४३दिन पछ खुल्यो प्रतिष्ठानको ताला ।

दिलमाया शाही,
। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको केन्द्रीय तथा शैक्षिक प्रशासनमा भएको तालाबन्दी ४३ दिनपछि खुलेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति प्राडा।राजेन्द्रराज वाग्लेले तेस्रो डीन मुनिराज क्षेत्रीलाई नियुक्त गरेको विरोधमा प्रतिष्ठान कर्मचारी कल्याणकारी समाजले असोज २८ गतेदेखि तालाबन्दी भएको थियो । प्रतिष्ठाको कार्यकारी परिषद्को बैठक विना प्रतिष्ठान सम्पर्क कार्यालयबाटै तेस्रो डीन नियुक्ति गरी संस्थालाई आर्थिक भार पारेको भन्दै समाजले डीन नियुक्ति फिता लिनुपर्ने माग गरेको थियो ।
तालाबन्दी खोल्नका उपकुलपति प्राडा। वाग्लेले सम्पर्क कार्यालय काठमाडौंबाट प्रतिनिधि मण्डल खटाएर पटक पटक वार्ता गर्न निर्देशन दिएपनि तालाबन्दी खुल्न सकेको थियो । पछि आफै केन्द्रीय कार्यालयमा आएका उपकुलपतिले आन्दोलनरत समाजसँग वार्ता बस्न नमान्दा प्रतिष्ठानमा लामो गतिरोध निम्तिएको थियो ।
अन्त्यमा आएर प्रतिष्ठानको कल्याणकारी समाज र उपकुलपतिसहितको पदाधिकारीको टोली माग गरिएको तीन वटा मुख्य बुँदामा सहमति भएपछि ताला खुलेको समाजका अध्यक्ष रमाकान्त उपाध्यायले जानकारी दिए । सहमतिमा नियुक्त भएका डीन र अन्य डीनहरुको सम्बन्धमा ३ सदस्यीय कार्यदल गठन गर्ने र उक्त कार्यदलले पेश गरेको प्रतिवेदन कार्यकारी परिषद्मा पेश गर्ने सहमति भएको छ । त्यस्तै प्रतिष्ठानको कार्यकारी परिषद्ले आगामी सिनेट बैठकमा निर्णय गराई १ जना डीन प्रमुख रहने र अन्य संकायका डीन सहायकहरू डीन रहने सहमति भएको प्रतिष्ठतनले जनाएको छ ।
त्यस्तै, ललितपुरको महालक्ष्मी स्थानमा रहेको प्रतिष्ठानको सम्पर्क कार्यालय यथाशीघ्र हटाउने र उक्त सम्पर्क कार्यालयमा कार्यरत कर्मचारीहरुलाई १ हप्ताभित्र प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्ला बोलाउने सहमति भएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए । उनले भने, प्रतिष्ठानका सम्पूर्ण पदाधिकारीहरू विशेष कामबाहेक पुरा समय प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्लामा बस्ने सहमति भएको छ ।
यसका साथै अन्य मागका सम्बन्धमा कार्यकारी परिषदबाट हुवहु पारित गर्ने सहमति भएको अन्दोलनरत प्रतिष्ठान कर्मचारी कल्याणकारी समाजका अध्यक्ष रमाकान्त उपाध्यायले बताए । उनले भने गत असोज २६ गते नै प्रतिष्ठानको सम्पर्क कार्यालय ललितपुरबाट उपकुलपति राजेन्द्रराज वाग्लेले स्वास्थ्य संकायको डीनमा प्रा।डा मुनिराज क्षेत्रीलाई नियुक्त गरेका थिए । सोही नियुक्तिलाई खारेज गर्नुपर्ने हाम्रो माग थियो ।
यस्तै, प्रतिष्ठानमा कार्यरत कुनैपनि कर्मचारी बाहिर काम गर्न नपाउने र दोहोरो सुविधा भोग गर्न नपाउने ऐनमा उल्लेख भए अनुसार गर्नुपर्ने भन्दै कर्मचारीहरू आनदोलन गरेका थिए । मेडिकल डीन रेशम रानाको विषयले पनि प्रतिष्ठानका कर्मचारीभित्र तीव्र असन्तुष्टि रहेको बनाएको छ ।
मेडिकल डिनका रुपमा नियुक्त भएका रानाले एसएसबीएच परियोजनाबाट सुविधा लिनुका साथै ऐनेस्थेसिया सहायक कोर्ष कोर्डिनेटरको जिम्मेवारीमा रहेर पनि सुविधा लिएको कल्याणकारी समाजको आरोप छ । समाजका पदाधिकारीले यसरी एउटै संस्थाभित्र दोहोरो तेहेरो सुविधा लिनु गैरकानुनी भएको र त्यस्तो सुविधा लिनेलाई कारबाही हुनुपर्नेमा समेत माग राखेका छन् । यसैगरी ताला खुलेपछि प्रतिष्ठानका उपकुलपति वाग्लको कार्यकक्षमा पत्रकारहरुले सूचना र प्रतिक्रिया लिन खोज्दा कार्यलय भित्रै नछिरि वाहिरिनु भएको थियो ।

सम्बन्धित समाचार