संसद् विघटनको विरोधमा जुम्लामा प्रदर्शन

 

जुम्ला : संसद् विघटसंसद् विघटनको विरोधमा जुम्लामा प्रदर्शनन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध जुम्लामा प्रदर्शन भएको छ । ओली अध्यक्ष रहेको नेकपा सम्बद्ध नेता, कार्यकर्ता, युवाहरूले प्रधानमन्त्रीको कदमविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।
पाटी अध्यक्ष प्रचण्ड ईतरका नेता कार्यकर्ताहरुकाे प्रदर्शनमा सहभागीले प्रधानमन्त्रीको विरोधमा नाराबाजी गरेका थिए । नेकपाको झण्डासहित प्रदर्शन गरेका नेताहरूले संसद् विघटनको सिफारिस तत्काल सच्याउन माग गरे ।

जनताले नेकपालाई पाँच वर्ष सरकार चलाउन दिएको म्यान्डेटविरुद्ध गएर प्रधानमन्त्रीले जनमतको अपमान गरेको नेता नवराज न्याैपानेले बताए । जनमतमाथि कुठाराघात भएको भन्दै उनले यो निर्णय तत्काल सच्याउन दबाब दिनका लागि प्रदर्शन गरिएको बताए ।