लक्ष्मीकन्या बुढाको मुक्ति अभियान’ सार्वजनिक

 

जुम्ला ः जुम्लाकी लक्ष्मीकन्या बुढा महिला अधिकार कर्मी पनि हुन । उनी कर्णालीमा महिला’ भाग १ र २ की सर्जक पनि हुन । फेरी पनि जुम्लाकी लक्ष्मीकन्या बुढा ’मुक्ति अभियान’ लिएर बजारमा आएकी छन्। उनको लेख संग्रह ‘मुक्ति अभियान’ मंगलबार पेरिसडाँडामा आयोजित एक कार्यक्रमकाबीच नेकपा नेतृ पम्फा भुसालले सार्वजनिक गरेकी छन। उनी लामोसमय देखी महिलामाथि हुने उत्पीडन, शोषण, दमनजस्ता विषयमा कलम चलाउँदै आएकी हुन । मुक्ति अभियान’मा उनका १४ वटा लेख संग्रहित छन्।उनका पुस्तकमा नेपाली समाजमा महिलाहरुले भाग्नुपरेका समस्यालाई उजागार गर्ने प्रयास भएका छन्।जुम्लाको गोठीचौर गाउँपालिकामा जन्मिएकी ३२ वर्षीय उनी १३ वर्षको उमेरदेखि माओवादी आन्दोलनमा सक्रिय छिन्।

सम्बन्धित समाचार