कृषि जन्य बस्तुको बजारी करणका लागी लोगो निर्धारण गर्दै कृषि बिकास कार्यालय जुम्ला । ।


जुम्लाको कृषि उत्पादनलाई बजारी करण गर्न लोगो निर्धारण गरिने भएको छ ।जुम्लाको नाम बेचर अन्य जिल्लाको उत्पादति बस्तु बिक्रिबितरण गर्ने गरिएको भन्दै त्यस्तो कार्यालाइ रोक्न लोगो निर्धारण गरिने भएको हो । जुम्लाको प्राङगारिक कृषि जन्य बस्तुको नेपाल भरी माग दिनप्रतिनिद बढेको छ । तर जुम्लाले आफ्नो उत्पादित बस्तुको ब्रान्ड गर्न नसेकेका कारण अरु जिल्लाले यसको फाइदा उठाएको भन्दै लोगो निर्धारण गरिने     कृर्षि   बिकास कार्यालय जुम्लाले जनाएको छ ।

आम उपभोक्ता लाई जुम्लाको अर्गानिक कृर्षि उत्पादनको स्वाद चखाइ मजा दिलाउन लोगो निधारण गरिने भएको  कृर्षि बिकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए । उनले भने ,अबको कृर्षि जन्य बस्तुको उत्पादनलाई ध्यानमा राखी कर्णाली ब्रान्ड लोगो तयारी तथा डिजाइन गरी मुल्यमा एक रुपमा ल्याइने छ । यसले गर्दा हाम्रो उत्पादित बस्तुले राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा ल्याउन आबश्यक भएको छ ।

यसका नगरिकबाट ब्रान्ड लोगो संकलन गरी अर्थपुर्ण तथा उत्कृष्ट लोगो छानी ब्रान्ड गरिने भएकाले इच्छुक नागरिकका लागी कृर्षि बिकास कार्यालय जुम्लाले सुचना प्रकाशित गरेको छ । सुचना प्रकाशितभएको मितिले १५ दिन भित्रि उत्कृष्ट र अर्थपुर्ण लोगो तयार पार्ने डिजाइनर कर्तालाइ उचित पुरुष्कारको समेत ब्यवस्था गरिएको छ । साथै थप जानकारीको लागी  कृषिबिकास कार्यालय जुम्लाले फोन नं ०८७५२००२७ र ९८४८३१४०१ सम्पर्क राख्न सकिने छ ।