कारागार भित्रै व्यवसायिक बन्दै , जुम्लाका कैदीबन्दी

दिलमाया शाही
कारागार जुम्लाका कैदी बन्दी ब्यवसायिक बनेका छन । जुम्लाको कारागारमा रहेका उनिहरु कैद काटदै सिप सिक्दै आएका हुन । कैद भुक्तान भएपछि जिविकोपार्जन सहज गर्नका लागी भन्दै सिप सिक्दै आएका हुन ।जुम्लाको बसपार्कमा अबस्थित उद्योग तथा उपभोक्ता हित संक्षण कार्यालय जुम्लाले ४५ दिने हाते होजियारी तालिम सञ्चालन गरेको छ । कारागारमा रहेका विभिन्न घटनाका २५ जना कैदीलाई सिपयुक्त तथा रोजगारीमुलक बनाउनका लागि हातेहोजियारी तालिम दिइएको हो । हाते होजियारी तालिम दिनका लागी दुई जना पशिक्षकको व्यवथापन गरिएको छ ।
यहि १२ पुसदेखि तालिम सुरु भएको तालिम ४५ दिनसम्म संञ्चालन हुने निमित्त कार्यालय पमुख पदम प्रसाद उपाध्यायले बताए । उनले भने, जिल्लामा उद्योगहरु संञ्चालन गरी बेरोजगारी जुम्लाको बेरोजगारीको संख्या घटाइने छ । युवालाई रोजगारी बनाउनने उद्देश्यका हाते होजियारी तालिम सञ्चालन गरेका हौ । उनले भने यो तालिमका सहभागीलाई प्रमाण पत्र पनि उपलव्ध गाउने व्यवथा रहेको छ ।
कारागारका कैदी नाइके खाम्बा रोकायाले भन कैदीवन्दीलाई सीप सिकाउन आवश्यक छ । उनले भने कैद भुक्तान गरेपछि यो सिपले बेरोजगार बन्न दिने छैन । कैदीवन्दी घर फर्केपछि रोजगारी बनाउनेमा यो सिपले टेवा पुगाउने छ । जुम्लाको कारागारमा बलात्कार मुद्दाका कैदीवन्दी बढी हेका छन । बलात्कार मुद्दाका संलग्न व्यक्ति २२ जना रहेका छन । त्यस्तै कतव्र्य ज्यान मुद्दा, ज्यान मार्ने ,उद्योगमा, डाँका चोरीमा लगायत मुद्दाका कैदी बन्दी रहेको कारागार जुम्लाका निमित्त जेलर धनकृष्ण खत्रीले बताए । उनले भने लागु औषध, आत्महत्या गर्न दुत्साहन ,हातहतियारखरखजना ,संक्षित नदीजन्य बस्तुमा, सहित एक सय नौँ जना कैदीवन्दी हेका छन ।







