५ वडामा रहेका गाउको बिकास साँझा रुपमा गरेको छु ः अध्यक्ष बुढा


दिलमाया शाही
जुम्ला ः जुम्लाको तिला गाउँपालिकाका ५का वडा अध्यक्ष कालि बहादुर बुढाले आफ्नो वडाको बिकास साझारुपमा गर्ने बताए । उनले भने गाउका बिकासे कार्यमा यहिको जनशक्तीलाई रोजगारी दिएको बताएका हुन । उनले भने न्युनआएस्रोत भएका लाई बिकास निमार्णमा लगाउन आबश्यक रहेको बताए । उनले भने सुरुवात आफै बाट गर्नुू पर्छ भन्दै महिले आफ्नो वडाको विकास निर्माण साझा गरेको बताए । उनले भने म वडाको अध्यक्ष पदमा निर्वाचित भएपछि विकास निर्माणको बजेट सबै ठाउ लगाएको छु । उनले भने आफ्नो बााकी कार्यकालमा गाउको बेरोजगारी रोक्ने न्युनआय भएकालाई काम दिएर स्वरोेजगार बनाउने सोचमा छु । उनले भने सिचाई, खानेपानी, सडक, बत्तिका कामको बिकास गरिने छ । खाने पानी सडक पुर्याउने सोचमा छ्ु ।, उनले भने वडामा बजेट कम आउछ ।

बिकास निमार्णका काम गर्दा केही समस्या हुने गरको छ । अध्यक्ष बुढाले भने आफ्नो वडाको सडक सञ्जाल सहज गर्न अवको आवश्यकता रहेको छ । उनले भने ५ वडाको ढिम्कोट ,चुलाकोट हुदै डोग्री गाउ जाने सडक पुगेको छ । अब यसलाईे स्तरउन्नतिमा जोड दिने बताए । उनले थपे जवसम्म प्रदेश सरकार वा संघीय सरकारको सहयोग आउदैनन तब सम्म यो सडकको काम हामीले चाहेर पुरा गर्न सक्दैनौ । उनले हामी स्थानिय सरकार र स्थानिय ब्यक्ति पनि भएकाले सबैले जिम्मेवारी लिनु आवश्यको छ । वडा अध्यक्षले बुढाले जनताका आकांक्षा अनुसारको विकास गर्न नसकेपनि गाउमा संघीयता आएको उनले दावी गरे । सोचेजति नभएपनि खानेपानी नभएका बस्तिमा पानी, बिजुली जस्ता आधारभुत आबश्यकताका बिषय आफ्नो बाँकी कार्याकालमा पुरागर्ने बताए ।