित गर्न आवश्यक भएकोले,
– तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिम्मेवारीमा रहेका साविक नेकपा (एमाले) मा रहेका कमरेडहरूको जिम्मेवारीमा हुने हेरफेर र तत्कालिन नेकपा (माओवादी केन्द्र) मा रहेका तर अदालतको आदेश पछि वैचारिक रुपमा हाल नेकपा (एमाले) मा रहने कमरेडहरूको सांगठ्निक व्यवस्थापन सहित पार्टी काममा संलग्न गराउन आवश्यक भएकोले, आगामी १०औं राष्ट्रिय महाधिवेशनबाट अनुमोदन गर्ने गरी मिति २०७७ फागुन २८ गते बसेको पार्टी केन्द्रीय कमिटस्को यस दसौं (बिशेष) बैठकले मौजुदा विधानको धारा ७४ बमोजिम निम्न अनुसार वाधा–अडकाऊ फुकाउने आदेश जारी गरेको छ ।
निर्णय–आदेशः
– पार्टी सदस्यता नवीकरण पार्टी एकीकरण भएको २०७५ जेष्ठ ३ गतेदेखि २०७७ फागुन २३ गते सर्वोच्च अदालतले दर्ता रद्द गरी दुबै पार्टीलाई पर्वूवत अवस्थामा फर्काएको दिनसम्म नेकपा (एमाले), नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित थियो । त्यसैले, सो अवधिलाई शून्य अवधि मानी २०७८ असार मसान्तभित्र पार्टी सदस्यता नवीकरण गर्ने । एकीकरण पूर्व नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा सङ्लग्न रही एकीकरणमा एउटै पार्टीमा रही हालसम्म पनि निरन्तर यस पार्टीमा कृयाशील सदस्यहरूलाई आफ्नो सदस्यता अद्यावधिक गरी पार्टी सदस्यता नवीकरण गर्ने व्यवस्था मिलाउने ।
– महाधिवेशनः नेपालको संविधान र पार्टी विधानमा प्रत्येक महाधिवेशन पाँच÷पाँच वर्षमा हुने व्यवस्था भएकोमा एकीकरण पश्चात एकीकृत पार्टीले पाँच वर्षभित्र महाधिवेशन गर्न सक्ने भएकोले र सर्वोच्च अदालतको फैसलापछि नेकपा (एमाले) को हकमा सो अवधि सामान्यतया अदालतको फैसला हुनु अगावै समाप्त भएकोले, सम्मानित सर्वोच्च अदालतबाट विभिन्न मुद्धामा स्थापित सिद्धान्त र व्यवहारिक यथार्थलाई समेत आधार मान्दै १०औं राष्ट्रिय महाधिवेशनका प्रयोजनार्थ मिति २०७५ जेष्ठ ३ देखि २०७७ फागुन २३ गतेका सम्मको अवधिलाई शून्य अवधि मानी फैसला भएको मितिले १३ महिना २० दिनभित्र महाधिवेशन सम्पन्न गर्ने ।
– केन्द्रीय कमिटी सदस्यहरूको सांगठनिक व्यवस्थापनः नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित तथा एकता हुनु अघि कायम केन्द्रीय कमिटीका सदस्य र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन हुँदा कायम भएका ४४१ जना केन्द्रीय सदस्य मध्ये नेकपा (एमाले) मा रहन चाहने सबै सदस्यहरू नेकपा (एमाले) को केन्द्रीय कमिटीमा रहने । यस पछि पनि आउन चाहने र पार्टीले आवश्यक ठानेका सदस्यहरू केन्द्रीय सदस्यका रुपमा रहन सक्ने ।
– १०औं राष्ट्रिय महाधिवेशनको आयोजनाः २०७१ साउन १ गतेदेखि क्रियाशील नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको कार्यकाल सामान्यतः समाप्त भएको र अहिले उत्पन्न विशेष परिस्थितिलाई समेत सम्वोधन गर्न यस कमिटीलाई १०औं राष्ट्रिय महाधिवेशन
आयोजक कमिटीमा रुपान्तरण गरी सञ्चालन गर्ने । यो कमिटी महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण भएपछि नवौं राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित अध्यक्ष र महासचिव, १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको क्रमशः अध्यक्ष र महासचिव रहने र यस महाधिवेशन आयोजक कमिटीले आवश्यकता अनुसार अन्य पदाधिकारीहरू तोक्ने, जिम्मेवारी बाँडफाँड गर्ने तथा पार्टी संरचनाहरू निर्माण गर्ने । यस महाधिवेशन आयोजक कमिटस्ले विधान वमोजिम केन्द्रीय कमिटीले प्रयोग गर्दै आएका सबै अधिकारको प्रयोग गर्ने र विधानको धारा ६७ बमोजिमको अधिकार समेत प्रयोग गर्ने ।
– अञ्चल समन्वय कमिटीको प्रतिस्थापनः मौजुदा विधानमा भएको अञ्चल समन्वय कमिटीको सट्टा प्रदेश कमिटी बनाउने, प्रदेश कमिटीको सदस्य सङ्ख्या मौजुदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटीको सदस्य सङ्ख्या सरह नै रहने र केन्द्रीय कमिटीले अत्यावश्यक ठानेमा सङ्ख्या थपघट गर्न सक्ने । विधानको धारा २१ वमोजिम अञ्चल समन्वय कमिटीले प्रयोग गर्ने सबै अधिकार सहित कार्यकारी कमिटीको हैसियतमा प्रदेशभित्रको सम्पूर्ण पार्टी कामको नेतृत्व गर्ने ।
– जिल्ला संगठन कमिटी गठन गर्नेः पार्टी जिल्ला कमिटीको पदावधि सामान्यतः समाप्त भएको र नयाँ परिस्थितिलाई सम्बोधन गर्न प्रदेश कमिटीले सवै जिल्लामा विधानको धारा ३४ अनुसार जिल्ला संगठन कमिटी गठन गरी ६ महिना भित्र सदस्यता अद्यावधिक गरी जिल्ला अधिवेशन सम्पन्न गर्न आवश्यक व्यवस्था मिलाउने ।
– पार्टी अनुशासनको पालनाः पार्टीको आजको अवस्था, पार्टी शुद्धीकरण र सुदृढीकरणको विशेष अवस्था भएकोले, पार्टी विराधी गतिविधि तत्काल नियन्त्रण गर्न अनुशासन उल्लंघन गर्ने व्यक्तिलाई तुरुन्तै निलम्बन गर्न, स्पष्टिकरण माग गर्न र विधान बमोजिम कारबाही गर्ने अधिकार पार्टी अध्यक्षलाई दिने, र यस्तो कारबाहीको अनुमोदन १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीबाट गर्ने÷ गराउने । यस व्यवस्था अन्तरगत भएको कारबाहीमा चित्त नबुझेमा आगामी दसौं राष्ट्रिय महाधिवेशनका बखत पार्टी सदस्य रहेको व्यक्तिले सोझै महाधिवेशन समक्ष पुनरावेदन गर्न सक्ने ।
– मेर हदः विधानको धारा ६५ (३) मा उल्लेखित उमेरको हद महाधिवेशन आयोजक कमिटी तथा अन्य कार्यकारी कमिटीको हकमा लागु नहुने ।
– राष्ट्रिय प्रतिनिधि परिषद्ः पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद्लाई यस विशेष परिस्थिति अनुरुप व्यवस्थापन गर्ने अधिकार १०औ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा रहने र प्रदेश तथा जिल्ला तहको प्रतिनिधि परिषद् व्यवस्थापन गर्ने अधिकार प्रदेश कमिटीमा रहने ।
३. मनोनयनः
बैठकले कम्युनिष्ट आन्दोलन र पार्टीमा उत्पन्न सङ्कटको घडीमा अविचलित र दृढतापूर्वक पार्टी एकताको पक्षमा रही सही विचार एवं सही नेतृत्वको प्रतिरक्षाका लागि महत्वपूर्ण भूमिका खेल्नु हुने नेकपा (माओवादी केन्द्र) पृष्ठभूमिबाट आउनु भएका देहायका कमरेडहरूलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय गरेको छः
१. रामबहादुर थापा
२. टोपबहादुर रायमाझी
३. लेखराज भट्ट
४. मणिचन्द्र थापा
५. प्रभु साह
६. टङ्क आङ्बोहाङ (लिम्बु)
७. पासाङ शेर्पा
८. ज्वाला साह
९. टेकबहादुर बलम्पाकी
१०. कमल चौलागाइँ
११. मनोजजङ्ग थापा
१२.विषमलाल अधिकारी दनुवार
१३. लिलबहादुर थापा मगर
१४. दधिराम न्यौपाने
१५. गिरधारीलाल न्यौपाने
१६. दिनेश पन्थी
१७. नवीन रोका मगर
१८. धर्मराज रेग्मी
१९. गौरीशङ्कर थारु
२०. झपट बोहरा
२१. दावा लामा
२२. चन्द्रबहादुर खड्का
२३. रामचन्द्र मण्डल
४. पार्टीलाई एकताबद्ध बनाउन आहवान
बैठकले पार्टी विरोधी गतिविधिमा सङ्लग्न नेता कार्यकर्ताहरूलाई आफूबाट भएका विगतका गल्ती कमजोरीहरूलाई सच्याउँदै आत्मसमिक्षाको भावनाका साथ पार्टीमा क्रियाशील हुन आह्वान गरेको छ । बैठकले पार्टीमा सदस्यता प्राप्त गर्दा तथा आफ्नो जिम्मेवारी बहन गर्दा लिएको शपथको मर्म र भावनालाई स्मरण र पालना गर्दै देश, जनता र कम्युनिष्ट आन्दोलनको हितलाई केन्द्रबिन्दुमा राखेर एकतावद्ध भई अगाडि बढ्न पनि सबैसँग आग्रह गरेको छ ।
५. कार्यविभाजनः बैठकले तत्कालका लागि देहाय बमोजिम कार्यविभाजन गरेको छ ः
प्रदेश १
इञ्चार्ज– सुवास नेम्बाङ
सहइञ्चार्ज– लालबाबु पण्डित, भानुभक्त ढकाल,
शेरधन राई, गुरु बराल, टङ्क आङ्बोहाङ (लिम्बु), राजेन्द्र गौतम
अध्यक्ष –देवराज घिमिरे,
सचिव –विनोद ढकाल
प्रदेश २
इञ्चार्ज– सत्यनारायण मण्डल
सहइञ्चार्ज –लीला श्रेष्ठ
अध्यक्ष– प्रभु साह
सचिव– सुमन प्याकुरेल
बागमती प्रदेश
इञ्चार्ज– रामबहादुर थापा
सहइञ्चार्ज– काशिनाथ अधिकारी, शेरबहादुर तामाङ,
कृष्णगोपाल श्रेष्ठ (उपत्यकाको विशेष जिम्मेवारी)
अध्यक्ष– आनन्द पोखरेल
सचिव– खेम लोहनी
गण्डकी प्रदेश
इञ्चार्ज– पृथ्वीसुब्बा गुरुङ
सहइञ्चार्ज– किरण गुरुङ, पद्मा अर्याल, लिलबहादुर थापा मगर
अध्यक्ष– जगत विश्वकर्मा
सचिव– गोविन्द नेपाली
लुम्बिनी प्रदेश
इञ्चार्ज– शङ्कर पोखरेल
सहइञ्चार्ज – मणिचन्द्र थापा, दलबहादुर राना, बैजनाथ चौधरी, गिरधारीलाल न्यौपाने
अध्यक्ष– लिला गिरी
सचिव– खेममान खड्का
कर्णाली प्रदेश
इञ्चार्ज– यामलाल कँडेल
सहइञ्चार्ज – लक्ष्मी पोखरेल, गुलाबजङ्ग शाह
अध्यक्ष– गोरख बोगटी
सचिव– धर्मराज रेग्मी
सुदूर पश्चिम प्रदेश
इञ्चार्ज– लेखराज भट्ट
सहइञ्चार्ज – गणेश ठगुन्ना, नारदमुनि राना
अध्यक्ष– कर्णबहादुर थापा
सचिव– राजेन्द्रसिंह रावल
विभाग र फाँट सम्बन्धी जिम्मेवारी
पार्टी स्कुल– केपी शर्मा ओली
सङ्गठन– विष्णुप्रसाद पौडेल
संसदीय– सुवास नेम्बाङ
प्रचार– प्रदीप ज्ञवाली
निर्वाचन– विष्णु रिमाल
विदेश मामला– डा. राजन भट्टराई
कोष तथा आर्थिक– विष्णु रिमाल
केन्द्रीय कार्यालय– महासचिव
जनवर्गीय सङ्गठन– टोपबहादुर रायमाझी
सम्पर्क समन्वय– छविलाल विश्वकर्मा (इन्चार्ज)
पार्टीको आधिकारिक धारणा र निर्णयहरू सार्वजनिक गर्न प्रवक्ताको जिम्मेवारी कमरेड प्रदीप ज्ञवालीलाई दिने निर्णय गरियो ।
६. प्रदेशसभा दलका नेता तथा सदस्यहरूलाई निर्देशन केन्द्रीय कमिटीको बैठकले प्रदेशसभाका हाम्रा सबै सदस्यहरूलाई पार्टी निर्णय अनुरुप सञ्चालित हुन निर्देशन दिएको छ । यदि कुनै प्रदेशसभा सदस्यले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको भए तुरुन्त फिर्ता लिन आदेश गरेको छ । यस निर्देशनलाई पालना गर्ने गराउने जिम्मेवारी प्रदेशसभा दलका नेताहरूलाई दिइएको छ ।
७. संसदीय दलको विधान अनुमोदनः
केन्द्रीय कमिटीको बाह«ौं बैठकमा केन्द्रीय सदस्य तथा संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको विधानबारे संक्षिप्त जानकारी गराउनु भयो । विद्यमान दलको विधानमा संविधानसभा र एक सदनको मात्रबिषय उल्लेखित रहेको र हाल संघीय संसदको दुबै सदनलाई समेट्न आवश्यक भएकोले संशोधन गरिएको विधान दलले पारित गरेको जानकारी गराउनु भयो । मुख्य सचेतक कमरेड बिशाल भट्टराइले एक तिहाई महिला सदस्य सहित समावेशी चरित्रको २९ सदस्यीय संसदीय बोर्ड गठन भएको जानकारी गराउँदै दलको परिमार्जित विधान अनुमोदन गर्न अनुरोध गर्नुभयो । सोही बमोजिम संसदीय दलको विधानलाई दलको बैठकले अनुमोदन गरेको छ ।

८. महाधिवेशन आयोजक कमिटीको गठनः
केन्द्रीय कमिटीको दसौं बैठकले परिवर्तित परिस्थिति अनुरुप पार्टी विधानमा बाधाअड्काउ फुकाउने निर्णय गर्नुका साथै पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको मिति (२०७८ मंसीर २–६ गते) समेत निर्धारण गरिसकेको सन्दर्भमा केन्द्रीय कमिटीको बाह«ौं बैठकले निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्न विद्यमान केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ । अध्यक्ष कमरेड केपी शर्मा ओली र महासचिव कमरेड ईश्वर पोखरेल क्रमशः महाधिवेशन आयोजक कमिटीको अध्यक्ष र महासचिवको जिम्मेवारीमा रहनु हुने छ । २६४ सदस्यीय १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका पदाधिकारी तथा सदस्यको नामावली देहाय बमोजिम रहेको छः
अध्यक्ष– क. केपी शर्मा ओली
महासचिव– क. ईश्वर पोखरेल
सदस्य– अइन्द्रसुन्दर नेम्वाङ
सदस्य– अग्निप्रसाद खरेल
सदस्य– अच्युतप्रसाद मैनाली
सदस्य– अमृत बोहरा
सदस्य– अरुण नेपाल
सदस्य– अष्टलक्ष्मी शाक्य
सदस्य– आनन्दप्रसाद पोखरेल
सदस्य– ईश्वरबहादुर रिजाल
सदस्य– उमादेवी कोइराला
सदस्य– एकबहादुर राना मगर
सदस्य– एकराज विश्वकर्मा
सदस्य– कपिलदेव पोखरेल
सदस्य– कमलजङ राई दनुवार
सदस्य– कमलप्रसाद चौलागाईं
सदस्य– कमलादेवी महतो
सदस्य– कर्णबहादुर थापा
सदस्य– कल्याणीकुमारी खड्का
सदस्य– काशीनाथ अधिकारी
सदस्य– किरण गुरुङ
सदस्य– किशोरकुमार अधिकारी
सदस्य– कृष्णगोपाल श्रेष्ठ
सदस्य– कृष्णप्रसाद शर्मा खनाल
सदस्य– कृष्णबहादुर राई
सदस्य– केदारप्रसाद न्यौपाने
सदस्य– केशवप्रसाद बडाल
सदस्य– केशवलाल श्रेष्ठ
सदस्य– कैलाशप्रसाद ढुङ्गेल
सदस्य– खगराज अधिकारी
सदस्य– खगेन्द्र चुडाल
सदस्य– खगेन्द्र राई
सदस्य– खिमलाल भट्टराई
सदस्य– खेमप्रसाद लोहनी
सदस्य– खेममान खड्का
सदस्य– गंगा यादव
सदस्य– गंगालाल तुलाधर
सदस्य– गणेशकुमार पहाडी
सदस्य– गणेशसिंह ठगुन्ना
सदस्य– गरिमा शाह
सदस्य– गिरधारीलाल न्यौपाने
सदस्य– गुरुप्रसाद बराल
सदस्य– गुलावजङ शाह
सदस्य– गोकर्ण विष्ट
सदस्य– गोकुलप्रसाद घर्तीमगर
सदस्य– गोकुलप्रसाद बास्कोटा
सदस्य– गोमा देवकोटा
सदस्य– गोरखबहादुर बोगटी
सदस्य– गोविन्दबहादुर नेपाली
सदस्य– गोविन्दबिक्रम शाह
सदस्य– गौरा प्रसाई कोईराला
सदस्य– गौरीकुमारी ओली
सदस्य– गौरीशंकर थारु चौधरी
सदस्य– घनश्याम भुसाल
सदस्य– घनेन्द्र बस्नेत
सदस्य– चन्द्रबहादुर शाही
सदस्य– चन्द्रबहादुर खड्का
सदस्य– चूडामणि जङ्गली
सदस्य– छबिलाल विश्वकर्मा
सदस्य– जगतबहादुर विश्वकर्मा.
सदस्य– जगदिशप्रसाद कुसियत
सदस्य– जगन्नाथ खतिवडा
सदस्य– जयन्ती राई
सदस्य– जया घिमिरे
सदस्य– जीवननाथ घिमिरे
सदस्य– जीवनराम श्रेष्ठ
सदस्य– जुलीकुमारी महतो
सदस्य– ज्वालाकुमारी साह
सदस्य– झलनाथ खनाल
सदस्य– झपट बोहरा
सदस्य– झपट रावल
सदस्य– टंक आङ्बुहाङ (लिम्बू)
सदस्य– टंकप्रसाद कार्की
सदस्य– टेकबहादुर बलम्पाकी
सदस्य– टोपबहादुर रायमाझी
सदस्य– ठाकुरप्रसाद गैरे
सदस्य– डम्बरसिंह सम्बाहाम्फे
सदस्य– डोरमणी पौडेल
सदस्य– तिलकुमार मेन्याङवो
सदस्य– तिलबहादुर महत क्षेत्री
सदस्य– तिलबहादुर विश्वकर्मा
सदस्य– तुलबहादुर गुरुङ
सदस्य– तैयव हुसेन मियाँ
सदस्य– थममाया थापा
सदस्य– दधिराम न्यौपाने
सदस्य– दलबहादुर राना
सदस्य– दावा तामाङ
सदस्य– दिनेश पन्थी
सदस्य– दिनेशकुमार राई
सदस्य– दिलकुमारी पन्त
सदस्य– दीपकप्रसाद देवकोटा
सदस्य– डा.देउमान सम्बाहाङ्फे
सदस्य– देवराज घिमिरे
सदस्य– देवशंकर पौडेल
सदस्य– देवीप्रसाद ज्ञवाली
सदस्य– देवेन्द्र दाहाल
सदस्य– धर्मनाथप्रसाद साह
सदस्य– धर्मराज निरौला
सदस्य– धर्मराज रेग्मी
सदस्य– नजिर मियाँ
सदस्य– नरुलाल चौधरी
सदस्य– नरेश खरेल
सदस्य– नवीन रोका मगर
सदस्य– नागेन्द्रप्रसाद चौधरी
सदस्य– नारादमुनी राना थारु
सदस्य– नारायणबहादुर सिलवाल
सदस्य– निरज आचार्य
सदस्य– निरादेवी जैरु
सदस्य– निरुदेवी पाल
सदस्य– निर्मला देवकोटा
सदस्य– पद्माकुमारी अर्याल
सदस्य– परशुराममेघी गुरुङ
सदस्य– पशुपति चौलागाइँ
सदस्य– पार्वत गुरुङ
सदस्य– पासाङ शेर्पा
सदस्य– पुरनसिंह दयाल
सदस्य– डा.पुष्पराज कँडेल
सदस्य– पृथ्वीसुव्बा गुरुङ
सदस्य– पे्रमलकुमार खनाल
सदस्य– प्रकाश ज्वाला
सदस्य– प्रकाशबहादुर शाह
सदस्य– प्रतापलाल श्रेष्ठ
सदस्य– प्रदीपकुमार ज्ञवाली
सदस्य– प्रदिप नेपाल
सदस्य– प्रभु साह
सदस्य– प्रमेशकुमार हमाल
सदस्य– प्रमोदनारायण यादव
सदस्य– प्रेमबहादुर आले
सदस्य– वद्रीप्रसाद न्यौपाने
सदस्य– बलदेब चौधरी
सदस्य– बलराम बास्कोटा
सदस्य– बलवीरप्रसाद चौधरी
सदस्य– वसन्त मानन्धर
सदस्य– बिक्रमबहादुर शाही
सदस्य– बिनाकुमारी श्रेष्ठ
सदस्य– डा. बिन्दा पाण्डे
सदस्य– विनोद श्रेष्ठ
सदस्य– विनोदप्रसाद ढकाल
सदस्य– विमला घिमिरे
सदस्य– विरोध खतिवडा
सदस्य– विषमलाल अधिकारी दनुवार
सदस्य– डा. बेदुराम भुसाल
सदस्य– बैजनाथ चौधरी
सदस्य– बोमबहादुर वि.क.
सदस्य– भगवती चौधरी
सदस्य– भागवत विश्वासी नेपाली
सदस्य– भानुभक्त जोशी
सदस्य– भानुभक्त ढकाल
सदस्य– भास्कर काप्mले
सदस्य– भीमप्रसाद आचार्य
सदस्य– डा. भीमबहादुर रावल
सदस्य– भीमबहादुर कार्की
सदस्य– भुपेन्द्र थापा
सदस्य– भैरवबहादुर सिंह
सदस्य– भैरवसुन्दर श्रेष्ठ
सदस्य– मञ्जुकुमारी चौधरी
सदस्य– मणीचन्द्र थापा
सदस्य– मनाकुमारी केसी (जिसी)
सदस्य– मनोजजंग थापा
सदस्य– ममता गिरी
सदस्य– महमद महफुज अन्सारी
सदस्य– महम्मद हारुन हलुवाई
सदस्य– महेश बस्नेत
सदस्य– महेश रेग्मी
सदस्य– महेश्वर पाठक
सदस्य– माधवकुमार नेपाल
सदस्य– माधवप्रसाद अर्याल
सदस्य– माधवप्रसाद ढुंगेल
सदस्य– मानबहादुर जि.सी
सदस्य– मायानाथ अधिकारी
सदस्य– मुकुन्द न्यौपाने
सदस्य– मेटमणी चौधरी
सदस्य– मोहन बानियाँ
सदस्य– यज्ञराज सुनुवार
सदस्य– यदुवंश झा
सदस्य– यमलाल कँडेल
सदस्य– युवराज कार्की
सदस्य– युवराज ज्ञवाली
सदस्य– योगनारायण यादव
सदस्य– योगेशकुमार भट्टराई
सदस्य– रघुजी पन्त
सदस्य– रघुवीर महासेठ
सदस्य– रचना खड्का
सदस्य– रत्नेश्वर गोइत
सदस्य– रविन कोईराला
सदस्य– रविन्द्र अधिकारी (नवलपुर)
सदस्य– रविन्द्र बैठा धोबी
सदस्य– डा.राजन भट्टराई
सदस्य– राजन राई
सदस्य– राजबहादुर बुढाक्षेत्री
सदस्य– राजेन्द्रकुमार राई
सदस्य– राजेन्द्रप्रसाद गौतम
सदस्य– राजेन्द्रप्रसाद पाण्डे
सदस्य– राजेन्द्रसिंह रावल
सदस्य– राधा ज्ञवाली
सदस्य– रामकुमार ज्ञवाली
सदस्य– रामकुमारी झाँक्री
सदस्य– रामचन्द्र मण्डल
सदस्य– रामचन्द्र यादव
सदस्य– रामचन्द्र साह तेली
सदस्य– रामदयाल मण्डल
सदस्य– रामप्रित पासवान
सदस्य– रामबहादुर थापा
सदस्य– रामरति देवी राम
सदस्य– रामशरण बस्नेत
सदस्य– रामेश्वर फुयाँल
सदस्य– रामेश्वर राना मगर
सदस्य–रुपनारायण श्रेष्ठ
सदस्य– लक्ष्मण पौडेल
सदस्य– लक्ष्मणराज ज्ञवाली
सदस्य– लक्ष्मी पोखरेल
सदस्य– लालबहादुर थापा
सदस्य– लालबहादुर विश्वकर्मा
सदस्य– लालबाबु पण्डित
सदस्य– लालबाबुप्रसाद यादव
सदस्य– लिलबहादुर थापा मगर
सदस्य– लिला गिरी
सदस्य– लिलाकुमारी भण्डारी
सदस्य– लिलानाथ श्रेष्ठ
सदस्य– लेखराज भट्ट
सदस्य– वामदेव गौतम
सदस्य– विजय गुरुङ
सदस्य– डा. विजयकुमार पौडेल
सदस्य– विजय सुब्बा
सदस्य– विशाल भट्टराई
सदस्य– विश्वनाथ प्याकुरेल
सदस्य– विष्णुप्रसाद पौडेल
सदस्य– विष्णुप्रसाद रिमाल
सदस्य– शंकर पोखरेल
सदस्य– शत्रुघन महतो
सदस्य– शान्ता चौधरी
सदस्य– शारदाप्रसाद सुवेदी
सदस्य– डा.शिवमाया तुम्बाहाम्फे
सदस्य– शेरधन राई
सदस्य– शेरबहादुर केसी
सदस्य– शेरबहादुर तामाङ
सदस्य– श्रीनाथ बराल
सदस्य– श्रीप्रसाद साह
सदस्य– श्रीमाया थकाली
सदस्य–सत्यनारायण मण्डल
सदस्य–सरलाकुमारी यादव
सदस्य–सरोजकुमार यादव
सदस्य–सावित्राकुमारी भुसाल
सदस्य– सिराज अहमद फारुकी
सदस्य–सीता गिरी ओली
सदस्य–सीता पौडेल
सदस्य–सीताकुमारी सुन्दास
सदस्य–सुजिता शाक्य
सदस्य–सुधीरप्रसाद साह
सदस्य–सुमन प्याकुरेल
सदस्य–सुरेन्द्रप्रसाद पाण्डे
सदस्य–सुरेन्द्र मानन्धर
सदस्य–सुवास नेम्बाङ
सदस्य–सुशिला नेपाल
सदस्य–सूर्यबहादुर थापा क्षेत्री
सदस्य–सोमप्रसाद मिश्र
सदस्य–सोमप्रसाद पाण्डेय
सदस्य– हंशबहादुर शाही
सदस्य– हरिनारायण महतो
सदस्य– हरिप्रसाद पराजुली
सदस्य– हरिबहादुर राई
सदस्य– हरिबहादुर राजवंशी
सदस्य– हिक्मतकुमार कार्की
सदस्य– ज्ञानबहादुर भुजेल
९. स्थायी कमिटीको व्यवस्था सम्बन्धमाः
स्थायी कमिटीको नामावली तयार गरी केन्द्रीय कमिटीको आगामी बैठक समक्ष निर्णयार्थ पेश गर्ने जिम्मेवारी बैठकले अध्यक्ष र महासचिव कमरेडलाई सुम्पेको छ ।
१०. केन्द्रीय सदस्यहरूको जिम्मेवारी विभाजनः
महाधिवेशन आयोजक कमिटीका सदस्य कमरेडहरूको जिम्मेवारी निर्धारण र कार्यविभाजन प्रस्ताव तयार गर्न संगठन विभाग प्रमुख कमरेड विष्णुप्रसाद
पौडेल संयोजक र कमरेडहरू टोपबहादुर रायमाझी तथा शंकर पोखरेल सदस्य रहनेगरी तीन सदस्यीय कार्यदल गठन गर्ने निर्णय गर्दै बैठकले कार्यदललाई १० दिनभित्र प्रस्ताव तयार गर्न निर्देशित गरेको छ ।
११. प्रदेश संगठन कमिटीः
परिवर्तित परिस्थितिमा प्रदेश कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव कमरेडहरूको सिफारिसमा केन्द्रीय कमिटीले प्रदेश संगठन कमिटीको पुनर्गठन गर्ने छ । जिल्ला र मातहतका कमिटीहरूलाई आवश्यकता अनुसार थपघट समेत गरेर सम्बन्धित तहको संगठन कमिटीमा रुपान्तरण गर्ने जिम्मेवारी प्रदेश संगठन कमिटीलाई दिइएको छ । अर्को व्यवस्था नभएसम्म केन्द्रीय कमिटी मातहत रहेका सबै कमिटीहरू यथावत् सञ्चालित हुने छन् ।
१२ अधिकार प्रत्यायोजनः
कमिटीले निम्नानुसार अधिकार प्रत्यायोजन गर्ने निर्णय ग¥यो–
– नेकपा (एमाले)ले मुद्धा मामिला गर्नुपर्दा वा नेकपा (एमाले) विरुद्ध परेको कुनैपनि मुद्धाको प्रतिरक्षा गर्ने अधिकार पार्टी अध्यक्ष वा अध्यक्षको परामर्शमा
महासचिवले प्रयोग गर्न पाउने गरी अधिकार प्रत्यायोजन गर्ने ।
– पार्टीको प्रमुख पदाधिकारीको हैसियतले निर्वाचन आयोगमा विवरण बुझाउने, दल दर्ता गर्ने, बन्दसूचीमा भएका उम्मेदवारहरूको नाम फिर्ता
लिने, नयाँ नाम प्रस्तुत गर्ने तथा निर्वाचन आयोगमा पार्टीको तर्फबाट आधिकारिक पत्राचारमा हस्ताक्षर गर्ने अख्तियारी अध्यक्ष केपी शर्मा
ओलीलाई दिने ।
– नेकपा (एमाले)को तर्फबाट आकस्मिक रुपमा कुनै निर्णय लिनु पर्दा यस दर्सौं महाधिवेशन आयोजक कमिटीमा पेश गर्ने गरी अध्यक्ष वा अध्यक्षको
परामर्शमा महासचिवले आवश्यक निर्णय लिने गरी अधिकार प्रत्यायोजन गर्ने ।
१३. जन–वर्गीय तथा पेशागत संगठन बारेः
जन–वर्गीय तथा पेशागत संगठनहरूका केन्द्रीय कमिटीलाई आवश्यकता अनुसार थपघट समेत गरेर राष्ट्रिय सम्मेलन वा राष्ट्रिय महाधिवेशन आयोजक
कमिटीमा रुपान्तरण गर्ने । पार्टीको वैचारिक नेतृत्वमा मुलुकको कानून अनुसार स्थापित पेशागत÷व्यवसायिक संगठनहरूले ऐन÷कानून अनुरुप
तोकिएको समयमा अधिवेशन÷महाधिवेशन सम्पन्न गर्नेगरी आ–आप्mना काम अघि बढाउने । यसका लागि इञ्चार्ज कमरेड टोपबहादुर रायमाझीले सम्बन्धित जनसंगठनका अध्यक्ष÷संयोजक, सहसंयोजक वा अगुवा कमरेडहरूसंग समन्वय र सहजीकरण गर्ने निर्णय बैठकले गरेको छ ।
१४. प्रवासको कामः
प्रवास कमिटीमा भक्त गुरुङ अध्यक्ष र रमेश पाण्डे सचिव रहनु हुनेछ । प्रवास कमिटीका इञ्चार्ज कमरेड बिन्दा पाण्डेको संयोजन र प्रवास कमिटीका अध्यक्ष तथा सचिवको सिफारिसमा प्रवास कमिटी गठन गरिने छ ।
१५. केन्द्रीय कार्यालय व्यवस्थापनः
महासचिवको संयोजनमा केन्द्रीय कार्यालयको व्यवस्थापन तथा संचालन गर्ने निर्णय गरिएको छ । पार्टी स्थापना दिवसका दिन मदननगर काठमाण्डौमा
नयाँ कार्यालय भवनको शिलान्यास गर्ने निर्णय गर्दै बैठकले यसका लागि आवश्यक तयारीको संयोजन गर्ने जिम्मेवारी कमरेड कमरेड विष्णु रिमाललाई सुम्पेको छ । हालको केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथलीमा स्थानान्तरण गर्न महासचिवले आवश्यक व्यवस्था मिलाउने समेत निर्णय गरिएको छ ।
१६. प्रतिनिधिसभाको रिक्त स्थानको लागि सिफारिसः
निर्वाचन आयोगमा प्रतिनिसिभातर्फ बन्दसूचीको उम्मेदवारमा नाम समावेश दलित महिला तर्फकी धनकुमारी सुनारले पार्टी परित्याग गरी अर्को पार्टी प्रवेश गरेकाले प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा ३० (१) बमोजिम निजको नाम उक्त बन्द सूचीबाट हटाउने निर्णय बैठकले गरेको छ । बैठकले यस पार्टीको तर्फबाट प्रतिनिधिसभा समानुपातिक तर्पmको सदस्यमा निर्वाचित कमरेड सानु शिवाको निधनबाट रिक्त रहेको स्थानमा प्रतिनिधि सभामा बन्दसूचीका उम्मेदवार जानकीदेवी रामलाई निर्वाचित गर्न निर्वाचन आयोगमा लेखी पठाउने निर्णय गरेको
छ ।
१७. नेपाल सरकार र विप्लव समूहबीचको सहमति सम्बन्धमाः
बैठकले २०७७ साल फागुन २१ गते नपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको ३ बुँदे सहमति नेपालमा हिंसात्मक द्वन्द्वलाई पूर्ण रुपमा अन्त्य गर्ने महत्वपूर्ण परिघटनाका रुपमा रहेको विश्लेषणका साथ उक्त सहमतिलाई स्वागत गरेको छ ।
१८. स्पष्टीकरणका सम्बन्धमाः
बैठकले नेकपा (एमाले) को नाम दुरुपयोग गर्दै ‘राष्ट्रिय भेला’ आयोजना गर्ने, जनसङ्गठनमा समानान्तर कमिटी बनाउने लगायत पार्टी विरोधी
गतिविधिमा संलग्न आयोजक कमिटी सदस्यहरू– माधवकुमार नेपाल, भीमबहादुर रावल, सुरेन्द्रप्रसाद पाण्डे र घनश्याम भुसाललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । उहाँहरूबाट पार्टी विरोधी गतिविधि जारी नै रहेमा पछि अनुमोदन गर्ने गरी आयोजक कमिटीको अर्को बैठक अगावै आवश्यक कारबाही गर्न सक्ने निर्णय समेत बैठकले गरेको छ ।
१९. माइन्यूट लेखनः
बैठकले केन्द्रीय कमिटी तथा स्थायी कमिटीको माईन्यूट लेख्ने जिम्मेवारी कमरेडहरू प्रदीपकुमार ज्ञवाली र विष्णुप्रसाद रिमाललाई प्रदान गर्ने निर्णय गरेको छ ।
२०. धन्यवाद ज्ञापनः
बैठकले एकीकरण पश्चात्को लगभग तीन वर्षको अवधिमा कुशलतापूर्वक महासचिवको जिम्मेवारी बहन गर्नुभएकोमा कमरेड विष्णुप्रसाद पौडेललाई विशेष धन्यवाद ज्ञापन गरेको छ ।
कमरेडहरू !
यसबीचमा हामी गंभीर परिस्थितिबाट गुज्रेका छौँ । केही नेताहरूका निहित स्वार्थ, गुटगत क्रियाकलाप र विभाजनकारी गतिविधिका कारण तीन वर्ष अगाडि सुरु गरिएको पार्टी एकीकरणको प्रक्रिया भङ्ग भयो । त्यति मात्र नभएर गालीगलौज, अमर्यादित र असभ्य आरोप लगाएर कम्युनिष्ट आन्दोलनप्रति आम जनतामा वितृष्णा पैदा गर्ने गतिविधि गरियो । सही विचार, सही धार र नेतृत्वलाई समाप्त पार्ने योजना अनुरुप
प्रतिक्रियावादी शक्तिहरूसँगको साँठगाँठमा प्रधानमन्त्री हटाउने प्रयाश गरिए । यसै प्रयोजनका लागि सर्वसम्मत ढङ्गले निर्वाचित संसदीय दलको नेतालाई सडकबाटै हटाइएको घोषणा गर्ने, महाधिवशनबाट निर्वाचित पार्टी अध्यक्षलाई साधारण सदस्य समेतबाट निष्काशन गर्ने तथा पार्टीका विभिन्न नेताहरूलाई कार्बाही गर्ने जस्ता कुकृत्यहरू पनि भए । प्रतिनिधिसभा पुनस्र्थापनाको घोषणा हुनासाथ अबिर जात्रा गर्ने र विपक्षी पार्टीलाई प्रधानमन्त्री बनाउन घर–घर धाउने कुराले नै साथीहरूको मनशाय के थियो भन्ने प्रष्ट पार्छ । त्यसैले यो वर्गीय लडाइँ थियो, श्रमजीवी वर्गको सरकार ढलाएर वुर्जुवा वर्गलाई नेतृत्व हस्तान्तरण गर्ने योजना अन्तरगतको षडयन्त्र थिया । यस सङ्कटको घडीमा पार्टी पङ्क्ति र नयाँ पुस्ता दृढतापूर्वक नेतृत्व र आन्दोलनको
रक्षामा उभियो । पूर्व माओवादी पृष्ठभूमिका कतिपय कमरेडहरूलाई राजनीतिक र कानूनी असहजताहरू थिए, तर पनि उहाँहरू आन्दोलनलाई सही दिशा दिने यस अभियानमा दह«ो गरी उभिनु भयो । पतिवद्ध नेता कार्यकर्ताहरूको सक्रियता र आम जनताको साथ– सहयोगले आज कम्युनिष्ट आन्दोलन षडयन्त्रको चक्रव्यूहबाट बाहिर आउन सफल भएको छ । उहाँहरू सबै धन्यवादका पात्र हुनुहुन्छ । अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दर्ता खारेज गरेर .पार्टीहरूलाई पुरानै अवस्थामा ब्युँताइदिए पछि र पुरानै अवस्थामा फर्कन भनेपछि नयाँ परिस्थिति निर्माण भएको छ । हामी सबैसँग खुल्ला छौँ, खुलस्त ढङ्गले वार्ता गर्न तयार र्छौँ र सही विचार र उचित आधारमा आन्दोलनलाई एकतावद्ध बनाएर अगाडि बढाउन निरन्तर प्रयाश गर्छौँ । तर अहिलेका लागि भने नेकपा (एमाले) लाई सुदृढ र सशक्त बनाउँदै अगाडि बढ्छौँ । अब हिजोको नेकपा रहेन, हामी त्यो भन्दा अगाडि पुगेका छौँ । संसदको पहिलो बैठकको परिदृष्य र त्यस यताका घटनाक्रमले ताजा जनादेशको आवश्यकता र औचित्यलाई पुष्टि गर्दै लगेको छ । अदालतको आदेशलाई कार्यान्वयन गर्दै विद्यमान राजनीतिक शक्ति सन्तुलनभित्रै राजनीतिक स्थायित्व र स्थिरताका लागि हाम्रो प्रयाश केन्द्रित हुने छ, तर सबै विषय हाम्रो इच्छा या निर्णयमा मात्रै निर्भर छैन । सरकारमा रहँदा जनता र देशको हितमा अधिकतम परिणाम दिने गरी काम गर्ने, प्रतिरक्षामा रहनु परे तदनुरुपकै प्रभावकारी भूमिका खेल्ने र जुनसुकै पनि बेला निर्वाचनमा जान तयार रहने गरी हाम्रो पार्टी पङ्क्ति क्रियाशील हुनु पर्छ ।
हामीले यसबीचमा गर्व गर्न लायक काम गरेका छौँ । नेपाल अल्पविकसित अवस्थाबाट स्तरोन्नतिका लागि सिफारिस भएको छ । कोभिडविरुद्धको लडाइँलाई प्रभावकारी बनाइएको छ । १७ लाखभन्दा बढी नागरिकले खोप लगाइसकेका छन् । धेरै विश्व सूचकाङ्कमा नेपालले उल्लेख्य प्रगति गरेको छ । शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, औद्योगिकीकरणका लागि आधार निर्माण लगायत काममा फड्को मार्ने गरी काम भएको छ । सुनकोशी मरिन डाइभर्सनको शिलान्यास, धरहराको पुनर्निर्माण अन्तिम चरणमा पुग्नु , नागढुङ्गा–नौबिसे सुरुङ मार्गमा उल्लेख्य प्रगति भेरी– बबई डाइभर्सन सम्पन्न हुनु, सिक्टा सिचाइ आदिमा भएका प्रगति उल्लेखनीय छन् । मेलम्चीको पानी काठमाडौंमा झारिएको छ । माथिल्लो तामाकोशीबाट छिटै बिजुली उत्पादन हुँदैछ । लामो समयदेखि रिक्त संवैधानिक अङ्गहरूमा पदाधिकारी र सदस्यहरू नियुक्ति भएका छन् । यी घटनाक्रमले हामीलाई काम गर्न कसरी वाधा पारिएको थियो र वाधा हट्नासाथ कामले कसरी गति लिए भन्ने कुरा स्पष्ट भएको छ । अब हामी नेकपा (एमाले) लाई सच्चा कम्युनिष्ट पार्टी, अनुशासित, एकतावद्ध, गतिशील, जनआधारित कार्यकर्ता पार्टी र जनताको मनमनमा भिजेको पार्टी बनाउँछौँ । यसको शुद्धीकरण र सुदृढीकरण साथसाथै अघि बढाउँछौं । विगतमा हाम्रो अधिकांश समय नेताहरूको व्यवस्थापनमा खर्च भएको छ । अब त्यस्तो हुँदैन । हाम्रो ध्यान अब बढी भन्दा बढी जनताका समस्यामा केन्द्रित हुन्छ । माक्र्सवादको मुख्य सार द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादको अवलम्बन गर्नु हो । शास्त्र र सूत्रको उद्धरण गरेर मात्रै हुँदैन । हामी माक्र्सवादको माला जप्ने होइन, त्यसको सही कार्यान्वयन गर्ने मान्छे हौँ ।
पुष्पलाल र मदन भण्डारीका भनाइ पनि कार्यान्वयन गर्नका लागि नै हुन् । आज हाम्रा समग्र कामको केन्द्रबिन्दु ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षालाई साकार पार्ने कुरामा केन्द्रित भएको छ, त्यसैलाई ध्यानमा राखेर आत्मविश्वासका साथ अगाडि बढ्नु पर्छ । हामी विगतमा अलमलिएका, भड्काउपूर्ण चिन्तन र गतिविधिमा सङ्लग्न रहनभएका साथीहरूलाई पार्टीमा फर्किन आह्वान गर्छौँ । विगतका तिक्ततालाई बिर्सेर सबैलाई स्वागत गरिने छ । सबैलाई सम्मानपूर्वक काम दिइने छ, कसैप्रति पनि पूर्वाग्रह राखिने छैन । पार्टी विचारमा आधारित संस्था हो, यो गुटहरूको संयुक्त मोर्चा होइन । त्यसैले अब गुटबन्दीलाई कुनै हालतमा प्रश्रय दिइने छैन । अब कसैलाइ गुटगत रुपमा मान्यता दिइने छैन । पार्टीका नाममा मनपरी गर्न कसैले पनि मिल्दैन, त्यसो गर्न दिइने छैन । अहिले पार्टीलाई शुद्धीकरण गर्ने अवसर प्राप्त भएको छ । त्यसैले सङ्गठन विस्तारमा केन्द्रित होऔं । नयाँ सदस्यता व्यापक रुपमा वितरण गरौं । युवा विद्यार्थीमा पार्टीप्रति बढेको आकर्षणलाई वैचारिक चेतना निर्माण र सङ्गठनात्मक ढाँचामा रुपान्तरित गर्ने गरी सदुपयोग गरौं । विभिन्न पेशा, वर्ग र समुदायमा पार्टीको पहुँच विस्तार गर्न जन–वर्गीय संगठनहरू व्यापक रुपमा विस्तार गरौं । प्रदेश र स्थानीय तहमा विकास निर्माणका काम तीव्र पारौं । संघीय संसद लगायत प्रदेशसभा सहित सबै जनप्रतिनिधि निकायमा प्रभावकारी भूमिका खेलौं । हामी
अवश्य अगाडि बढ्ने छौँ, सफल हुने छौँ ।
हार्दिक अभिवादन सहित,
केपी शर्मा ओली
अध्यक्ष
१३ चैत २०७७

सम्बन्धित समाचार