सिंजाको नराकोटमा कोभिड अस्थायी अस्पताल स्थापना ।

  • जुम्लाको सिंजा गाउँपालिकाले गाउँपालिकाको मुकाम नराकोटमा कोभिड अस्थाथी अस्पताल स्थापना गरिएको छ । संघीय सरकारले देशभरका स्थानीय तहलाई अस्थायी कोभिड अस्पताल निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेपछि नराकोटमा अस्थायी कोभिड अस्पताल स्थापना गरिएको हो ।
    एक जना मेडिकल अधिकृत, एक ल्याब टेक्निसियन, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगी करारमा नियुक्त गरी अस्थायी कोभिड अस्पताल स्थापना गर्न संघीय सरकारले १० लाख बजेट विनियोजन गरिएको हो ।
    सिंजा गाउँपालिका प्रबक्ता तथा वडाध्यक्ष नविन शर्माका अनुसार अहिले पाँच बेडको कोभिड अस्थायी अस्पताल स्थापना गरिएको । अस्पतालमा दुई जना स्टापनर्स र एक जना कार्यालय सहयोग मात्र कार्यरत छन् । उनले भने चिकित्सकका लागि दुई पटक पनि विज्ञापन गर्दा पनि पदपूर्ति भएन । अझै पनि चिकित्सक ल्याउने प्रयासमा छौँ ।
    ‘अक्सिजन, न्युलाइट, अक्सिजन मिटर, अक्सिजन सिलिन्डर, आइसियु तथा भेन्टिलेटरजस्ता उपकरण विशेषज्ञ डाक्टरबिना अरुले चलाउन नसक्ने भएकाले यहाँ स्थानीय तहमा स्थापना गरिएका कोभिड अस्पतालमा छैनन् । स्थापना गरिएका कोभिड अस्पतालमा खाली बेड बाहेक अरु उपकरण राखिएको छैन ।
    जुम्लाको चन्दननाथ नगरपालिकाबाहेक, सात स्थानीय तहलाई १० लाखका दरले ७० लाख बजेट दिइएको हो । कर्णाली प्रतिष्ठान नगरपालिकाभित्र परेकाले यहाँ कोभिड अस्पताल बनाइएको छैन ।