२३ फागुनमा संसद अधिवेशन बोलाउन सरकारद्वारा राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं । २३ फागुनमा संसद अधिवेशन बोलाउन सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले २३ फागुनमा प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिसको निर्णय गरेको एक मन्त्रीले बताए ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट असंवैधानिक रूपमा संसद विघटन गरिएको थियो । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धामा सुनुवाइ गर्दै फागुन ११ गते प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको विघटन घोषणा असंवैधानिक भन्दै सर्बोच्च अदालतले प्रतिनिधिसभा पुनस्स्थापना गरेको थियो ।

सर्वोच्चले १३ दिनभित्र बैठक बस्ने गरी व्यवस्था गर्न राष्ट्रपति, प्रधानमन्त्री र सभामुखका नाममा परमादेश जारी गरे पछि सोही बमोजिम मन्त्रिपरिषद्ले संघीय संसद् अधिवेशन आह्वान गर्न सिफारिस गरेको हो ।

सम्बन्धित समाचार