जुम्लामा गर गहना, चोरी गर्ने प्रकाउ

जुम्ला ःजिल्ला प्रहरी कार्यालय जुम्लाले गरगहना चोरी गर्नेलाई प्रकाउ गरेको छ । चन्दननाथ नगरपालिका ६ छिना गाउमा रहेको दुर्गादेवि रावलको घरमा राखीएको गरगहना चोरी गरी भागेको अबस्थामा प्रहरीले पारस मल्ललाई प्रकाउ गरेको हो । साँझ आठ बजेको समयमा रावलको घरमा काम गर्न भनि बसेका मुगु जिल्ला खत्याड गा.पा.११का मल्लले घरबाट गर,गहना चोरी गरी भागेको उजुरी परेको थियो । पिडितको उजुरीका अधारमा प्रहरीले यहि पुस २१ दिउसको एक बजेको समयमा जुम्लाको चन्दननाथ न.पा.वडा नं.६ बसपार्कबाट चोरी गरिएको गर,गहना सहित मल्लाई नियन्त्रणमा लिएको प्रहरी प्रबत्ता तथा प्रहरी निरीक्षक भरत सिहं राठौरले बताए । उनले भने उक्त चोरी गरेको गर ,गहना सस्तो मुल्यमा किन्ने दुई जना व्यक्तिहरु लाई समेत पक्राउ गरिएको छ ।

प्रहरीले चोरी गरेको कसुरमा प्रहरी हिरासत कक्षमा राखी अनुसन्धान गरीरहेको छ । उनिहरुलाई जिल्ला अदालतबाट दिन ७ म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेले बताए ।उनले,कोही कसैले कुनै बस्तु वा बहु मुल्य सामाग्रीहरु बिना बिलको बिक्री गर्न ल्याएमा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराई दिन अनुरोध समेत गरेका छन ।