रूकुम पूर्वमा प्रचण्ड बलियो दाबेदार, कति छन् मतदाता ?
काठमाडाैँ । रुकुम (पूर्व) मा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपाका प्रचण्ड उम्मेदवार छन्। निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसबाट कुसुम देवी थापा र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्दीप पुन उम्मेदवार छन्।
एमालेले पुनलाई सहयोग गर्ने सहमति जनाएपछि चुनावी प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ, जसमा ३४ हजार ७ सय ७२ मतदाता छन्। काठमाडौँ । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा देशकै ध्यान तानिएको निर्वाचन क्षेत्रमध्ये एक हो– रुकुम (पूर्व) ।
एकमात्र निर्वाचन क्षेत्र रहेको रुकुम (पूर्व) मा नेपाली कम्युनिष्ट पार्टी (नेकपाका) का संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ उम्मेदवार रहेका छन् । यस क्षेत्रमा कुल ३४ हजार ७ सय ७२ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको मतदाताको अन्तिम नामावली अनुसार जिल्लामा ४४ वटा मतदान स्थल र ५६ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।
लुम्बिनी प्रदेश अन्तर्गत पर्ने यस पहाडी जिल्लामा पुथा उत्तरगंगा, भूमे र सिस्ने गरी तीन वटा गाउँपालिकाहरू रहेका छन् । रोचक राजनीतिक प्रतिस्पर्धा हुने अनुमान गरिएको यस क्षेत्रमा नेपाली कांग्रेसबाट कुसुम देवी थापा र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्दीप पुन उम्मेदवार छन् ।
नेकपा एमालेबाट लिलामणी गौतम उम्मेदवार रहेपनि एमालेले पुनलाई सहयोग गर्ने आइतबार मात्रै सहमति भएकाले चुनावी भिडन्त रोचक र प्रचण्डलाई प्रेसर हुने देखिएको छ । भौगोलिक रूपमा विकट मानिने पुथा उत्तरगंगा गाउँपालिकामा उल्लेख्य संख्यामा मतदाता रहेका छन् । वडागत रूपमा हेर्दा यहाँको वडा नं. १० (तकसेरा र घुम्लिबाङ क्षेत्र) मा १ हजार ५ सय १० मतदाता रहेका छन्, जुन यस पालिकाको उच्च संख्या हो ।
त्यस्तै वडा नं. १२ (कोल) मा १ हजार ३ सय ८१ मतदाता छन् भने वडा नं. १४ (राङसी) मा १ हजार १ सय २६ मतदाता रहेका छन् । वडा नं. १ (मैकोट) मा ९ सय ६१, वडा नं. २ मा ५ सय २३, वडा नं. ५ मा ८ सय ७० र वडा नं. ११ मा १ हजार २ सय ७५ मतदाता रहेका छन् । तुलनात्मक रूपमा कम मतदाता रहेको वडा नं. ७ (खारखोला र जाङ) मा ४ सय ७८ र वडा नं. ६ (मयाङ) मा ३ सय ६७ मतदाता रहेका छन् ।
त्यस्तै, भूमे गाउँपालिकातर्फ हेर्दा वडा नं. ९ (चुनवाङ र सिमचौर) मा मतदाताको संख्या बाक्लो देखिएको छ, जहाँ कुल १ हजार ९ सय ७७ मतदाता छन् । वडा नं. ३ (सिमा) मा १ हजार ६ सय १६ र वडा नं. १ (लुकुम) मा १ हजार ४ सय ७८ मतदाताले मतदान गर्नेछन् ।
वडा नं. ८ (कुचिवाङ र भोटिसमलचौर) मा १ हजार ४ सय ९५ मतदाता रहँदा वडा नं. २ (काक्री) मा १ हजार ४ सय २१ मतदाता सूचीकृत छन् । भूमे गाउँपालिकाको वडा नं. ७ (गुनाम र धर्मशाला) मा भने ८ सय ७३ मतदाता रहेका छन् ।
सिस्ने गाउँपालिकामा मतदाताको चाप अझ बढी देखिन्छ । विशेष गरी वडा नं. ५ (रुकुमकोट) मा जिल्लाकै सबैभन्दा धेरै २ हजार २ सय ५७ मतदाता रहेका छन्, जसका लागि रुक्मिणी मा.वि.मा तीन वटा मतदान केन्द्र (क, ख, ग) तोकिएको छ ।
वडा नं. ६ (छिप्रिदह र खोपिचार) मा १ हजार ७ सय ९२ मतदाता छन् । त्यस्तै वडा नं. ४ (नयाँढाका र झाक्रिपोले) मा १ हजार ६ सय ३४ मतदाता रहँदा वडा नं. ३ (पोखरा) मा १ हजार ३ सय ९७ मतदाता रहेका छन् । सिस्नेको वडा नं. १ मा ९ सय ८० र वडा नं. ७ मा ९ सय ७६ मतदाता रहेका छन् ।







