एैयार र पोडे नामको घाँस खादा १३ वटा बोयर जातका बाख्रा मरे पछि किसान चिन्तित

दिलमाया शाही
चन्दननाथ नगरपालिका ३ निवासी भक्त बहादुर कठायतले पाँच दिनभित्र ६ वटा बोयर जातका बाख्रा मरिसकेको दुखेसो पोखेका छन । बोयर जातका बाख्रा मेर पछि करिब ५ लाख बराकरको क्षती भएको छ । बाख्रा पालन किसान भन्छन ,एकहप्ता देखि बाख्रा मर्न थालेका छन । यसले गर्दा हाम्रो आम्दानीको स्रोत घटेको छ । २०६४ साल देखि व्यवसायीक रुपमा बाख्रा पालन गर्दै आएका कठायतले एक हप्ता भित्र १३ वटा बोयर जातका बाख्रा मरिसकेका छन । उनले जसबाट करिब ५ लाख े क्षती भएको छ । उनले थपे प्रति बाख्रा करिब ५० देखि ६० हजार सम्म मुल्य पर्ने गरेका छन । उनले भने घरपरिवारको मुख्य आम्दानीको स्रोतका रुपमा बोयर जातका बाख्रा पालेको थिए ।

तर १३ वटा बाख्रा एकाएक मर्दा धेरै ठुलो क्षति भएको छ । उनले भने ,एक हप्तामा १३ वटा बाख्रा मरिसके,अझै अरु बाख्रा विरामी छन् ।सबै मर्ने स्थितीमा पुगेकोले व्यवसाय नै धराप हुने चिन्ता लागेको छ । उनले सरोकारवाला निकायलाई आबश्यक राहतका लागि पहल गरि दिन आग्रह गरेका छन । बाख्रामा पातलो दिशा गर्ने, काम्ने, रयाल निकाल्ने,जोक्राउने, जस्ता लक्षण देखिने गरेका छन। पशु अस्पताल तथा पशुसेवा कर्यालयबाट गएको प्राविधिक टोलीले भ्याक्सिन मार्फत औषधी दिएपनि बाख्रा मर्न बाट जोगाउन सकिएको छैन । किसान कठायतले भने, बिमा नगर्दा, राहत पाइने अबस्था छैन । ,उनले बाख्रा पालन व्यवसायलाई निरन्तरता दिनका लागि आबश्यक सहयोग गर्न अपलि समेत गरेका छन। उन्नत जातको मानिने बोयर जातको बाखा एकाकए मर्दा कठायत चिन्तीत भएका छन।

सडक मानवलाई ,राहत वितरण गर्ने क्रममा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा लगायत अन्य सरोकारवाला निकायले भक्त बहादुर कठायतको बाख्रा अनुगमन तथा अवलोकन गरेका थिए ् । प्रअिज थापाले भने ब्यवसायिक किसानले बिमा गर्न आबश्यक रहेको छ । उनले बिमा नगर्दा राहत नपाएपनि मुछुल्का गराएर सहयोगका लागि निवेदन दिएमा आबश्यक राहतका लागि पहल हुने बताए । प्रजिअ थापाले, आगामी दिनमा भविष्यमा हुन सक्ने जोखिम लाइ मध्यनजर गरी बाख्राहरुको बिमा गर्न समेत आग्रह गरेका छन ।
यता पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाले एैयार र पोडे नामको घाँसबाट बाख्रा जोगाउन किसानलाई आग्रह गरेको छ । यो दुई नामको घाँस बिष हुने भएकाले बाख्रापालन किसानलाई यस्तो आग्रह गरेको हो । पछिल्लो समयमा एैयार र पोडे नामको घाँस खायर बोयरजातको बाख्रा मर्ने गरेका छन । किसानलाई सावधानी अपनाएर पशुबस्तु बचाउन पशु कार्यालयले आग्रह गरेको हो । पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख गोबिन्द बहादुर महतल भने, यो कुनै रोग होइन ,यो पुशुबस्तुका लागी बिष हो ।

यसबाट बचाउन अरु कुनै उपाय छैन । बाख्रापालन किसान आफै सचेत भएर त्यस क्षेत्रमा चरिचराउका लागी नलिएको खण्डमा मात्रै बाखा मर्न बाट बचाउन सकिने उपयुक्त उपाय हो ,प्रमुख महतले भने यसको कुनै भ्याक्सिन छैन । उनले थपे यो कुनै अज्ञात रोगका कारण मरेका होइनन । महतले भने ,जुम्लामा व्यवसायीक रुपमा बाख्रापालन गरेका किसानले बिसबाट नजोगाएको अबस्थाले गर्दा बाख्रा धमाधम मर्न थालेका छन् ।