यस पटक देउसी भैलो र पुजापाठमा प्रतिबन्ध ।

दिलमाया शाही जुम्लाः
यस वर्ष तिहारमा खेलिने देउसी भैलो र पुजापाठमा प्रतिबन्ध गरिएको छ । जिल्ला प्रशासन कार्यालयले कोभिड(१९ कोमहामारीलाइ मध्य नजर गरी देउसी भैलो खेल्न प्रतिबन्ध लगाइएको जानकारी गराएको हो । महामारीको अवस्थामा यस वर्ष जिल्लाका सबै स्थानीय तहहरुमा देउसी भैलो खेल्न रोक लगाईएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । जिल्लाको एक नगरपालिका र ७ वटा गाउपालिका गरी आठवटा स्थानियतहमा देउसी भैलो खेल्न र पुजाआजामा रोक लगाईएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनले भने देउसी भैलोको कार्यक्रम गर्दा धेरै जमघट हुने हुन्छ । यस कारणले कोरोना संक्रमणको झन जोखिम उच्च हुने सम्भावना हुन्छ । जसका लागी हामीले यस वर्ष जिल्ला भरी देउसी भैलो खेल्न प्रतिबन्ध लागाउने निणर्य गरेका हौ ।

जुम्लाका साहयक प्रमुख जिल्ला अधिकारीले भने, सुरक्षा समितिले देउसी भैलो नखेल्न अनुरोध गरेको छ ।उनका अनुसार जिल्ला सुरक्षा समितिले मात्रै निगरानी गरेर हुदैन सबै स्थानिय तह जिम्मेवारी हुन आबश्यक छ । उनले थपे ,जिल्ला सुरक्षा समितिले तिहारमा देउसी भैलो खेल्न नदिन जुम्लाका सबै स्थानीय तहलाई पत्राचार समेत गरिसकेको छ ।
कुनै पनि ठाउमा यस्ता कर्या गरेको पाइएमा जोसुकैलाइ संक्रमाण रोग ऐन २०२० र स्थानिय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने छ ।

तिहारमा हुने आगलागी जस्ता गतिबिधिलाइ मध्यनजर गरी अत्तिसबाजी, पटका लगायतका ज्वलनशिल प्रदार्थ प्रयोग गर्न र बिक्रिबितरणमा रोक लगाइएको जिल्ला प्रशासन जुम्लाले जनाएको छ ।साथै अनाआबश्यक रुपमा सार्वजानिक रुपमा जमघाट ,राजनितिक भेला , सभा ,सम्मेलन जस्ता कार्यगरी शन्तिसुरक्षामा ,सुब्वस्थामा खलल पु¥याउने कुनै खाल्को गतिबिधि गरेको खण्डमा कानुनी कारबाही गरिने प्रशासनले चेतावनी समेत दिएको छ । तिहारको अवधिभर साँझ ७ बजे भन्दा पछि मदिरा बेचबिखन गर्न पाइने छैन ।

तिहारको रमाइलो गर्ने बाहनामा होहल्ला गरी शन्ति सुरक्षा भंग  गर्ने जुवाताज खेल्ने खेलाउने कार्य गरेको खण्डम प्रशासनले प्रचलित कानुन बोमोजिम कारबाही गर्ने छ । तिहारलाइ लक्षित गरी घट्ने घटनालाइ मध्यनजर गरी सुरक्षाकर्मी थप परिचालन गरिने भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरिक्षक माधव काफ्लेले बताए । उनले भने सबै भन्दा बढी जमघाट हुने स्थानमा सुरक्षा ब्यवस्था कडा पारिने छ । प्रहरी नायव उपरिक्षक काफ्लेले भने प्रहरी प्रशसानले मात्रै कडागरेर हुदैन महामारीबाट बच्नका निम्ति आम नागरिकले आफ्नो कर्तब्य निर्वाह गर्न जरुरी छ ।