प्रधामन्त्री वालेन्द्रको सम्पत्ति : १०.२ बिघा जमिन, १९० तोला सुन

काठमाडाैं । प्रधानमन्त्री वालेन्द्र शाह र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक सम्पत्तिअनुसार प्रधानमन्त्री वालेन्द्रको काठमाडौं धनुषा र महोत्तरीमा १०।२ बिघा जमिन भएको देखाइएको छ ।

साथै प्रधानमन्त्री वालेन्द्रकी श्रीमती सविना काफ्लेको १९० तोला सुन पैत्रिक सम्पत्तिको रुपमा देखाइएको छ । काठमाडौं ९ मा पाँच आना जग्गा पनि देखाइएको छ ।

१ करोड ४६ लाख रुपैयाँ नगद रहेको खुलाएका छन् । उनले बुझाएको सम्पत्ति विवरणमा सो नगद रहेको खुलाएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणमा उनले सो रकम फेसबुक, युट्युब, टिकटक, स्पोटीफाइ र इन्स्टाग्रामबाट पाएको उल्लेख गरेका छन्।