जुम्लामा ट्याक्टर दुर्घटना, ९ जना घाईते ,

जुम्ला सिँजा गा.पा.वडा नं. ६ भाटगाउँ भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुदा ९ जना घाइते भएका  छन । ं.सोमबार २०ः३५ बजेतिर नराकोट बजारबाट नुन लोड गरी जोडु भाटगाउँ तर्फ जार्दै गरेको ना ७ त ३५३६ नम्वरको ट्याक्टर दुर्घटना हुदा ९ जना  घाइते भएका हुन । ट्याक्टर सडक देखी ं. ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । ट्याक्टर दुर्घटनामा घाइते भएकाहरुको उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याइएको छ ।

घाइते हुनेमा सिँजा गाउपालिका वडा नं. ६ वस्ने वर्ष २१ को शेर बहादुर रावत ५० वर्षका  भोटेनि बुढा ,४५ वर्षका कालुलुडी रावत , १४ वर्षका दान बहादुर बुढा, १५ वर्षका को गोविन्द बुढा , ६०वर्षका मिनकली बुढा ,१९ वर्षका धर्मचन्द्र रावत , ३५ वर्षका जनक बुढा, र ३५ वर्षकि विष्णुकलि बुढा घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी युवन चौधरीले बताए । उनका अनुसार ५० कि भोटेनि बुढा अवस्था गम्भिर रहेको छ ।