जिल्ला प्रशासन जुम्लाको जरुरी सुचना

मिति २० ७७ ।९ । २२
सि.सि.रटि.भी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०७२ बमोजिम यस जिल्ला स्थित सञ्चालित संघ संस्था,कम्पनी, उद्योग, लिमिटेड र कुनै पनि व्यक्तिले यस कार्यालयको अनुमति लिई प्रक्रियाबद्ध रूपमा सि.सि.टि.भि. क्यामारा जडान गर्नु पर्नेमा उक्त प्रक्रिया पुरा नगरी आ(आफ्नो मनोमानी रूपमा सि.सि.टि.भि. क्यामारा जडान गरेका संघ संस्था, कम्पनी, उद्योग, लिमिटेड र व्यक्तिले यो सूचना प्राप्त भएको मिति देखि ७(सात) दिन भित्र अनिवार्य रूपमा सम्पूर्ण कागजात सहित अनुमति प्राप्त गर्न हुन अनुरोध गरिन्छ । साथै अन्यथा भएको पाईएमा सि.सि.रटि.भी. क्यामारा जफत गरिने छ।
भूपेन्द्र थापा प्रमुख जिल्ला अधिकारी








