अग्नि पीडितलाई गृह मन्त्रालय पठायो टेन्ट

जुम्ला ः जुम्लाको गोठीगाउँका अग्नि पीडितलाई गृहमन्त्रालयको टेन्ट पठाएको छ । तिला गाउँपालिका ७ गोठीगाउँका अग्नि पीडितका लागि गृह मन्त्रालयले टेन्ट (अस्थायी घर) पठाएको हो ।गृह मन्त्रालयले राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रबाट गोठी गाउँका २८ घरपरिवारका लागि टेन्ट पठाएको हो । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले आगलागीमा परेका अग्नि पीडितहरूको आपतकालीन आश्रयको लागि टेन्ट पठाईएको बताए । उनले भने,‘टेन्ट तिलागाउँपालिकामा पुगिसकेको खबर प्राप्त भएको छ । यही माघ १३ गते गोठिगाउँमा २८ घरमा आगलागी भएको थियो । आगलागीबाट घरभित्रका अन्नपात, पशु चौपाया मरेका थिए । यसअघि कर्णाली प्रदेश विपद व्यवस्थापन समिति, जिल्ला विपत व्यवस्थापन समिति लगायत सरकारी तथा गैरसरकारी संघ संस्था बाट राहत स्वरुप खाद्यन्न, लत्ताकपडा, भाडाँ कुडा उपलब्ध भइसकेको छ ।

राहत उपलब्ध हुने क्रम जारी भएकोले सबैलाई एकद्धार प्रर्णाली मार्फत राहत बाड्न जिल्ला प्रशासन कार्यालय जुम्लाले आग्रह गरेको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको पहलमा टेन्ट अग्नि पीडितका लागि आइपुगेका हुन् । प्रमुख जिल्ला अधिकारी थापा राहत लिएर गाउँमै पुगेका थिए ।उनले आगलागी भएको पुगेर वास्तविक क्षतिको बारेमा जानकारी लिएका थिए । सरकारले छिटो छरितो रुपमा राहत तथा उद्धारको काम अघि बढाएको भन्दै अग्नि पीडित निकै खुसि छन् । स्थानीय मोतीलाल रोकायाले भने अग्नि पीडितका लागि सरकारले देखाएको तदारुकता प्रसंशनीय रहेको छ । उनले भने,‘सरकार जिम्मेवार रुपमा प्रस्तुत भइरहेको अनुभुति भएको छ । अव प्रशासन र सरकारले आवास निर्माणका लागि पहल गरिदिने छ ।

सम्बन्धित समाचार