मर्यादित महिनावारी प्रर्वदन र छाउपडी प्रथा निवारण कार्यक्रम जुम्लाको ग्रमिण बस्तीमा

जुम्ला ः महिलालाई मात्र हुने महिनावारीलाई विभिन्न परिभाषामा व्याख्या गरिएको पाइन्छ। जुम्लामा छुई भन्ने चलन छ भने जारकोटमा बाहिर सर्नु भनिन्छ,कतै पाखा सर्ने पनि भन्छन् त कतै रजस्वला भनिन्छ। जे नाम दिइए पनि महिनावारी एक प्राकृतिक प्रकृया हो। यदि महिला महिनावारी नहुने हो भने आमा बन्ने शौभाग्य पनि प्राप्त हुने थिएन। तर जुम्ला लगायत कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अहिले पनि महिनावारी लाई नकारात्मक रुपमा लिने चलन छ। त्यसैले महिनावारी भएको बेला छाउपडीमा छुट्टै राखिन्छ। छाउ हुनु फूल फुलेर फल लाग्नु सरह प्राकृतिक नियम भए पनि पुरातनवादी सोचले हाम्रो समाज थला पर्दै गएको छ ।यदिमात्रै होइन,नेपाल एक पुरुष प्रधान मुलुक भएकै कारणले अझै पनि छोराछोरी बीचको विभेद अन्त्य हुन सकेका्े छैन सरकारले छोराछोरी लाई स्वास्थ्य,शिक्षा,तथा विभिन्न अबसर सम्मान तरिकाले दिने नीति भने,ल्याएको छ ।
छोरीलाई पनि अंसपाउने ब्यवस्था गरेको छ । त्यस्ता खालका बिभेद अन्तगर्नका लागी र मर्यादित महिनावारी प्रर्वदन र छाउपडी प्रथा निवारण गर्नका लागी सामाजिक बिकास कार्यालय जुम्लाले जुम्लाको तिला गाउपालिका ५को डोग्री बस्ती छाउपडी प्रथा न्युनिकरणका लागी अभियनकै रुपमा कार्यक्रम संञ्चालन गरेको छ । जुम्ला जिल्लाका महिलमाले महिनावारी हुदा भोग्दै आएका समस्याका बारेमा सामाजिक बिकास कार्यालय जुम्लाले दुई दिने तालिम दिएको हो । महिला महिनावारी हुदा उनीहरुको स्वास्थ्यमा पर्ने असर र महिलाका हक अधिकारको लागी भएका कानुनी ब्यवस्था, महिलाले भोग्दै आएका समस्या र उनिहरुको तेतृत्व बिकासका लागी गरिएका प्रयासका बारेमा प्रशिक्षण दिइएको छ ।पछिल्लो समयमा महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक बिकास कार्यालय जुम्ला र नजिकैको वडा सरकारले उनिहरुको क्षामता अबिृद्धी र नेतृत्वको बिकासका लागी संचेतनाका क्रियाकलाप संञ्चालन गरेका छन ।
महिला सक्षम हुन बालविवाहा रोक्न आश्यक छ ः सामाजिक बिकास अधिकृत सुनार
सामाजिक बिकासस कार्यालय जुम्लाका सामाजिक बिकास अधिकृत बलविर सुनारले महिला शारिरिक रुपमा सक्षम हुन बालबिवाहा रोक्न आबश्यक रहेको बताए । उनले भने सानो उमेरमा गरिने बिवाहाले महिलाको स्वास्थ्यमा मात्रै होइन ,आर्थिक सामाजिक ,मानसिक लगायतका कुरामा असर पुर्याउने बताए । उनले ग्रमिणभेगका महिलाको दैनिकी निहाल्र्दै भने जुम्लाका महिला अझै पनि चुलो चौकोमा सिमित छन ।
महिला बच्चा जन्माउने मेसिन मात्रै होइनन , श्रीष्टीकर्ता हुन भन्दै अब आर्थिक रुपमा सक्रिय बन्न आबश्यक रहको छ । उनले थपे महिलाले आफूमाथि भएको हिंसामुक्त गर्न आर्थिक अभियानमा सक्रिय बन्नुपर्छ। जव सम्म सम्पती र आर्थिक रुपमा पुर्ण हुदैनन महिला ,तब सम्म महिलालाई नेतृत्व तहमा पुग्न सम्भव छैन । उनले भने महिलालाई आधा आकाश, धर्तीमाता , श्रिष्टीकर्ता शाहसी लगायतका थुप्रै तरिका बाट परिभाषित गरिन्छ । तर उनिहरुका लागी राज्यमा भएका हक अधिकार कागजमै सिमित छन । उनले भने महिला सबै भन्दा बढी कृर्षि पेसामा छन । तर उनिले आफैले उत्पादन गरको बस्तु पनि बेच्चे आँट गर्दैनन , श्रीमानको अनुमती माग्छन, ।
यसकारणले उनिहरुका लागी राज्यले ब्यवस्था, गरेको हक अधिकर कागजमै सितिम भएको छ । त्यस्तै तिला गाउपालिका ५का वडा अध्यक्ष कालिबहादुर बुढाले भने अब महिला चुलो चौकोमा सिमति हुनुहुदैन यसका लागी स्थानिय सरकार पनी साथमा छ । उनले भने हामीले उनिहरुका लागी थुप्रै आयआर्जन र क्षामता अभिबृद्धीका ल्याएउने छौ । उनले भने महिलाले आफैले पनि सरकारले ब्यवस्था गरेको हकअधिकार प्रयोगमा ल्याउनु पर्छ ,। उनले थपे ,जब सम्म महिलालाई आर्थिक ,राजनितिक , शैक्षिक ,सामाजिक रोजगारी, सरसफाइर जस्ता कार्यहरुमा सम्मन ब्यवाहार हुर्दैन तब सम्म महिला पुरुष बिचको खाडल पुरिने सम्भावना छैन ।
डोग्री गाउका अगुवा कालिबहादुर रावतले समाजिक बिकास कार्यलयले ग्रमिण बस्तीमा पुगेर महिलाको नेतित्व बिकासको लागी दिएको तालिमको प्रशंसा गरेका छन । उनले भने जवसम्म महिला राम्रो हुदैनन उनीहरु बाट जन्मने बच्चा पनि सक्षम हुदैनन । महिलाका अधिकार संबिधानमा लेखीएका छन, तर लेखेर सम्भव भएनन, माहिलाले आफ्नो अधिकार प्रयोग गर्न सकेनन ।,अब महिला आर्थिक र राजनितक रुपमा निणर्यक तहमा पुगेको खण्डमा मात्रै राज्यले दिएको अधिकार पुर्ण रुपमा कार्यन्वयन हुने देखीएको छ।









