विजयी घोषणा गरेको आयोजकलेनै तातोपानीलाई फेरी खेल्न भनेपछि ‘‘

जुम्ला ः आइतबार तातोपानी गाउँपालिका र पातारासी गाउँपालिकाको कर्मचारी टिम बीच भएको खेलमा तातोपानी गाउँपालिकाले जितेको स्वयम आयोजकलेनै घोषणा गरेको थियो । तीन जना रेफ्रीमध्य दुईजना रेफ्री र आयोजकलेनै तातोपानीको कर्मचारी टिमको जीत भएको घोषणा गरेको हो ।तर आयोजकले विजयी घोषणा गरिसकेको तातोपानीको कर्मचारी टिमलाई भने सोमबार विहान एका एक पुन पातारासीकै टिम संग परामर्श गर्न र पुन रि म्याच खेल्न भनेपछि तातोपानीका कर्मचारी खेलाडीले अचम्मीत हुदै विजयी घोषणा भईसक्दा पनि फेरी किन खेल्ने ? किन पातारासी संग छलफल गर्ने ? भन्दै आयोजकले नियमत पुर्ण ढंगबाट तातोपानीको कर्मचारी टिमलाई हराएको तातोपानीका कर्मचारी टिमका संयोजक मिलन बुढ्थापाले बताए ।
पातारासी र तातोपानीको विजयीको निष्कर्षनै नगरी आयोजकले अर्को टिमलाई फाईनल खेल्न लगाएको र आफ्नै निर्णय कार्यान्वयनमा आयोजक चुकेपछि सत्य बुझेर कारबाहि गरिपाउ भनेर फुटसल कोणमै तातोपानीका खेलाडीले प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई निवेदन दिएका छन् ।आफै विजयी घोषणा गर्ने,आफै फेरी हारेको टिम संग खेल्नु पर्छ भन्ने,बिवाद नटुंगीएकै अर्को टिमलाई फाइनल खेल्न लगाउने आयोजकको मनपरी प्रति तातोपानीका कर्मचारी खेलाडी असन्तुष्त व्यक्त गरेका छन् । विजयी घोषणा भइसकेको अबस्थामा पातारासीको टिम संग आयोजकले भने अनुसार छलफल गर्नुपर्ने आबश्यकतानै नरहेको तातोपानीका कर्मचारी टिमको भनाई छ ।
लामो छलफलपछि अन्ततःआयोजकले अघिल्लो दिन विजयी घोषणा गर्नुनै गलत भएको कुरा गलत भएको आयोजकले स्वीकार गरेको छ ।

तातोपानीका कर्मचारीको खेलको उच्च मुल्यांकन र प्रशंसा गर्दै कर्मचारी तथा जनप्रतिनिधिको टिम दर्ता शुल्क फिर्ता गरेर माफी मागेको टिमका संयोजक बुढ्थापाले उल्लेख गरे । तातोपानीका कर्मचारी टिमलाई विजयी घोषणा गरिसकेको अबस्था नियतबस तरिकाले खेलबाट हटाइएको प्रति प्रशासनलाई दिएको निवेदनमाथि यथाशिघ्र छलफल गर्न समेत माग गरिएको छ । आगामी दिनमा हुने सबै आयोजनामा तातोपानीले सहभागिता जनाउने र आयोजकले परिपक्कताका साथ प्रतियोगिताको आयोजना गर्न समेत सुझाब दिएका छन् ।
आइतबारको पहिलो खेलमा तातोपानी गाउँपालिकाको कर्मचारी टिमले १ गोलका विरुद्ध १० गोल गरेर कनकासुन्दरी गाउँपालिकाको कर्मचारी टिमलाई पहिलो चरणमै हराएको थियो । तर एकजना रेफ्रीले भने पातारासी र तातोपानीको कर्मचरी टिमको अन्तिम खेलमा तातोापानीको खेलाडीको फल भएको बताएका छन् ।
यता कर्णाली फुटसल एण्ड स्र्पोट हबका अध्यक्ष निर्पराज भारतीयले आयोजकले अघिल्लो दिन विजयी घोषणा गर्नु र सोमबार तातोपानीका खेलाडीले खेलमैदान छोडेर खेल्दैनो भनी जानुलाई दुबैपक्षले आआफ्नो गल्ती स्वीकार गरेको बताए ।
साथै तातोपानीको जनप्रतिनिधि टिमले आफ्नो दर्ता शुल्कनै लिइसकेको हुँदा द्धित्तिय पुरस्कार लिने कुनै आधार नरहेको समेत अध्यक्ष भारतीले जानकारी दिए । तर यता तातोपानीका खेलाडीले भने खेलमैदान छोडेर नगएको र विहान ९ बजे हुने खेल दिउसो २ बजे सम्म पनि नभएपछि खाना खान गएको बेला पातारासी र तातोपानी बीच को विजयी भयो भन्ने निष्कर्ष बिनै तिला र चन्दननाथको टिमलाई फाइनल खेल खेलाएको प्रति असन्तुष्ट व्यक्त गरेका छन् ।
पुन ः फुटसल प्रतियोगिताको पहिलो शुरुवा र सिकाई भएकोले आगामी दिनमा सच्याउदै खेल क्षेत्रलाई निस्पक्ष बनाउने प्रतिबद्धता आयोजकको छ ।साथै, तर उपविजेता भएको तातोपानी गाउँपालिकाको जनप्रतिनिधि टिमले भने कुनै पुरुस्कार लिएको छैन् । आयोजकले आइतबारको खेलमा पातारासीलाई हराउदै तातोपानीको कर्मचारी टिम विजयी घोषणा गरेपनि कार्यान्वयन नगरेर तातोपानीलाई हराउन खोजेपछि जनप्रतिनिधिको टिमले पनि पुरुस्कार बहिस्कार गरेको तातोपानी ३ का वडाध्यक्ष डिल्ली रावलले बताए  । कर्णाली पोष्टबाट सभार

सम्बन्धित समाचार