मदिरा सेवन गरी गाडी हाक्दै, चालक

दिलमाया शाही
जुम्ला ः कर्णाली राजमार्गका अधिंकास सवारी चालक मदिरा खाएर मात्रै गाडी हाक्ने गरेको पाइएको छ। शनिबार प्रमुख अधिकारी भुपेन्द्र थापासहितको सुरक्षाकर्मीको टोलीले चेक जाँच गर्दा भेटिएका सबै चालकले मदिरा सेवन गरेका थिए ।सुरुमा चन्दननाथ नगरपालिका – ९उमगाडमा मापसे गरेको मोटरसाइकल चालक भेटियका थिए ।यसै क्रममा प्रमुख जिल्ला अधिकारीले आधा घण्टाको समयमा जुम्ला बजार तर्फ आउदै गरेका सवारी चालक चेक गर्दा भेटिएका सवारी सादनका चालक सबै मदिरामा मस्त थिए ।प्रअिज थापाले ट्राफिकलाई चेकजाँच गर्न लागाएका थिए । त्यसक्रममा अधिकांश चालक मापसे गरेका भेटिएका हुन् ।

कर्णाली राजमार्गको जुम्ला खण्डमा सञ्चालन हुने ठुला तथा साना सवारीका अधिकांश चालकले रातीको समयमा मापसे गरेरै सवारी चलाउने गरेको पाइएको हो । अनुगमन गर्ने क्रममा मापसेगरी सवारी चलाएका पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक नविन थापा मगरले बताए ।उनले भने, “शनिवार राती मापसे गरी जिप,अटो तथा मोटरसाईल चलाएका ४ जना र एक जना मापसे गरेका यात्रुलाई नियन्त्रणमा लिएको हो । प्रशासनमा प्रतिव्यक्ति एक हजार र ट्राफिकमा मापसे गरी सवारी चलाए बापतको जरिवाना बुझाएर छोडिएको छ। शनिवार रातीनै मापसे गरी बालुवा बोकेर ल्याएको एकजना ट्याक्टर चालक भने भागेको उनको भनाई छ ।साईट नछोड्ने, ट्राफिक नियमित विपरित ओभरटेक गर्ने, कागजात बिनै मापसेको तालमा दुर्त गतीमा सवारी चलाउने चालककै कारण कर्णालीमा दुर्घटना बढेको हो ।अर्को तर्फ स्थानीयले सडकमै मनपरी रुपमा निर्माण सामग्री राख्दा सडक साँघुरिएर जोखिम बढेको जुम्लाका प्रहरी नायब उपरिक्षक मधव प्रसाद काफ्लेले बताए ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले रातीको समयमा ट्राफिक जाँच नहुने र चालकले लापरबाही गरेकै कारण दुर्घटनाको जोखिम बढेको बताए । उनले भने ,मापसे गरी सवारी चलाउने चालककै कारण धेरै ठुला दुर्घटना भएका छन् । जुम्लामा पनि यस्तो समस्या देखियो । अब नियमित चेकजाँचलाई कडा गनर््ुको विकल्प नरहेको उनको भनाई छ ।उनले भने, “कर्णाली राजमार्गमा चालकको लापरबाहि र निर्माण सामाग्री मनपरी रुपमा राख्दा दुर्घटना बढेको छ । चेकजाँचमा कडाई र सडक अतिक्रमण गर्नेहरुलाई पनि नियमन गर्ने तयारीमा छौ ।”आघा घण्टाको क्रममा पाँच वटा सवारी चेकचाँज गरिएकोमा पाँचै जना सवारी चालकले मदिरा सेवन गरी चलाएको भेटिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए । उनले भने आधा घण्टाको अन्तरालमा चेकजाँच गर्दा पाँचै जना भेटिए भने राती चलाउने धेरै जसो सवारी चालक मदिरा सेवन गरी चलाउन्छन् भन्नेमा शंका रहेको छ ।
मापसे जाँच गर्ने उपकरण छैन
जुम्लामा मापसे गरेर सवारी चलाउने चालकको संख्या बढ्दै छ । रातीको समयमा मापसे गर्ने ओभर स्पिड गाडी कुदाउने गरेकै कारण दुर्घटनाको जोखिम बढेको छ । तर जुम्लामा भने, मापसे जाँच गर्ने उपकरण नभएको ट्राफिक कार्यालयले बताएको छ। ट्राफिक कार्यालयका प्रहरी हवल्दार कुशराज शाहीका अनुसार मापसे गर्ने (बे्रथ लाईजर) उपकरण जुम्लामा छैन् । चालकको लापरबाही बढेपछि अहिले तीन वटा उपकरण माग गरिएको उनले बताए । अहिले लागि उपकरण नहुँदा जेचजाँच प्रभावित भएको छ ।

उपकरण बिना हचुवाको भरमा जाँच नहुने बताइएको छ ।साथै, ट्राफिक कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको अहिले सम्म १४ वटा सवारी दुर्घटना भएका छन् । चालककै लापरबाहीका कारण बढी सवारी दुर्घटना भएको हवल्दार शाहीले बताए । उनले भने , १४ वटा दुर्घटनामा परी २७ जना घाईते र २ जनाको मृत्यु भएको छ ।यी सबै दुर्घटनाका कारण चालक नै हुन् । मापसे गर्ने, ओभर स्पिड चलाउने, क्षमता भन्दा बढी यात्रु हाल्ने चालकलाई नियन्त्रण लिन नियमित चेकजाँचमा कडाई गरिने उनको भनाई छ ।चालु आर्थिक बर्षको माघ दोस्रो सातासम्म कारबाही गरिएका ८ सय ३१ वटा सवारीबाट ८ लाख ३५ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय जुम्लाले जनाएको छ ।

सम्बन्धित समाचार