२३ सय ७२ जना बालबालिका राष्ट्यि प्रारम्भिक कक्षामा आबद्ध

दिलमाया शाही ,,
जुम्लाका २३ सय ७२ जना बालबालिकाले शैक्षिक उपलब्धी हाँशिल गरेको किडाक नेपालले दाबी गरेको छ । किडाकले पहिलो पटक राष्ट्यि प्रारम्भिक कक्षा पढाई कार्यक्रम लागु गरेपछि जुम्लाका १हजार ७ सय २४ घरमा पढाई कुना स्थापना गरेको हो ।
किर्डाक नेपाल जुम्लाले २०१७ देखि जुम्लामा संचालन गरेको तिन वर्षिय शिक्षा परियोजना सकिएको सरोकारवाला समक्ष जानकारी गराएको छ । परियोजना संचालन भएपछि जुम्लामा पहिलो पटक राष्ट्यि प्रारम्भिक कक्षा पढाई कार्यक्रम लागु भएको किडाक नेपाल जुम्लाले बताएको छ । राष्ट्यि प्रारम्भिक कक्षामा ६१ वटा पढाई शिविर संचालन भएको बताएको छ । जसमा पुनः २ वटा पढाई शिविर पातरासी गाउँपालिकाले आफैं थपेको पाइएको छ ।
२३ सय ७२ जना बाबुनानीले पढाई शिविरबाट गुणस्तर शिक्षा आर्जन गरेका छन । घरमा पढाई कुना परियोजना लागु भएपछि बिद्यालय प्रति बालबालिका आर्कषण बढेको किर्डाक नेपाल जुम्लाका फिल्ड प्रोग्राम म्यानेजर दिपराज रावतले बताए । उनले भने प्रत्येक महिनामा अभिभाबक शिक्षा मार्फत करिब १५ सय अभिभाबकहरुले अभिभावकिय शिक्षा प्राप्त गरेका थिए । उनले थपे हामीले १५ विद्यालयका कक्षा १, २ र ३ सम्मका १८ सय ७५ बालबालिकालाई नेपाल सरकार पाठ्यक्रम बिकास केन्द्रले तयार गरेको नेपाली किताब तथा शिक्षक निर्देशिका सहयोग गरेका थियौ । दिपराज रावतले भने १ सय ७२ वटा एक पेजका कथा उत्पादन र १ वटा कथा किताब प्रकाशन भएका थिए । कडिाकले संञ्चालन गरेको शिक्षा परियोजनाले बालबालिकाकोे पठन सिपमा बृद्धि भएको छ ।
१७ सय ७६ जना अभिभाबक तथा सरोकारवाला निकायहरुलाई शिक्षाका नीतिबारे जानकारी तथा नीतिलाई स्थानीयकरणमा हस्तानतरण गराउन परियोजना सफल भएको छ । जुम्लाको पातारासि, तातोपानी र तिला गाउँपालिकामा संचालन भएको शिक्षा परियोजना अन्तर्गत स्थापना भएका पढाई शिविर वडा अध्यक्षको रोहोबरमा हस्तान्तरण गरिएको किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक रेशम वहादुर शाहीले बताए । उनले भने हाम्रो उद्देश्य भनेकै बालबालिकाको शिक्षामा गुणस्तरता बढाउने हो । उनले थपे कुनै पनि परियोजनको निश्चित समय हुन्छ तर परियोजनाले गरेको राम्रो कामलाइ स्थानिय सरकाले निरन्तरता दिने दायित्वपनि हो । पढाई शिविर प्रभावकारी भएकाले स्थानीय सरकारले पुन संचालन गर्ने प्रतिवद्धता गरेको संयोजक शाहीले बताए ।
बालवालिकाको साक्षरता बृद्धि गर्ने परियोजनाको उद्देश्य भएकाले सोहि अनुसार समुदायलाई सक्रिय बनाउन पढाइ शिविर एवं अभिभावकीय शिक्षा मार्फत सिकाइ वाताबरणमा सुधार भएको किडाक नेपाल जुम्लाले जनाएको छ । परियोजना समापन कार्यक्रममा बोल्दै पातारासि गाउँपालिका उपाध्यक्ष पुनकली महताराले पढाई शिविर गाउँपालिकाले संचालन गर्ने प्रतिवद्धता गरेकी छन । उनले शनिबारका दिनमा धुलोमाटो खेल्ने बालबालिकाको पढाईमा शिविरले सकरात्मक परिवर्तन गरेको बताइन । उनले सबै भन्दा शिक्षाको पहुजमा नपुगेको हाम्रो गाउपालिका भएकाले पढाई शिविरलाई निरन्तरता दिने बचन गरेकी छन ।
मानव जीवनमा शिक्षा र स्वास्थ्य महत्वपूर्ण भएकाले यस प्रति गाउँपालिकाको ध्यान केन्द्रित भएको उपाध्यक्ष महताराको भनाइ छ । जिल्ला समन्वय समिति जुम्लाका समन्वय अधिकारी नानीबाबु पोखरेलले शिक्षा परियोजनाले बालबालिको पढाईमा सकरात्मक परिवर्तन गरेको बताए । उनले औपचारी शिक्षा संगै अनौपचारीक शिक्षा आबश्यक रहेको बताए । उनले छापामय विद्यालय, घर घरमा पढाई कुना र बन्दाबन्दीको समयमा उपलब्ध गराईएका पुस्तकले पढाईमा बालबालिकाको ध्यान केन्द्रित भएको बताए ।
सिकाई निरन्तर चलिन रहने प्रक्रिया भएकाले गुणस्तरीय र समय सापेक्षा अनुसारको शिक्षा दिलाउनको लागि सरकार र साझेदार निकाय संग सँधै समन्वय गर्नु पर्ने उनको भनाइ छ । पातारासि गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत टेकवहादुर बुढथापाले किर्डाक नेपाल जुम्लाले संचालन गरेको शिक्षा परियोजनाले शिक्षामा राम्रो छाप पारेको बताए । उनले भन पढाई शिविर प्रभावकारी भएका कारण गाउँपालिकाले उक्त शिविरहरु पुन संचालन गर्ने निर्णय गरेको छ ।
पातारासी क्षेत्रमा देखिएको शैक्षिक अवस्थालाई उकास्नको लागि पनि पढाई शिविर, पढाई कुना र अन्य शैक्षिक गतिविधि संचालन गर्न गाउँपालिका पछि नहट्ने उनको भनाइ छ । पढाई शिविरका सहजकर्ताहरुले विभिन्न माध्यमबाट पढाई हुने भएकाले बालबालिकाको पढाइमा सहयोग पुगेको भन्दै निरन्तरता दिन आग्रह गरेका छन् ।
शनिबारका दिनमा हुने ९० मिनेटको पढाई शिविरले बालबालिकाको पढाईमा सोचे भन्दा बढी परिवर्तन भएको सहज कर्ता सुमित्रा नेपालीले बताइन । उनले भनिन् कथा, कविता, गीत, चित्र र विभिन्न शैक्षिक विधिहरु प्रयोग गरी रमाइलो तवरले शिक्षण कार्य गर्दा बालबालिकाहरुले पढाई प्रति रुचि जगाएका हुन । किर्डाक नेपालका कार्यक्रम प्रबन्धक गौतमराज अधिकारीले भने ,मानव अधिकारीको क्षेत्रमा गर्दै आएको अवकालत र पैवरीले विकास निर्माणमा किर्डाकले महत्वपूर्ण भूमिका खेलेको छ ।
किर्डाक नेपालले संचालन गर्ने हरेक कार्यक्रम प्रति संस्था जवाफदेहि हुने भएकाले कहि कतै गलत भएमा त्यसको सूचना किर्डाकमा दिन उनले सबैमा आग्रह गरेका छन ।मानव अधिकार सँगसँगै किर्डाकले स्वास्थ्य, शिक्षा, लैङ्गिक समनता र बालिका अधिकारका लागि पनि काम गर्दै आएको उनले बताए ।वल्र्डभिजन इन्टरनेश्नल नेपालको साझेदारीमा किर्डाक नेपाल जुम्लाले तिन वर्षे शिक्षा परियोजना संचालन गरेको हो । जुम्लाका सबै स्थानिय सरकार शिक्षा प्रति जिम्मेवारी भएको खण्डमा जुम्लाको शिक्षाक्षेत्रमा देखीएको कुपोण घट्ने अनुमान गरिएको छ ।









