कोरोना विरुद्ध उच्च सतर्कता अपनाउदै , जुम्लाका विद्यालय
दिलमाया शाही
जुम्लाका बिद्यालयले कोरोना विरुद्ध उच्च सतर्कता अपनाउन थालेका छन । जुम्लाका अति दुर्गम क्षेत्रमा स्थापना भएका विद्यालयमा कोरोना विरुद्ध उच्च सतर्कता अपनाइने गरेको पाइएको हो । सुगमका विद्यालय भन्दा दुर्गमका विद्यालयमा स्वास्थ्य तथा सुरक्षा मापदण्डको पुर्ण पालना गरेका छन । सदरमुकाम आसपास र कर्णाली करिडोर क्षेत्रका विद्यालय भन्दा भौगोलिक रुपमा निकै विकट क्षेत्रमा खोलिएका विद्यालयमा उच्च सावधानी अपनाइएको तिलागाउपालिकाले जनाएको छ ।
यतिबेला हरेक उच्च माबिमा कक्षा १२ को परिक्षा सञ्चालन भइरहेको छ । परिक्षामा सहभागि विद्यार्थीले सरकारले निर्धारण गरेको स्वास्थ्य सुरक्षाको मापदण्डको पुर्ण पालना गरिएको देउराली माबि जुम्लाकोटका प्रधानाध्यापक रामभजन यादवले बताए । उनले भने विद्यार्थीलाई प्रत्येक दुई मिटरको फराकिलोमा राखिएको छ । विद्यालयमा प्रवेश गर्ने स्थानमा थर्मल गनले तापक्रम जाँच गरिन्छ । नजिकैको स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले साथ दिएका छन् । उनले भने हाम्रो विद्यालयमा ६५ जना विद्यार्थीले परिक्षा दिइरहेका छन् । सबै विद्यार्थीलाई निकै हासियारी पुर्वक राखेका छौँ । परिक्षा केन्द्र स्वास्थ्यकर्मीको निगरानीमा छ ।
प्रधानाध्यापक यादव भने ्,‘विद्यालयका कारण कोरोना संक्रमण नहोस भन्नका लागि सचेत छौँ । ’ यो विद्यालय कर्णाली करिडोर भन्दा झण्डै दुई घण्टा पैदल हिडेर पुगिने ठाउमा अवस्थित छ । विद्यालयमा प्रवेश गरिसकेपछि अनिवार्य सर्जरी मास्कको प्रयोग भइरहेको छ । विद्यालयमा आउने विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण हुन नदिन सावधानी अपनाउनको लागि निर्देशन गरिएको छ । प्रधानाध्यापक यादवले भने,‘सिंगो मुलुक कोरोना भाइरसदेखि आजित भइरहेको बेला सबैले उच्च सतर्कता अपनाउन जरुरी छ । विद्यार्थी, अभिभावक,शिक्षक र विद्यालय व्यवस्थापन समितिलाई मापदण्डको पालना गर्न आग्रह गरिएको छ । ’
प्रत्येक दिन लगाउने सर्जरी मास्क वडा कार्यालयले व्यवस्थापन गर्ने गरेको छ । सेनिटाइजर नजिकैको स्वास्थ्य संस्थाले दिइएको छ । दुर्गमका विद्यालयमा यति धेरै सावधानी अपनाउनु निकै प्रसंसनीय कार्य रहेको स्थानीयले बताएका छन । हुन त कोरोना भाइरसले जुम्लामा अहिले सम्म मानवीय क्षति हुन सकेको छैन्,‘स्थानीय गोरबहादुर बस्नेतले भने,‘तर उच्च सावधानी आवश्यक छ । त्यो सावधानी विद्यालयले पुर्ण रुपमा अपनाएको छ । विद्यालयले गरेको कार्यप्रति सरोकारवाला पक्ष पनि निकै उत्साहित छन् ।
तिला गाउँपालिकाबाट परिक्षा अनुगमनका लागि निस्केको उपाध्यक्ष विष्णु बुढा नेतृत्वको टोलीले परिक्षालाई मर्यादित, अनुशासित बनाउनुका आग्रह गरेको छ । उपाध्यक्ष बुढाले भनिन्,‘कोरोनाको संकटपुर्ण घडिमा खोलिएको विद्यालयमा उच्च सतर्कता अपनाएको देख्दा निकै उत्साहित छौँ । पटक पटक जिल्ला प्रशासन कार्यालय जुम्लाले कोरोना घडिमा विद्यालय नखोल्न आग्रह गरेको थियो । तर स्थानीय तहले आफ्नो जिद्धीले विद्यालय खोलेका छन । विद्यालयले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगरि सुखै छैन् । प्रधानाध्यापक यादवले कक्षा ११ को परिक्षा पनि निकै सावधानीका साथ सकाएको दाबि गरेका छन ।
जुम्लाको तातोपानी गाउँपालिका बाहेक सबै स्थानीय तहमा अहिले विद्यालय सञ्चालनमा आइसकेका छन् । केही विद्यालयमा कोरोना भाइरसको जीवाणु कमजोर भइसकेको भन्दै लापारवाही गर्ने गरिएको छ । तर दुर्गम क्षेत्रका सबै जसो विद्यालयमा उच्च सावधानी अपनाइएको छ । विद्यालय सञ्चालन अवधिभर बाहिरको मानिसले विद्यालय भित्र प्रवेश गर्न नपाइने ब्यवस्था गरिएको छ ् । दुगर्मका विद्यालयमा अनुगमनमा आउने टोली, परिक्षाका निरिक्षक सबैले स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्नु परिरहेको छ ।
स्थानीयले विद्यालय ढिलो खोलेर विद्यार्थीलाई मर्कामा पारेको गुनासो गरेका छन् । उनीहरुले काठमाण्डौँ, भारत, खाडीमुलुक र कोरोना संक्रमित क्षेत्रबाट गाउँमा प्रत्यक दिन आवतजावत भइरहन्छ, तर विद्यार्थीलाई स्कुल जान नदिएर पढाई प्रभावित बनिरहेको भन्दै दुख व्यक्त गरिरहेका छन् ।
जुम्लामा एक नगरपालिका सहित ७ गाउँपालिका छन् । स्थानीय प्रशासनले विद्यालय नखोल्नको लागि आग्रह गरिएको छ । स्थानीय तहले आफ्नो अनुकुल विद्यालय खोलिरहेका छन् । जुम्लाका विद्यालय खुलेको एक महिना वितेको छ । यहाँको शैक्षिक सत्र फागुन महिनाबाट शुरु भएर पुस महिनाको पहिलो साता अन्त्य हुन्छ । तर यो शैक्षिक सत्रमा भरी विद्यार्थी एक महिना मात्र स्कुल आउन पाएका छन् । पठनपाठन निकै अन्यौल छ ।








