न्युजिल्याण्ड र वेस्ट इन्डिजबीचको अन्तिम टी–ट्वान्टी खेल रद्द

न्युजिल्याण्ड र वेस्ट इन्डिजबीचको अन्तिम तथा तेस्रो टी–ट्वान्टी खेल रद्द भएको छ । न्युजिल्याण्डको माउन्ट माउनगानुईमा आज हुने भनिएको खेल वर्षाका कारण रद्द भएपछि खेल नतिजा बिहीन सकिएको हो ।बे ओभलमा वेस्ट इन्डिजले ब्याटिङ गरिरहदा खेल वर्षाले रोकिएको थियो ।भारी वर्षा हुनु अघि वेस्ट इन्डिजले २ ओभर २ बलमा १ विकेट गुमाएर २५ रन बनाएको थियो ।अन्तिम खेल रद्द भएसँगै ३ खेलको सिरिज न्युजिल्याण्डले २–० ले जितेको छ ।घरेलु टोलीले सुरुवाती दुई खेलमा लगातार जित निकालेको थियो ।न्युजिल्याण्डले पहिलो खेलमा वेस्ट इन्डिजलाई डीएल पद्दतिको आधारमा ५ विकेटले हराएको थियो ।यस्तै दोस्रो खेलमा न्युजिल्याण्डले ७२ रनको जित निकालेको थियो ।

सम्बन्धित समाचार