ओली नेपाल आ–आफ्नै अडानमा, मिल्नेभन्दा भिड्ने तिरै अग्रसर

काठमाडौं । एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष आआफ्ना अडानमै कायम रहेका छन् । उनीहरूबीच आज भएको बैठक विनानिष्कर्ष टुंगिएका हो । सर्वोच्च अदालतले नेकपा भंग गरी एमाले र माओवादी केन्द्रकै रुपमा ब्युँत्याइएपछि एमालेका शीर्षस्थ नेताको पहिलो भेटवार्ता भएको थियो । वार्तामा सहमति नभएपछि वरिष्ठ नेता झलनाथ खनाल र नेपाल पक्षले बोलाएको आगामी ४ र ५ चैतमा बोलाएको भेला यथावत रहने भएको छ ।

एमाले अध्यक्ष ओलीले २८ फागुनमा आफू निकट केन्द्रीय सदस्यको बैठक बोलाएर विधान संशोधन गर्ने, नेताहरुको जिम्मेवारी हेरफेर गर्ने, गृहमन्त्री रामबहादुर थापा बादल लगायतका २३ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने र ७० वर्षे उमेर हद खारेज गरेको थियो । आज सोमबार ओली नेपाल पक्षहरु पार्टी कार्यलय धुम्बाराहिमा वार्ता भएको थियो । ओली नेपालको यो वार्ता ४ महिना पछि भएको थियो । वार्तामा ओली पक्षका महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदीप ज्ञवाली नेता सुवासचन्द्र नेम्वाङ थिए ।नेपाल पक्षका माधवकुमार नेपाल , उपाध्यक्ष भीम रावल , उप महासचिव घनश्याम भुसाल ,सचिवहरु गोकर्ण विष्ट ,रघुजी पन्त सहभागी थिए ।

वार्ता टर्रो भयो

नेपाल पक्षले २८ फागुनमा ओली पक्षले एकलौटी रुपमा गरेको निर्णय फिर्ता लिन र कार्यदल बनाएर अगाडि निकास निकाल्न आग्रह गरेको थियो । तर, ओलीले नेपालको प्रस्ताव अस्वीकार गरेपछिपछि सहजरुपमा सुरु भएको बैठक अन्तिममा पुग्दा टर्रो भएको नेपालले प्रतिक्रिया दिएका छन् । ओली पक्षले भने नेपाल पक्षले ४ र ५ गते बोलाएको भेला रोक्न आग्रह गरेका थिए । तर नेपाल पक्षले २८ गतेको निर्णय फिर्ता नहुने भएपछि भेला नरोक्ने जानकारी बैठकमा दिएको सहभागी रघुजी पन्तले बताए । ओली पक्ष आफ्ना मागप्रति लचिलो भए पार्टीका समानान्तर गतिविधिहरु रोक्ने नेपाल पक्षले भनेको थियो । ओली आफ्नो कुनै पनि निर्णय सच्याउन नमानेपछि नेपाल पक्ष भने भिड्न मुडमै रहेको एक नेताले बताए ।

सम्बन्धित समाचार