जुम्लामा सेलायो छाउपडी विरुद्धको महायज्ञ,गोठमा बस्दै किशोरी

दिलमाया शाही
जुम्लामा संञ्चालन भएको छाउपडीविरुद्धको महायज्ञ सेलायर गएको छ । सरकारले गरिरहेको छाउपडी प्रथा उन्मुलनको अभियानलाई सघाउ पु¥याउन जुम्लामा छाउपडी प्रथाविरुद्ध महायज्ञ गरिएको थियो । यस अघि प्रशासन कार्यालयले छाउपडी प्रथाविरुद्ध महायज्ञ गरेको हो। तत्कालिन प्रजिअ दुर्गा बञ्जाडेको पालामा प्रशासनले गाउँगाउँमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरी आठवटै स्थानीय तहमा सद्भावना दुत नियुक्त गरेको थियो। जुम्लामा छाउपडी प्रथालगायत विभिन्न कुरीति अन्त्यका महायज्ञ गरिएको थियो ।
छाउपडी प्रथा उन्मुलनका लागि सरकारले सञ्चालन गरेको अभियानलाई जुम्लामा नमुना कार्य स्वरुप महायज्ञ लगाइएको थियो ।सधै धार्मिक कामका लागि मात्रै लगाइने महायज्ञ त्यस पटक छाउपडी प्रथा, घरेलु हिंसा, बालविवाहलगायत अन्धविश्वासविरुद्ध भएको थियो । तर कोरोनाको महामारी संगै छाउपटी प्रथा सेलायर गएको छ । महिला महिनावारी भएमा पोसिला खानेकुरा खान नमिल्ने घरमा बस्दा देउता रिसाउछन भन्ने मन्यताका कारण धेरै महिला हिंसाका सिकार भएका छन । अन्धविश्वासको रूपमा रहेको छाउपडि प्रथाका कारण दिन प्रतिदिन विभिन्न सामाजिक अपराध, महिला तथा बालबालिका हरुमा हिंसा वृद्धि, भएको ज्म्लामा यस्तो अभियान अभियान गरेको हो ।

२१ शौ सताब्दीमा पनि आतंकको रुपमा रहेको छाउपडी प्रथाका नाममा महिला माथि विभेद र अत्याचार सिर्जना भइरहेको छ । मुलुकी फककजदारी कार्य्विवधि संहिताको दफा १६८ को उपदफा ४ ले महिलाको रजस्वला वा सुत्केरी अवस्थामा छाउगोठमा राख्न कुनै किसिमको भेदभाव छुवाछुत वा अमानवीय व्यवहारको कसुर गर्ने व्यक्तिलाई ३ महिना सम्म कैद वा ३ हजार रूपैया सम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था गरेको छ । जुम्लाका हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाका किशोरकिशोरी अझै पनि गोठमा बस्न बाध्य भएको छ । समाज परिवर्तनका लागि बलियो खम्बाको रुपमा रहेका किशोरीनै छाउपडप्रथा बाट अछुतो छैनन ।
छाउपडी प्रथा र बालबिवाहा बिरुद्ध सक्रिय बन्दै किशोरी

प्लान इन्टरनेश्नल नेपालको सहयोग, क्याड नेपाल जुम्लाको सहजीकरणमा गठन परिवर्तनका लागि संवाक समूह संञ्चालन गरेको छ । किशोरी आफु परिवर्तित सँगै समाज परिवर्तनका लागि क्रियाशिल बनाउनका लागी यस्तो समुह संञ्चालन गरिएको छ । समाजमा हुने बाल विवाह र छाउपडि प्रथालाई न्युनिकरण गर्दे सभ्य समाज निर्माणमाका लागी परिवर्तनका लागि संवाक समूहमा आवद्ध भएको सर्मिला चौलागाइको भनाइ छ ।परिवर्तनका लागि संवाक समूहमा आवद्ध भएपछि छुई गोठमा नभइ घरमा बस्न सुरु गरेको उनले बताइन ।सर्मिला जस्ता धेरै किशोरीहरु सचेत भएको हुनाले परम्परालाई परिमार्जन गर्दे घरको सुरक्षित कोठामा सुत्न थालेको पाइएको छ । किशोरीहरु भन्छन ,पहिले महिनावरी भएको बेला गोठमा बस्ने सर्मिला अहिले सचेत भएबाट घरमै बस्न थालेकी हुन । नराकोटकै अन्तिमा घर्ति पनि परिवर्तित भएको बताइन । उनले बाल विवाह नगर्ने बचन समेत गरेकी छन ।

गाउँमा रहेका आफुसँगैका साथीले बाल विवाह गरी दुख पाएको प्रत्यक्ष देखेको हुँदा परिपक्क नभइ विवाह नगर्ने उनको प्रतिवद्धता छ । अहिले पनि हाम्रो समाजमा छोरा जन्मिदा अबिर जात्रा हुन्छ तर छोरी जन्मिदा कुनै वास्ता गरिदैन यसलाई चिर्न पनि समाजमा आफ्नो ठुलो भूमिका रहने घर्तिको बुझाइ छ । सर्मिला र अन्तिमा समाजका नमूना पात्र मात्रै हुन उनिहरु जस्तै सयौँ किशोरीहरु कुरीतिका विरुद्धमा जुटि सकेका छन् । मानव मानव बिच हुने विभेद समाज परिवर्तनको बाधक बनि रहेको उनिहरुको बुझाई छ ।सभ्य र सुन्दर समाज निर्माणका लागि सबैले समान किसिमको व्यवहार गर्नु पर्ने घर्तिको भनाइ छ । छोरीलाई दाइजोको सट्टा शिक्षा दिए पुग्ने अन्तिमाको भनाइ छ । हामीलाई आमा बुबाले दिने दाइजो चाहिदैन शिक्षा भए पुग्ने उनले बताइन ।