रामेछामा एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत् उद्दार
रामेछापकोे उमाकुण्ड गाउँपालिका वडा नम्बर १ गुम्देलका २८ वर्षका सुत्केरी सुमित्राविकको हेलिकप्टरमार्फत् उद्दार गरिएको छ । विकलाईअत्याधिक रक्तश्राप भएपछि हेलिकप्टरमार्फत् निःशुल्क उद्दार गरेर थपउपचारकालागि काठमाडौं पठाइएको हो । सोमवार राती सुत्केरी हुनुभएकीविकको धेरै रक्तश्रावभएको र गाउँमाउपचार हुननसकेपछि हेलिकप्टरमार्फत् काठमाडौं पठाइएको रामेछापका प्रमुखजिल्लाअधिकारी अर्जुन कुमार शर्माले जानकारी दिनुभयो । राष्ट्रपति महिलाउत्थानकार्यक्रमअन्तर्गत सुत्केरी विकको निःशुल्क हेलिकप्टरमार्फत् उद्दार गरिएको हो । यसअघि पनि उमाकुण्ड गाउँपालिका २ बाम्तीनिवासी मेनुकाकार्कीलाई हेलिकप्टरबाट उद्दार गरिएको थियो ।







