मालपोत कार्यालयको सेवा, नागरिकलाई सास्ती ।

दिलमाया शाही
कुनै पनि नागरिकको जिवन संग जोडीएको बिषय जमिन हो । जग्गा जमिन संग जमिन संग प्रत्यक्ष जोडीएको कार्यालय भनेकै नापी र मालपोत कार्यालय हुन ।त्यहि जग्गाको कारोबार गर्न टाढा टाढाबाट आएका नागरिक हप्तौ दिन बस्नु परेको दुखेसो पोक्दै आएका छन । मालपोतमा काम गर्न लामवद्ध कुरेका छन् तर काम भने नभएको सिंजा कनका सुन्दरी गाउंपालिका ४का लाल बहादुर बुढा र गुठिचौर गाउंपालिका ४ कै पदम नेपालीले गुनासो गरेका छन् ।
मालपोतमा सेवा लिने आउने नागरिक भन्छन सिंहदरबार गाउं गाउंमा आयो भने ् तर हामी नागरिकका लागि नयाँ प्रबिधि सास्ती बनेको छ । जे आएपनि हुने खानेहरुका लागि मात्र आएको उनीहरुको दुखेसो छ

कर्माचारी पुराना ,प्रबिधि नयाँ,
जुम्ला सदमुकाम क्षेत्रदेखि पश्चिम सिंगाचौरमा अवस्थित मालपोत कार्यालयमा नेट राम्रो संग चल्दैन कर्मचारी भन्छन । अर्कातिर कम्प्युटर अपरेटरले गर्ने काम हामी कर्मचारीलाई गारो छ । कम्प्युटर अपरेटरले नभएका कारण पनि मालपोतको कामकाजमा ढिलासुस्ती हुने गरेको मालपोत कार्यालय जुम्लाका कार्यबाहक प्रमुख महेन्द्र हमालले बताए ।
सिंजा गाउँपालिका – १ धाँपा गाउँका मयाराम आचार्य मालपोत कार्यालयमा जग्गाको कारोबारो गर्न ३ कार्तिकमा आएको बताए । उनले भने मालपोत कार्यालय आएको एक साता भन्दा बढी भयो तर काम भने हुन सकेन । उनले थपे दैनिक कार्यालय धाउने काम मात्रै भयो, तर काम भने भएन । अझै कतिदिन लाग्ने हो थाहाँ छैन । उनले भने एक घण्टामा हुने कामका लागी हप्ता दिन लाग्दा खर्च धेरै लागेको छ । होटलको बसाई दैनिक एक हजार पाँच सय रुपैया खर्च लाग्ने गरेको उनले बताए ।
त्यस्तै अर्का स्थानिय कनकासुन्दरी गाउँपालिका – ४ का लालबहादुर बुढा मालपोत कार्यालयमा जग्गाको लालपुर्जा बनाउन आएको बताए । उनले जग्गाको लालपुर्जा बनाउनका लागि लामो समयदेखि कार्यालय धाउदा पनि सेवा नपाएको गुनासो गरे । त्यस्तै गुठीचौर गाउँपालिका – ४ खल्लावाडाका धनकृष्ण कुमाईको पनि गुनासो मिल्दो जुल्दो छ । उनि भन्छन कार्तिक १९ देखि मालपोत कार्यालय धाउदै आएका छु ् । दाजु भाईको जग्गा भागबण्डा गरी लालपुर्जा अर्थात मोड कायम गर्न आएको हु ् । उनले पनि कार्यालय धाउन थालेको झण्डै महिना दिन पुग्न लाग्दा समेत सेवा पाएका छैनन् ।उनले भने दैनिक कार्यालय धाउने काम भएको छ । तर सेवा पाईएको छैन । फाँटवालासँगको मिलोमतोमा चिनजान भएका मान्छेका काम छिट्टै हुन्छन् भउने भने , तर हामी जस्ता सोझा साँझा लाईनमा बस्ने व्यक्तिको काम नहुने गरेको उनको गुनासो छ ।

दैनिक ५०÷६० जना सेवाग्राहीको भिड
जुम्लाको मालपोत कार्यालयमा दैनिक ५०÷६० जना सेवाग्राहीको भिड लाग्ने गरेको छ । तर दिनमा मुस्किलले १० जनाले मात्र सेवा पाउने गरेका छन् । सरकारले २०७६ कार्तिक १७ गतेमा मालपोत कार्यालय जुम्लालाई अनलाइन सेवामा ल्याएपछि यस्तो समस्या हुने गरेको छ । निमित्त कार्यालय प्रमुख महेन्द्र आचार्यका अनुसार यसअघि मालपोतको काम सवै लिखित रुपमा ढड्डाबाटै हुने गरेको थियो । नेपाल सरकार मालपोत विभागको लक्ष्य अनुसार अनलाइन प्रणालीबाट गएको बर्षबाट काम गर्न थाले पछि सेवा दिन ढिलासुस्ती हुने गरेको छ । उनले भने अहिले अनलाइन र ढड्डाबाट दुवै तरिकाबाट काम गर्नु पर्ने हुन्छ । अनलाइनबाट छिटोछरिता गर्नका लागि पहिला सेवाग्राहीका कागजात सवै कम्प्यूटर तथा सप्टवरमा इन्ट्री गर्नु पछर्् । उनले थपे साथै ढड्डामा पनि राख्नु पर्ने भएकाले यस्तो समस्या भएको हो । तर सप्टवरमा इन्ट्री भएका सेवाग्राहीले छिटै सेवा पाउने गरेका छन् । अर्काे कुरा यहाँको इन्टरनेट पनि दुर्तगतिको छैन ।
दक्ष जनशिक्तको अभाव
विभागले मालपोतका सवै कामकाज अनलाइन प्रणालीबाट सुचारु गरेपनि दक्ष जनशिक्तको अभाव छ । (कम्प्यूटर अपरेटर) अभाव भएकोले पनि यस्तो समस्या भएको निमित्त कार्यालय प्रमुख महेन्द्र आचार्यले बताए । उनले भने दैनिक जग्गा कारोबार गर्नेको कार्यालयमा भिड लाग्छ । कार्यसम्पादन गर्ने कम्प्यूटर अपरेटर करारमा एक जना मात्रै छन् । निमित्त कार्यालय प्रमुख आचार्यले भने यस विषयमा सम्वन्धित विभागमा जानकारी गराएका छौँ । दुई जना कम्प्यूटर अपरेटर थप भई आएपछि सेवाग्राहीको काम छिटोछरितो हुने अवस्था देखिन्छ । मंगलबार कार्यालयको बैठक बसेको छ । बुधबारदेखि कार्यालयमा पहिलो आउने सेवाग्राहीलाई पहिलो सेवा र टोकन प्रणालीबाट सेवा दिने तयारी गरेका छौँ । उनले एकदिनमा कति जानलाई सेवा दिनसकिन्छ । त्यसको सूचि पनि प्रकाशन गरेर सेवाग्राहीलाई सेवा लिन सहज हुने काम गछौँ ।साधन हुने हरुका लागि सजिलै छ तर साधन नहुने वृद्ध वृद्धाहरुका लागि हिंडेर त्यहा पुग्नै मुश्किल छ ।