जुम्लामा पोषण गृह सञ्चालन, आसपासका १३ जिल्ला लाभान्वित हुने

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पोषण पुनर्स्थापना गृह सञ्चालन गरेको छ।

प्रतिष्ठानको कार्यक्षेत्र पर्ने १३ जिल्लाका शीघ्र कुपोषण बालबालिकालाई पोषणयुक्त बनाउन पोषण गृह सञ्चलनमा ल्याएको हो। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोग तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पोषण पुनर्स्थापना गृह सञ्चालन गरेको छ।

कर्णाली प्रदेशको माथिल्लो कर्णाली (जुम्ला, हुम्ला, डोल्पा, कालिकोट र मुगु) जिल्लाका शीघ्र कुपोषण बालबालिकाको संख्या बढेको छ। पोषण पुनर्स्थापना भएपछि गृहमा भर्ना भएका ५ जना कुपोषण बालबालिकामध्ये २ जनालाई पोषणयुक्त बनाएर घर पठाएको  छ।

जिल्लामा ७ दशमलव ५ प्रतिशत, कम तौल भएका ३५ दशमलव ६ प्रतिशत र ५४ दशमल ५ प्रतिशत होचा–पुड्का बालबालिकाको तथ्यांक छ। बच्चाको स्वास्थ्य तथा पोषण अवस्था पहिलाको तुलनामा निकै सुधार भएको चन्दननाथ नगरपालिकाकी जमुना नेपाली, बताइन्।

उनले भनिन्, ‘२० दिन पोषण पुनर्स्थापना गृहमा बस्दा बच्चाको  पोषणमा सुधार भएर घर फर्किएका छन्। उनले थपिन्, ‘हामीलाई बच्चालाई घरमा पोषणयुक्त खानेकुरा ध्यान दिनुपर्ने सुझाव र सल्लाह प्राप्त भएको छ।’

त्यस्तै सिंजा गाउँपालिका जुम्लाकी दिलमाया रावतले भनिन्, ‘बच्चा कुपोषित भएर यहाँ पोषण पुनर्स्थापना गृहमा भर्ना गरेका छौँ। बच्चालाई पोषणमा सुधार हुने अपेक्षा गरिएको छ।’ रावतका अनुसार  पहिला भर्ना भएका बच्चा पोषणयुक्त भएर घर फर्किका छन्।

कुपोषित बालबालिकाको पोषणमा सुधार ल्याउन गृह सञ्चालनमा ल्याएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका संयोजक, निशान्त लामाले बताए। उनले भने,’ कर्णालीको विशेष गरी पाँच जिल्लाको तथ्यांकलाई हेर्ने हो भने शीघ्र कुपोषण बालबालिका बढी छन्।’ उनीहरुको पोषणमा सुधार ल्याउनका लागि निःशुल्क पोषण पुनर्स्थापना गृह सञ्चालनमा ल्याएको हो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका नर्सिङ प्रमुख सविना थापा भन्छिन्, ‘कुपोषित बालबालिकालाई २० दिनमै पोषणयुक्त बनाएर घर पठाउन सकेका छौँ। कर्णालीमा जति पनि कुपोषित बालबालिका छन्। उनीहरुको पोषणमा सुधार ल्याउन नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पोषण पुनर्स्थापना गृह सञ्चालनमा ल्याएको हो।’

कुपोषित बालबालिकालाई घरमा राख्नु हुँदैन। बालबालिका कुपोषित भएको खण्डमा पोषण पुनर्स्थापना गृहमा भर्ना गर्न आग्रह गरिएको उनले बताइन्।

प्रतिष्ठानले १६ फागुनदेखि पोषण पुनस्थार्पना गृह सञ्चलानमा ल्याएर निशुल्क सेवा गर्दै आएको छ। गृहमा हाल भर्ना भएका ५ जना कुपोषण बालबालिकामध्ये २ जनालाई पोषणयुक्त बनाएर घर पठाएको छ। उनीहरूलाई २० दिनसम्म राखिएको थियो।

कर्णाली प्रदेशको माथिल्लो कर्णाली (जुम्ला, हुम्ला, डोल्पा, कालिकोट र मुगु) का शीघ्र कुपोषण बालबालिका संख्या बढ्दै गएपछि कुपोषण दर घटाउन पोषण पुनर्स्थापना गृहमा सञ्चालन गरिएको हो।

सम्बन्धित समाचार