आवास बनाइदिन गोठीगाउँका अग्नीपीडितको माग
दिलमाया शाही
जुम्ला ः जुम्ला तिला गाउँपालिका ७ गोठीगाउँमा गत माघ १५ गते खाना पकाउने क्रममा चुलोबाट निस्केको सानो झिल्कोले बस्ती नै बस्ती खरानी बनायको थियो । बलिरहेको आगो निभाउने न पानी थियो, नत कुनै अन्य उपाय । आगलागी भएको टुलुटुलु हेरिरहनुको विकल्प थिएन । हेर्दा खेर्दै बस्ती खरानी बन्यो । त्यो बस्तीमा अहिले स्थानीय जान पनि डराउने अवस्था छ । जहाँतही आगोले ढडेको कालो मात्रै छ । घर भित्र रहेका अन्तपात, लत्ताकपडा र बस्तुभाउ सबै जलेर नष्ट भएका थिए । उज्यालो हुदैँ आगो लागेको कारण मानवीय हुन सकेन ।आगालागी भएको महिना दिन वित्यो । तर अग्नी पीडितको आवास निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन । राहत र उद्धारका कार्य भइराखेका छन । स्थानीय पर्बलाल रोकायले भने ,,“अब हामीलाई आवास चाहियो । आफ्नै घरभित्र बसेर शान्तिको सास फेर्न पाउ । ”आगोले बस्ती खरानी भएपछि गोठीगाउँबासी सबै निराश छन । मानवीय क्षेति त भएन । तर मानव बाँच्न चाहिने अन्नपात, लुगाकपडा सबै जले, उनले भने,“यति जलेपछि बाँच्नुको कुनै औचित्य छैन । गाउँ नै खरानी भएको देख्दा उदेक लागेर आउने गर्छ । ”अहिले विभिन्न दातृ निकाय, सरकार, व्यक्ति संघसंस्थाले दिएको राहतले काम चलिरहेको छ । तर त्यो लामो समय सम्मको समाधान होइन । रोकयाले भने,“अग्नी पीडितको दिर्घकालिन समाधान भनेको त आवास निर्माण हो । आवास निर्माणमा सरोकारवालाको चासो हुनु पर्यो । ”अल्पकालिन समस्य समाधानका लागि गृहमन्त्रालयबाट टेण्ट आइपुगेको पनि एक महिना पुग्न लागिसक्यो । तर तिला गाउँपालिकामै थन्किएका छन् । पर्वलालले राहत लिएर नाग्म बजार पुगेका प्रमुख जिल्ला अधिकारी थापा समक्ष भने,“अल्पकालि समाधानका लागि पाल पुगेको छ भन्ने सुनेका छौँ । न देखेका छौँ । न पाएका छौँ । एक पटक लिइसकेपछि पाल फिर्ता गर्नु पर्छ भनेर गाउँपालिकाले भनेको छ ।
यो बिषयमा पहल गरिदिनु पर्यो । ”उनले अग्नी पीडितका लागि आएको पाल तत्काल उपलब्ध गराउनको लागि आग्रह गरे । जिल्ला प्रशासन कार्यालय जुम्लाको पहलमा गृहमन्त्रालयले ३१ वटा पाल पठाएको थियो ।त्यो पाल सिँधै विपद व्यवस्थापन समितिमा पुग्नु पर्ने हो । तर स्टार पनि भएको र भाडा लगायतका बिषयलाई ख्याल गर्दै गाउँपालिकामा राख्न लगाइयो, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भने,“त्यो पाल तत्काल अग्नी पीडितले पाउनु पर्ने हो । नपाएको देखियो । अब उपलब्ध गराउनको लागि आग्रह गर्दछु ।
”अग्नी पीडितका लागि ३१ वटा पाल आएका छन । विश्व खाद्य कार्यक्रमले गृहमन्त्रालयको समन्वयमा पठाएको पाल अग्नी पीडितले पाउन नसक्नु दुखद पक्ष हो । पाल दिएको बारेमा रिर्पोट मागिरहेको छ । लस्करै पाल टाँगेको फोटो मागिरहेको छ । उनले भने,“गाउँपालिकाका्े ढिलासुस्तीले दिन सकिएको छैन ।”प्रमुख जिल्ला अधिकारी थापाले अग्नीपीडितको घर निर्माणको लागि पहल भइरहेको बताए । उनले भने,“संघ र प्रदेश कसले घर बनाइदिने भन्ने बिषयमा सामान्य समस्या त छ । तर दोहोरो नपर्ने गरि अग्नीपीडितका घर बनाइदिन्छौँ ।”
यो बर्ष नै घर निर्माण हुनुपर्छ भन्ने मान्यता रहेको प्रमुख जिल्ला अधिकारी थापाले बताए । त्यस्तै तिला गाउँपालिकाकी उपाध्यक्ष बिष्णु बढाले अग्नी पीडितको घर जसरी पनि बनाइदिने बताईन । उनले भनिन्,“कर्णाली प्रदेश सरकार संग जाँदा अग्नी पीडितका घर बन्छन भनेर सन्देश लिएर जानु भनिएको छ । त्यही भएर ढुक्क छौँ । संघीय सरकार संग पनि पहल गर्छौ । यदि कुनै पनि ठाउँबाट घर बनाउने अवस्था नआएको खण्डमा स्थानीय सरकारले पनि घर निर्माणमा साथ दिन्छ । ढुक्क हुनुहोला । सबै निकाय संग कुराकानी भइरहेको छ । गत माघ १३ गते लागेको आगोले ३१ घर जलेर नष्ट भएका छन ।








