निजि स्कुलमा पढ्ने बालबालिकाको नाम राखेर तलब खादै बालबिकास केन्द्रका शिक्षिका

जुम्ला ः जुम्लाको चन्दननाथ नगरपालिकाभित्र समुदायमा आधारित र विद्यालयमा आधारित ३५ वटा बाल विकास केन्द्र सञ्चालनमा छन्। तर बालबालिका निजि स्कुलमा पढीरहेका छन,ती बालबालिकाको नाम राखेर बालबिकास केन्द्रका शिक्षिकाहरुले नपढायरै तलब बुझ्ने गरेको पाइएको छ। जसको उदाहरण हो ः चन्दननाथ नगरपालिका ६ छिनामा अस्थित बाबिरा बालबिकास केन्द्र । यहाँको बालबिकास केन्द्रका शिक्षिका माया थापाले नपढाएरै तलब खाएकी छन् । शिक्षिका थापाले तलब खाई रहेको बालबिकास केन्द्र उनकै घरमै थियो स्थानिय प्रेम थापाले भने ,। स्थापना कालको एक दुइ वर्ष बालबालिका पढ्न जान्थे अहिले धेरै वर्ष भयो नपढायरै तलब खाएका छन भन्ने सुनेका छौ ।
त्यही वडामा रहेको रादेव बालबिकास केन्द्रकोे अबस्था पनि कहली लाग्दो छ।

त्यहाका स्थानिय कर्ण बहादुर रोकायाले भने ,सरकारले गरिब नागरिकका बालबालिकाले शिक्षा पढ्न पाउन भनेर दुई कोठ भवन बनायो छ । तर त्यो भवनमा बालबालिकाले पढ्न पाएनन । उनले भने, त्यो भवन पहुज वालाको मागीखाने भाँडो बन्यो । उनले थपे भवनको अवस्था हेर्दा दुख लाग्छ बालबालिकाको शिक्षा आर्जन गर्ने पबित्र थलो नै शौचालय बन्यो रोकायाले भने ,बालबिकासको भवन सबैको शौचालय बनेको थियो । अहिले घर नभएका मान्छे आएर बस्ने गरेका छन। बाबिरा बालबिकास केन्द्रका शिक्षिकालाई सम्पर्क गर्दा उपचारको लागी काठमाडौं गएको बताइन । उनले भनिन बिरामी भएर बिदामा आएको छु यस अघि पढाएकै थिए । तर त्यहाका स्थानियले स्थापना कालदेखी नपढायर तलब खाएको बताएका छन ।

चन्दननाथ ६का हरि बहादुर रोकायाले भने, पँहुज भएकाले नपढाएरै तलब खाँदा कुनै कानुन लाग्दो रहिन्छ । उनले भने सबै नितिनियम गरिबको लागी पो रहेछ । उनले थपे धनिका छोरा छारी निजीस्कुलमा छन। उनीहरुको लागी यो बालबिकास केन्द्र तलब खाने थलो मात्रै छ। बाबिरा बालबिकास केन्द्रका शिक्षिका जयरत्न कर्णाली बोडिङ स्कुलकी ब्यवस्थापक पनि हुन । उनी जिल्लामा बसेर पनि बालबिकास मा पढाइकी छैन ।
जुम्काका बालबिकास केन्द्र पँहुज वालाको माग खाने भाँडो बने
जुम्लाका बालबिकास केन्द्र मागी खाने भाँडो बनेका छन। सरोकारवाला नियकाय मौन बसेका छन। चन्दनाथको ६मारहेको बालबिकास केन्द्रका शिक्षिका माया थापा पुर्व संसद देवीलाल थपाकी श्रिमती रहको बुझीएको छ । शिक्षामा भएको वेथिती न्युनकरणका लागी आवज उठाउनु पर्ने हैसेदमा बसेका संसदनै श्रिमतीले नपढाएरै तलब खायकोमा सन्तुष्ट छन। उनले फोन मार्फत भने पत्रकारले सबै क्षेत्रको लेख्नु पर्छ बालबिकास केन्द्रमा मात्रै ध्यान किन । उनले आफ्नो श्रीमती माया थापाले बालबालिकालाई पढाउदै आएको दाबी गरे । नगरपािलका क्षेत्रमा संचालन भएका बालबिकास केन्द्र सबै माग खाने भाँडो भएका छन, हरि बहादुर रोकायाले भने ’एक त सरकारी विद्यालयमा राम्रोसँग पढाई हुँदैन, त्यसमा पनि शिक्षिकाहरू स्कुलको मुखै नहेरी तलब खान्छन्। त्यही कारणले हामी घाँस दाउरा बेचेर पनी बालबालिका निजिस्कुलमा पढाउन बाध्य भएका छौ । ’उनीहरूले आफ्ना छोराछोरी महँगा निजी विद्यालयमा पढाउन पाएकै छन्, । सरकारी स्कुलबाट खुरूखुरू तलब खाने, तर पढाउनै नपर्ने भएपछि अरू के चाहियो अर्का स्थािनय कर्ण बहादुर रोकायाले भने, गरिबका छोराछोरीमाथि यो हदसम्मको लापरबाही गर्नेलाई कुनै कार्बाही छैन ।
नपढायर तलब बुझ्ने शिक्षिका लुकाउदै नगरपालिका
चन्दननाथ नगरपालिकाको शिक्षा शाखाले बाल विकास केन्द्रको आधिकारी कुनै प्रमाण दिएको छैन । प्रमाण माग्दा मौखीक रुपमा ३५ वटा बालबिकास केन्द्र छन भनिएको छ । तर उनिहरुलाई तलब खुवाउनका लागी समाजिक बिकास कार्यालयमा २७ जनाको लिष्ट पठाइएको छ। शिक्षाको बजेटमा अनियमिता हुँदापनि चन्दननाथ नगरपालिकाको शिक्षा शाखा बेखवर छ। नगरको शिक्षा शाखालाई बाल विकास केन्द्र अनुगमन गर्ने अधिकार त छ, तर अनुगमन गरिएको छैन । केही बालबिकास केन्द्रका शिक्षिका अर्को नियुक्ती भएका छन। स्थापनाकाल देखी नपढायर तलब खाइरहेका शिक्षिका भने पँहुज वालाकै मान्छे रहेको नागरिकको गुनासो छ। यस प्रश्नको जवाफ समेत नगरको शिक्षा शाखाले दिन मान्दैन ।चन्दननाथ नगरपालिकाको शिक्षा शाखामा कतिपय बाल विकास शिक्षिका भनेर फरक ब्यक्तिको नामछ । मागेको खण्डमा नगरपालिकाको शिक्षा शाखाले बालबिकास शिक्षिकाको एकिन बिवरण दिएको छैन।

नगरपालिकाको शिक्षा शाखाले बालबिकास केन्द्रका शिक्षिका माया थापाको तलब खुवाउनका लागी नेपाल इन्भेष्टमेण्ट बंैक जुम्लामा रहेको खाता ०२३०५०५०२९९८९४० र उनले पढाउने स्कुल बाबिरा बालबिकास केन्द्र नराखेर चन्नदनाथ माबि खलंगा उल्लेख गरेको छ। शक्ति र पहुँचकै कारण उनीहरूले पढाउँदै नपढाइ तलब खाइरहेको स्थानीयले बताएका छन।, ’शिक्षाको बजेट दुपयोग हुदा सरोकारवाला निकाय मौन बसेका छन। जिल्लामा आर्थिक वर्ष २०५५र५६ देखि बाल विकास केन्द्र खोल्न थालिएको हो। शुरूमा यस्ता केन्द्रमा पढाउने शिक्षिकालाई मासिक ५ सय रुपैयाँ पारिश्रमिक दिने गरिन्थ्यो। अहिले पारिश्रमिक बढेर ६ हजार रुपैयाँ पुगेको छ।