महिला हिंसाको अन्त्य नभए सम्म नेपाली समाज सभ्य हुदैन ः उपमेयर न्यौपाने

जुम्ला ः चन्दननाथ नगरपालिका जुम्लाका उपमेयर अप्सरा देवी न्यौपाने (महत )ले महिला हिंसाको अन्त्य नभएसम्म नेपाली समाज सभ्य नहुने बताइन । चन्दननाथ नगरपालिका महिला शाखाको आयोजना तथा सामासजिक बिकास कार्यालय जुम्लाको आर्थिक सहयोगमा आयोजित,अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा यस्तो बताएकी हुन । उपमेयर न्यौपानेले महिला हिंसाका घटनाहरु न्युनिकरण हुन नसकेको र अपराधीहरू कानुनी दायरामा आउन नसकेकाले सबैले गम्भिरतापूर्वक सोच्ने बेला आएको बताइन । उनले महिला हिंसाका घटनाले दिदीबहिनीहरु असुरक्षित महसुस गरिरहेको उल्लेख गर्दै महिला हिंसाको अन्त्य बिना समाज सभ्य र सुरक्षित बन्न नसक्ने बताइन । महिला हिंसाका घटना न्युनिकरण हुन नसक्नु ज्यादै दुःखको कुरा हो ।
साना बालिकाहरूको बलात्कार पछि हत्याका घटनामा अपेक्षाकृत न्युनिकरण हुन नसकिरहेको र कतिपय घटनाका अपराधीहरू कानुनको दायरामा आउन नसकेकोमा उनले दुःख व्यक्त गरिन । महलिाको नेतृत्वको बिकासका लागी सचेतनाका कार्यक्रम आबश्यक रहेको छ ।आज १ सय ११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा ,चन्दननाथ नगरपालिका ्४की आटो चालक महिला कल्पना बुढालाई सम्मान गरिएको छ । चन्दननाथ नगरपालिकाको महलिा शाखाले जुम्लाकै पहिलो अटो चलक बुढालाई हौषला बढाउनका लागी दोसाला र प्रशंसा पत्र दिएर सम्मान गरेको हो । संविधानतः महिलाहरुले धेरै अधिकार पाएको भए पनि कार्यान्वयनको चुनौती रहेको महिलाहरुले बताएका छन ।










