जुम्लाका ७ सय ८५ जनाले शशस्त्र प्रहरीको लागी भरे फम ।
दिलमाया शाही
जुम्ला ः शशस्त्र प्रहरीको लागी जुम्लाका ७ साय ८५ जनाले फम भरेका छन । पछिल्लो समयमा कोरोना भाइसका कारण वेरोजगारीको संख्या बढेकाले सबै भन्दा बढी जुम्लाका युवा युवतीले शशस्त्र प्रहरीको फम भरेका हुन । शशस्त्र प्रहरी ३३ नम्बर त्रिपुणा गणले जुम्लामा मंगलवार देखी शशस्त्र प्रहरीको छनोट प्रक्रियाको शुरु गरेको शशस्त्र प्रहरी नायव उपरीक्षक गगन श्रेष्ठले बताए । उनका अनुसार जुम्ला, कालिकोट, मुगुका एक हजार दुई सय ६० जनाले फम भरेका छन कोरोनाको महामारीका कारणले गर्दा जुम्लामा मंगलवार देखी छनौट शुरु भएको हो ।
फम भरेका मध्य जुम्लाका सात सय ८५, कालिकोट तीन सय सात जना, र मुगुबाट एक सय ६८ जनाले फम लगाएका छन् । विगतका दिनमा फम जुम्लामा भरेपनि सुर्खेत गएर छनौट गर्नु गर्ने गरीएको थियो । यसले गर्दा न्युन आयस्रोत भएका ब्यक्तिका लागी खर्च जुटाउन हाम्मे हाम्मे हुने गरेको थियो ।
यस पटक जुम्लामा भएको छानोट प्रक्रियाले खर्च कम हुने भएको छ । बाहिर बस्दा हुने होटल र कोठा भाडामा लाग्ने खर्च जुम्लाको लागी आम्दानी हुने देखीएको छ । अहिले जुम्लामै छनोट भएकोमा स्थानीय र सहभागी खुशी भएका छन् ।स्थानीय सत्यनारायण योगीले भने यस अघि महंगो खर्च गरेर नेपालगंज सुर्खेत जानुपर्ने वाध्यता थियो अहिले केही सजिलो भएको छ ।
प्रहरी नायव उपरीक्षक गगन श्रेष्ठले कोभिडको समयमा वाहिर गर्दा झन जोखिम हुने डर भएकाले जुम्लामा केन्द्रले अनुमति पाएको छ । यस अघि नेपाल प्रहरीको जनपदको लागी समेत एक पटक जुम्लामा छनोट भएको थियो । तर यस वर्षको लागी भने केहुन्छ भन्ने बारेमा जानकारी नभएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक माधव काफ्लेले बताए । उनले भने बेरोजगारीको संख्या बढेर होला पहिलेको तुलनामा अहिले फम भर्ने सहभागीको संख्या बढीरहेको छ ।








