एक वर्ष देखी ओढारमा बस्ने महिलाको अवस्था अवलोकन,


दिलमाया शाही
जुम्ला ः जुम्लामा एक वर्ष देखी ओढारमा बस्ने महिलाको अबस्था अवलोकन गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले एक वर्षदेखी जंगलको ओढारमा बसेकी वेवारिसे महिलाको अबस्था अनलोकन गरेको हो । प्रशासनले पछिल्ला समयमा वेवारिसे व्यक्तिहरुको अभिभावकको भुमिका निर्बाह गर्न खोज्दै हिडेको छ । जुम्लामा चिसो अत्याधिक बढ्दै गएको समयमा चन्दननाथ नगरपालिकामा स्थानीय प्रशासनले सडकमा रहेका वेवारिसे ब्यक्तिलाई न्यानो कपडा वितरण समेत गरेको थियो । त्यस क्रममा वेवारिसे व्यक्तिहरु अहिलको अबस्थामा पनि ओढारमा बस्ने खबर पाएपछि न्यानो कपडा र भाडा कुँडा राहात लिएर स्थानीय प्रशासन सहित सरोकारवाला निकाय ओढारमा पुगेका थिए ।

जुम्ला सदरमुकाममाबाट एक किलोमिटर टाढा रहेको ओढारमा एक वर्ष देखी ओढारमा बस्ने एक महलिा भेटिएकी छन । महिला आफ्नो घर हो भनेर भन्छिन तर उनको स्थायी ठेगाना काहाँहो कुनै अत्तोपत्तो छैन । स्थानीय प्रशासनले उनको पुनस्र्थापनका लागि स्थलगत अवलोकन गरेर तत्कालको लागी केही राहात सेमत बितरण गरको छ ।

चन्दननाथ नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष नन्दबहादुर बुढ्थापाले भने यी महिला मानसिक समस्या भएकी महिला हुन । यी एक वर्ष देखी ओढारमा बास बसिरहेी छन । उनको अबस्था हेर्दा तत्कालै पुनस्र्थापन गर्नुपर्ने देखीन्छ ।
जिल्ला विपत व्यवस्थापन समितिले जुम्लाको माईनस डिग्रिको चिसोमा सडकमा, घरवाहिर मानिसहरु वाच्न कठिन हुने भन्दै न्यानो कपडा र राहात शुरु गरेको छ ।

सडकमा अहिले तत्कालका लागि भेटिएका घरवार विहिन व्यक्तिहरुलाई न्यानो कपडा वितरण गर्ने र उनिहरुकोे दिर्घकालिन पुनस्र्थापनका लागि पहल गर्ने भएको छ ।प्रमुख जिल्ला अधिकारी थापा सहित नन्दनबक्सका गणपति दिवाकर रायमाझी, प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्ले, शशस्त्र प्रहरी नायव उपरीक्षक गगन श्रेष्ठ, पत्रकार महासंघका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाई सहित पत्रकारहरु सरोकारवाला निकायहरु दुई दिन देखी सदरमुकाम क्षेत्रमा वेवारिसे व्यक्तिहरुको खोजी गर्दै, न्यानो कपडा लगाउने अभियान थालेका छन ।

प्रमुख जिल्ला अधिकारी थापाल भने जुम्लामा कति जना सडकमा वाध्यात्मक हिसावले वस्ने नागरिक छन् । उनिहरुको तथ्यांक संकलन गर्न आवश्यक रहेको छ । ति महलिाको लागी दिगो पुनस्र्थापनका लागि आवश्यक रहेको अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्र जुम्लाका सदस्य यज्ञबहादुर बुढ्थापाल बताए । जुम्ला जिल्लामा भएकालाई तत्कालिन दिर्घकालिन पुनस्र्थापनको आवश्यक रहेको छ ।