लागुऔषध मुक्त जिल्ला बनाउने अभियान थाल्दै , प्रहरी प्रशासन

जुम्ला ः पछिल्लो समयमा लागुऔषध दुव्र्यसनीका क्रियाकलाप बढ्न थालेपछि प्रहरी र प्रशासन लागुऔषध मुक्त जिल्ला बनाउने अभियानमा लागेका छन । उनिहरुले जुम्लाका माध्यमिक तथा उच्च माध्यमिक तहका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लागुऔषध दुव्र्यसनी विरुद्धको कानुनी ज्ञान दिन थालेका हुन । जिल्ला प्रशासनको आयोजनामा पहिलो पटक कर्णाली प्राविधिक शिक्षालयका विद्यार्थीलाई लागुऔषध दुव्र्यसन विरुद्धको सचेतना प्रदान गरेको यियो । त्यस लगत्तै चन्दननाथ माध्यमिक विद्यालयका विद्यार्थीलाई दोस्रो पटक सचेतना दिएको छ ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जिल्लाका सबै माध्यमिक विद्यालय स्तरमा सचेतना फैलाउने बताएका छन । उनले भने ,सबै मिलेर लागुऔषध दुव्र्यसनीका क्रियाकलाप पुर्ण रुपमा बन्देज गर्न आबश्यक छ । लागुऔषधमा फसेकालाई सुधारगृहमा लैजाने र कानुनी सजाय दिएर सुधार हुन प्रेरित गर्ने कार्य भइरहेको छ । सुधारगृहबाट सुध्रिएर आएको खण्डमा जीविकोपार्जनका क्रियाकलापमा संलग्न गर्न पहल हुने छ । ”

कर्णाली राजमार्ग सञ्चालनमा आए ंसंगै लागुऔषध ओसारपसार र सेवन गर्नेको संख्या बढिरहेको पाइएको छ । जसका कारण जुम्ला लागुऔषधको प्रभावित जिल्ला बन्दैगएको छ । ग्रामिण क्षेत्र भन्दा सहरीक्षेत्रमा बढि लागुऔषध सेवन तथा ओसारपसार भइरहेको छ । प्रमुख जिल्ला अधिकारी थापाले भने,“स्थानीय प्रहरी प्रशासनले कडा रुपमा अध्ययन अनुसन्धान र नियन्त्रण गरिरहेको छ । विद्यालय स्तरमै पुगेर लागुऔषधको कानुनी ज्ञान प्रदान पनि गरिरहेको छ । अब विद्यार्थीले गाउँबस्ती र छरछिमेकमा लागुऔषध विरुद्धको सन्देश फैलाउनु आबश्यक छ ।
प्रशासन कार्यालय जुम्लाले लागुऔषध विरुद्धको कार्ययोजना २०७७ बनाएको छ । अब यो कार्ययोजना अनुसार काम हुनेछ ।

लागुऔषध मुक्त जिल्ला निर्माणमा जोड दिइनेछ, उनले भने,“लागुऔषध मुक्त जिल्ला बनाउने अभियानमा जुम्लाबासीको साथ चाहिन्छ । प्रजिअ थापाले भने , जिल्लामा दवाव समिति गठन गर्ने, लागुऔषध ओसारपसार र सेवन गर्ने क्षेत्रको पहिचान गर्ने र गाउँबस्ती देखि विद्यालय स्तर सम्म सचेतनाका क्रियाकलाप अघि बढाउने तयारीमा छौ । उनले लागुऔषध विरुद्धको अभियानमा साथ दिन आग्रह गरे । लागुऔषध ओसारपसार र सेवन गर्ने क्षेत्रका बारेमा गोप्य रुपमा सुचना दिदै सभ्य र सम्मुनत समान निर्माणका लागि सहयोग गर्न अपिल गरे । तपाई सुचना दिनुहोस, हामी कार्वाही गर्छौँ, लागुऔषधमा फसेको जो सुकैलाई उन्मुक्ति दिनेछैनौँ ।

”विद्यार्थीले लागुऔषधमा फसेकालाई कसरी सुधार्न सकिन्छ ?लागुऔषधमा लागेका व्यक्तिलाई कार्वाही गर्नुको सट्टा घुस लिएर किन छाडिन्छ ? भन्ने बारेको जिज्ञासा राखेका थिए ।प्रमुख जिल्ला अधिकारी थापाले लागुऔषध दुव्र्यसनमा लागेकालाई धरौटीमा छुटाउछन भन्ने हल्ला मात्र भएको बताए । यो केस अदालतले हेर्ने भएकोले स्थानीय प्रशासनले हेर्न नमिल्ने बताए । उनले भने,“अहिले सम्म लागुऔषध ओसारपसार र सेवन गर्नेलाई सजाय भएको छ । धरौटीमा छुटेको भन्ने छैन । ” यो देशभित्रका नागरिक असल,वफादार, अनुशासित, मर्यादित र स्वस्थकर हुन भन्ने चाहना हो, प्रमुख जिल्ला अधिकारी थापाले भने,“ देशलाई सभ्य, सुसंस्कृत बनाउने जिम्मेवारी वोकेका भविष्यका कर्णधार विद्यार्थी लागुऔषधमा फस्न दिनुहुदैन । कानुनी कार्वाही भनेको पनि सुधार गर्न खोजिएको हो । ”
अभिभावकले छोराछोरी असल बनोस भन्ने भावना राख्दछन । त्यही भावना पुरा गर्ने दायित्व हामी विद्यार्थीको हो, उनले भने,“हरेक आमाबाबुले आफ्नो छोराछोरी असल बनोस भन्ने बाटोमा अघि बढ्नुहोला । ” उनले गलत संगतमा नलाग्न र लागुऔषधका क्रियाकलाप विरुद्धमा जानेबुझेको सन्देश गाउँ टोल, बस्ती र छिमेकी सम्म पुर्याउन र सबै मिलेर सामाजिक विकृति रोक्गन आग्रह गरे । त्यस्तै लागुऔषधको सेवनले एक व्यत्तिलाई मात्रै नभई सबैमा असर पार्ने भएकाले सबै जुट्नुको बिकल्प नरहेको प्रहरी नायब उपरिक्षक दानबहादुर थापाले बताए । उनले भने ,यसको सेवनले पारिवारिक जीवन र सामाजिक जीवनबाट टाढा बनाउँछ,। लागुऔषधको जोहो गर्नकै लागि सामाजिक रुपमा विकृति फैल्नछ । रक्त सञ्चारमा समस्या आउँछ । फोक्सो र मुटु काम गर्न छोड्छ ।” उनले लागुऔषधको अवस्था, समाजमा पर्ने असरका बारेमा प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा चन्दननाथ माध्यमिक विद्यालयमा कक्ष ६ देखि उच्च मावि तह सम्मका विद्यार्थी सहभागि भएका थिए विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर रोकायाले स्थानीय प्रशासनले विद्यालय स्तरमा गरेको यो कार्यक्रम निकै उपलब्धिपुर्ण भएको बताए । लागुऔषध दुव्र्यसन विरुद्धको अभियानमा प्रशासनले गरेको काम प्रसंसनीय रहेको सरोकारवालाले प्रतिक्रिया दिएका छन ।

सम्बन्धित समाचार