महिला लक्षित कार्यक्रम पहिलो प्रथामिकतामा राखेको छु ः उपाध्यक्ष रोकाया 



दिलमाया शाही
जुम्ला ः जुम्लाको हिमा गाउँपालिकाको सबै क्षेत्र सडक सञ्जालसँग जोडिसकेका छै । अबको बाँकी कार्यकाल महिला लक्षित कार्यक्रमलाई प्रथामिकता दिनेछु ,उपाध्यक्ष हिमाली रोकायाले भनिन ,।यस अघि सडक, बत्ति, शिक्षा, खानेपानी र पशुपालन क्षेत्रलाई समृद्धिको मुख्य आधार मान्दै काम गरि रहेका छौ । उनले भनिन, सडक, बत्ति, शिक्षा, खानेपानी भवन निमार्ण जस्ता कार्यले मात्रै पालिका समृद्धि हुर्दैनन, त्योभन्दा बाहिर निस्केर काम गर्ने प्रयास थलेकी छु । स्थानीय निर्वाचित भएर म आएपछि हिमा गाउँपालिकाका न्युनआय भएका महिलाले गाउमा सरकार पुगेको महसुस गर्ने गरी केही काम भएका छन । उनले भनिन, जनताको सेवा र जनतासँग घुलमिल गर्दै यस अघिको वर्ष बितेका छन।

अबको कार्यकाल महिला बालबालिका , छाउपडी ज्स्ता क्षेत्रलाई प्रथामिकता दिनेछु । नयाँ व्यवस्था र नयाँ संरचना अनुसार काम गराउन केही समस्या र चुनौति देखा परे । तर पनि केही उपलब्धी मुलक काम भएका छन। हामी हिजोकै संस्कारमा हुर्केको, हिजोकै संरचनामा काम गरेको र विकास निर्माणको कार्यहरु पनि हिजोकै शैलीमा गर्नुपर्छ भन्ने सोच बोकेको हुनाले नयाँ र पुरानो बिचारबीच अझै पनि अन्तरविरोधत छन्नै उनले भनिन, । त्यो सँगै महिलालाई नयाँ बिचार अनुसार माथि उठाउन आबश्यक ठानेकी छु । महिलाको हक अधिकारका क्षेत्रमा परिवतर््न हुनु पर्छ भनेर युद्धमा होमिएको मान्छे हु म, त्यसैले होला जनताको भावना समेट्ने अवसर मिल्यो .मलाई उपाध्यक्ष रोकायाले भनिन, यसले हर्षित बनाएको छ ।

सबैको इच्छा आकांक्षा पूरा गर्न त अझै समय लाग्ने देखिन्छ । एउटा समस्या समाधान गर्यो, अर्को समस्या देखा परिहाल्दो रैछ । समय परिस्थिति अनुसार मात्रै हामीले केही आवश्यकता पुरा गर्यौं । यस अर्थमा मैले राम्रै गरि आफूले काम गरिरहेको भन्ने अनुभूति गरिरहेको हुँु । पछिल्लो समयमा महिलाले त्यो अनुभूति त गरेका छन् । आफ्ना दुःखेसो र गुनासो बिसाउने चौतारी न्यायिक समितिहो भनेर । यो अनुसार सिंहदरबार गाउँमा आएको अनुभूति महिलाले गरेकै छन । हिजो हरेक दिनमा महिला हिंसा सयर बस्थे अब सहनु हुर्दैन भन्ने सोचमा परिबर्तन भएको छ । उनले भनिन, गाउमा महिला जनप्रतिनिधि आएपछि वृद्ध भत्ता, सामाजिक सुरक्षा भत्ता पनि हामीले घरमै गएर बुझाइदिएका छौं । सर्वसाधारणले खाता खोलेका छन् ।
हिमा गाउपालिकाकाे केन्द्र बाँजागाडमा तोकियो

जुम्लाको हिमा गाउपालिका केन्द्र टुंगो लागेको छ । हिमा गाउपालिकाले ८औ हिउदे गाउसभाको छलफलबाट गाउपालिका केन्द्रको टुंगो लागाएको हो । सभाले सबैको सहमतिमा पालीका कार्यालय को स्थान बाझागाड खोला र वडा नं १ को कार्यालय दियार गाउँमा रहने निणर्य गरेकाे हिमा गाउपालिका उपाध्यक्ष तथा न्याकि समितिका संयोजक हिमाली रोकायाले बताइन । उनले भनिन सबै नागरिकलाई पायक पर्ने स्थानमा पालिकको केन्द्र तोकिएको छ। अबको केही दिन पछि जग्गाको ब्यस्थापन गरिने भएको छ। उनले भनिन,एक वडाको देयारगाउ र तोकियो बाँजागा सबैको सहमति अनुसार तोकियो छ । हिमाको ८औ हिउदे गाउसभा उपल्बधि मुलक भएको उपाध्यक्ष रोकायाले बताईन ।

सम्बन्धित समाचार