बाल विकास केन्द्रमा बेथिति ः नपढाएरै तलब

दिलमाया शाही
जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकामा १४ वटा सामुदायिकमा आधारित र २१ वटा स्कुलमा अधारित गरी ३५ वटा बालबिकास केन्द्र संञ्चालन छन । तर कतिपय बालबिकासका शिक्षिका बिद्यालयमा नगएयर तलब खाएको गुनासो आभिभावको छ । जसको उद्धारण हो जनता माबि महत गाउ बिद्यालयमा दुई जना र एक जना समुदायिकमा आधारित गरेर तिनजना शिक्षिकाले नपढाएरै तलब खाएका छन।
यस प्रधानाध्यापकलाई बिझ्न खोज्दा मेरो बिद्यालयमा नपढाएर खाएको बिषयमा पत्रकारलाई रिपोटिङक गर्ने अधिकार नरहोको ठाडो जफाव दिएका छन । जनता माबि बिद्यालयका प्रधानाध्याप हरिकृषण महतले भने ,आफ्नो बिद्यालयमा एक जना सामुदायिकमा आभारित र २ जना स्कुलमा गरी ३ जना बालबिकास शिक्षिका कार्यरत छन्। उनी संग ति शिक्षिकाको सम्पर्क नम्वर माग्दा पनी काठमाण्डौ बस्छन, किनचाहियो फोन भन्दै मेरो फोन काटेका छन।
तिनिहरुले जाबो ६हजार तलब छ नपढार खाए के भो त यस्ता कुराको पत्रकारलाई किन चाँसो भन्दै उल्टै म बिरुद्ध आक्रोशमा आए । जनता माबिमा आफ्नो छोरी अध्यापन गराइरहेकी एक अभिभावले भनिन्न, अनिता मल्ल , र नन्दलक्ष्मी महत बिद्यालयबाट तलब खाएपनि स्कुल आउनुको कुरा छोडौ जिल्ला बाहिर बस्ने बताइन । उनले भनिन ,एक त सरकारी बिद्यालयमा राम्रोसंग पढाई हुदैन त्यसमा पनि शिक्षिकाहरु स्कुलको मुख नदेखेर तलब खान्छन । उनले थपिन आफ्ना छोरा छोरी महंगा तथा निजि बिद्यालयमा पढाउन पाठाउछन हामी गरिबका बिद्यार्थीको शिक्षामा खोलबाट गरेका छन । शिक्षाको बजेटमा अनियमिता हुदा पनि चन्दननाथ नगरपालिकाको शिक्षा शाखा वेखवर छ ।
चन्दननाथ नगरपालिकाको शिक्षा शाखाका जिम्मेवारी ब्यक्ति कमल शाहीले उनिहरुले नढाएर तलव खाएको बिषयमा जानकारी नभएको बताए । उनले भने हामीले बालबिकास केन्द्र अनुगमन गर्ने अधिकार छ ।तर गरेका छैन । नन्दलक्ष्मी महत , मुठु महत र अनिता ,मल्लले कहिले देखी तलब खाएका हुन भन्ने प्रश्नको जफव दिन समेत मानेन, । चन्दननाथ नगरपालिकाको शिक्षा शाखामा बालबिकासको शिक्षिका भनेर , माया लक्ष्मी महतको ब्यक्तिीगत्त बिवरण छ । तर नगरपालिले माया लक्ष्मी महत लाइ तलब भने दिइएको छैन ।
चन्दनानाथ नगरपालिकाको शिक्षा शाखाले तलबको लागी भनेर नन्दलक्ष्मी महत ,मिठु महत र अनिता ,मल्लको लागी मात्रै स्कुलको खता नं.४१ स्कुल ६००० ,२४००० मा तिन जना शिक्षिकाको लागी भनेर तलब हलिएको छ । केही बाल बिकास शिक्षिकाका अनुसार उनीहरु ठुलो पावरफुल भएकै कारण नपढाएर तलब खादा बिरोध गर्न नसकेको बताएका छन ।
यता शिक्षा बिकास तथा समन्वय इएकाईका प्रमुख मक्कर भण्डारीले भने शिक्षा क्षेत्रको सबै अधिकार सम्बन्धीत स्थानियतहलाई भएकाले आफुलाई काबार्ही र अनुगमन गर्ने अधिकार नरहेको बताए ।उनले भने हाम्रो हकमा शिक्षाको बजेट सदुप्रयोग हुन पर्छ भन्ननै हो ।
शिक्षा समन्वय ईएकाईका स्रोतका अनुसार बालबबिकास केन्द्र जिल्लामा लागु भएको २० ५५ । ५६ तिर स्थापना भएका हुन । उति बेला ५यस मासिक पारिश्रमिक थियो , पछि दुई हजार हुर्दै अहिले ६ हजार पुगेको छ । शिक्षाको जिम्मेवारी निकायमा बसेकाले न त शिक्षामा हिनामिना भएको बजेट फिर्ता गर्न सकेका छन , न त उनीमाथि कारबाही नै भएको छ।’ शिक्षाको बजेट दुप्रयोग भएको जनता माबि महत गाउमात्रै होइन ,पछिल्लो समय जिल्लाका थुप्रै विद्यालयमा आर्थिक अनियमितता हुने क्रम बढेको छ।









