जुम्ला लगायत कर्णालीका हिमाली जिल्लामा हिमपात

जुम्ला ः मौसममा आएको बदलीसँगै जुम्ला लगायत कर्णालीका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । उच्च हिमाली क्षेत्र हुम्ला डोल्पा मुगु यस अघि हिमपात भएपनि जुम्लामा भने पहिलो पटक हिमपात भएको हो । बिहीबार राति देखी वर्षा संगै हिमपात हुँदा चिसो बढेको छ । हिमपातले जुम्लाको तापक्रम माइनस डिग्रीमा झरेको छ । मौसममा आएको बदलीसँगै एक्कासी हिमपात सुरु भएर बाक्लो हिउँ जमेको छ ।

जिल्लामा हिमपात हुँदा जुम्ला जिल्ला भरी हिउले सेताम्य भएका छन् । हिमपात भएपछि जुम्लाको हिउदे बाली राम्रो हुने किसानको अनुमान छ ।यसपटकको हिमपातले जेठमा पाक्ने जेठासी बाली उवा, गहुँ, जौँलाई फाइदा हुने भन्दै कृषक उत्साहित भएका छन् ।

‘यो हिमपातले जुम्लाका किसानमा निकै खुशी ल्याएको छ । यो हिमपात कृषि क्षेत्रका लागि हुने उत्तम हुने कृर्षि बिकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए । उनले भने यो हिउप्रप्त मात्रामा आएको छैन तर थोरै भएपनि किशानका लागी राहत भएको उनले बताए । हिमपातको जमिनमा चिस्यान रह्यो भने खेतिपाती निकै राम्रो हुने गरेको प्रमुख देवकोटाको भनाइ छ । उनले भने यस वर्ष ढिलो हिमपात भएको छ ।

जुम्ला प्रशासनले यस अघि विपद पुर्व तयारी स्वरुप विपन्न र बेसहारा नागरिकलाई चिसोबाट बचाउन न्यानो कपडा बितरण गरेको थियो । चिसो बाट बच्चनका लागी झोलिलो खानेकुरा खान र घरमै न्यानो गरेर बस्न जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जुम्ला बासीलाई आग्रह गरेका छन।