विपन्नलाई न्यानो दिन प्रजिअ थापा गाउँबस्तीमा


जुम्ला ःजुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा यति बेला बिपन्न नागरिकलाई न्यानो दिने अभियानमा छन। उनले जुम्लामा चिसो समय सुरु भएदेखी विपन्न, अपांग ,असहाय बेसाहारा र एकल महिलालाई न्यानो कपडा दिने अभियानको थालनी गरेका हुन । प्रजिअ थापा ६० नाघिसकेका बृद्ध बा आमाको चाउरी परेको अनुहार र बेसारा नागरिकको मुहारमा खुसी फर्काउदैछन । उनले उनीहरुलाई न्यानो कपडा मात्रै बितरण गरेका छैनन। उनिहरुलाई मिठोे बोलीभाषा,माया अनि सम्मान, गर्दै हौसला प्रदान गरेका छन। प्रजिअ थापाले गरेका बोली व्यवहार र न्यायो मायाले बिपन्न नागरिक हर्षित बनेका छन। तिला गाउपालिकाका एकका जिते दमाईले भने , यस अघि जिल्लामा प्रजिअ कोछ भन्ने कुरा संञ्चार माध्यम बाट नाम सुन्ने गरेको थिए । उनले भने यसपटक जुम्लाले आफ्नै जिल्लाको प्रजिअ पाएयर होला गाउमै पुग्नु भयो । उनले थपे यस अघि जिल्लामा आएका प्रजिअको अनुहार नदेखेर सरुवा हुन्थियो । हामीले ,प्रजियको नाम मात्रै सुन्ने गरेको थियौँ । दमाईले भने, अहिलेको प्रजिअ बेसाहराको सारथी बन्दा खुसीको सिमाननै रहेको छैन ।

त्यस्तै तिला ८की लाटी बस्नेत न्यानो कपडा पाउदा हर्षित भइन ।उनलाई प्रशासनले दिएको एउटै कम्बल मात्र राहत पाएको महसुस गराएको छ । प्रजिअ थापाले चिसोबाट बच्न झोलिलो खानेकुरा खान, उमालेको पानी पिउन सबै लाई सुझाजव दिएका छन। न्यानो कम्बल वितरण गर्दै गाउगाउमा पुगेका प्रजिअ थापाले बिपन्न नागरिकलाई चिसोबाट सुरक्षित रहन र आफ्नो स्वाथ्यको ख्याल गर्न अनुरोध गरेका छन । उनले भने ,तपाईको साथमा सरकार छ । धर्म गर्छु भनेर मन्दिर धाउनु पर्दैन ।बेसाहराको बृद्धहरुको मुहारमा खुसी ल्याय पुग्छ ।

प्रशासनले आइतबार मात्रै तिलाका १८ जना बिपन्नलाई न्यानो कपडा बितरण गरेको छ । एका एक नयाँ ज्याकेट र कम्बल पाउँदा तिलाका स्थानिय खुसीले मख्ख भएका छन । प्रजिअ थापाको नेतृत्वमा जुम्लामा न्यानो कपडा बितरणको अभियान मात्रै होइन ,यस अघि ओढारमा बस्ने बेवारिस एक महिला सहित चारजना महिलाको उद्धार भएको छ । उनले सडकमा बाध्यात्मक हिसाबले बस्दै आएका मानवहरूको तथ्याङ्क संकलन गर्दै उद्धार गरेका हुन ।

जुम्लामा चिसोबढे संगै जिल्ला प्रशासन कार्यालय जुम्लाले वितरण गरेको न्यानो कम्बल तथा ज्याकेट पाएपछि सयौ बेसाहारा नागरिकहरु खुसी छन् । पुस महिना देखिसरकारी राहत संगै मानवियता देखाउदै प्रशासन र प्रहरीको टोली राहत स्वरुप न्यानो कम्बल र जकेट बाड्दै गाउँगाउ पुगेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख माधव प्रसाद काफ्लेले बताए । उनले भने ,अहिले सम्म प्रशासनले चन्दननाथ नगरपालिका, सिंजा गाउँपालिका तातोपानी गाउँपालिका र तिला गाउपालिकाका बिपन्न तथा बेसहाराहरुलाई राहत वितरण गरिएको छ । यो क्रम अझै जारी रहने छ । प्रमुख जिल्ला अधिकारी थापाले ,विपद व्यवस्थापन कोषबाट चिसो तथा हिमपात पुर्वतयारी योजना अनुसार राहत वितरण गरिको बताए ।

प्रजिअ थापा आफ्नो प्रशासकको जिम्मेवारी संगै एकल महिला, विपन्न, तथा सडक मानवहरुलाई खोज्दै राहत हौसला दिर्दै हिडेका छन। हिउँदको चिसोमा सडक जीवन बिताइरहेका सडक मानव, जेष्ठनागरिक, बालबालिकालाई न्यानो प्रदान गर्न प्रशासन, सुरक्षाका प्रमुख गाउँगाउँमा पुगेर राहत वितरणको अभियानमा जुटिरहदा नागरिकले सरकारको अनुभुति गरिरहेका छन ।प्रशासन कार्यालय जुम्लाले हिमपात योजना निर्माण गरेको छ ।

जसका कारण विपन्न र सडक मानव प्राथमिकतामा परेका हुन । कठ्यांग्रिदो चिसोबाट कसरी बचाउने भन्ने बिषयमा ध्यान केन्द्रीत गर्दै प्रहरी ,प्रशासनले हरेक विपन्न नागरिकको पहिचान गरेर यानो कपडा वितरण गरेको डिएसपी काफ्ललेले बताए । उनले भने प्रशासनलेको यो अभियानमा स्थानिय सरकारको पनि साथ सहयोग रहेको छ ।

 

सम्बन्धित समाचार