बृद्ध महिलाको हत्या गरिएको आशंका, प्रहरीको अनुसन्धान जारी

दिलमाया शाही
जुम्ला ः जुम्लामा एक बृद्ध महिलाको आफै मृत्यु नभई हत्या गरिएको प्रहरीको आसंका छ । प्रहरीले जुम्लाको चन्दननाथ नगरपालिका – ४ भारतीवाडाकी ६९ वर्षीया महिलाको हत्या भएको आशंका गरिएको हो । यहि पुस १६ आफ्नो घरभित्र मृत अवस्था फेला परेकी सतनदेवि रोकायाको दाहसस्कार गरौँ भन्ने समयमा नाक, कान, घाटी, र हातमा लगाएका गरगहना नभएको देखेपछि हत्या भएको आशंका भएको हो ।

आफन्तले हातमा औठी, छाप, कानमा गहना सहित चार तोला सुन समेत रहेको र घाटीमा थिचेको जस्तो घाउ भएको भन्दै प्रहरीमा अनुसन्धान गरिदिन उ प्रहरीमा जुरी गरेका छन् ।आफन्त मीनबहादुर महतले भने रक्तचाप भएर निधन भएको भनिएयता पनि पछि केही घाउ र गहना लुटीएको देखिए पछि हामीले प्रहरीलाई खवर गरेका हौ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले घटनाको अनुसन्धान भईरहेको बताए । उनले भने आफन्तले १६ गते दाहासस्कार गर्न तयार भएको समयमा केही गहना नभएको, हत्या गरिएको आशंका गरेपछि प्रहरीमा जानकारी दिएका हुन ।उनले थपे प्रहरी गहिरो अध्ययन गरिरहेको छ । उनले भने उनको हत्या गरिको आंसंका छ । हामीले अनुसन्धान तिब्रगतिमा अगाडी बढाएका छौ । मृर्तकको शवलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पोस्टमार्टम पछि यहि पुस १७ गते दाहसंस्कार गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।