जुम्लामा ११ओैँ राष्ट्रिय याेग दिवस:याेग अभ्यास देखि निःशुल्क सिलाजित पान खुवाउने कार्यक्रम

जुम्ला : चन्दननाथ योग साधना केन्द्रकाे सहजिकरण र आयुर्वेद स्वास्थ्य सेवा केन्द्रको आयाेजनामा ११ राष्ट्रिय याेग दिवस मनाईएकाे छख। याेग सधना केन्द्रका अनुसार यश अधि पनि नियमित योग अभ्यास कार्यक्रम गर्दै आएकाे थियाे ।राष्ट्रिय याेग दिवस कार्यक्रममा करिब ९१ जना सहभागी भएका थिए।

कार्यक्रममा चन्दननाथ योग साधना केन्द्रकी अध्यक्ष जानदेवी कठायत प्रमुख रूपमा उपस्थित रहनुभएको थियो भने प्रमुख अतिथिका रूपमा सहायक प्रमुख जिल्ला अधिकारी मीनबहादुर रावल सहभागी हुनुहुन्थ्यो। त्यस्तै, अतिथिका रूपमा चन्दननाथ नगरपालिका–५ का वडा अध्यक्ष वृखबहादुर कार्की तथा कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीको उपस्थिति रहेको थियो।

आयुर्वेद स्वास्थ्य केन्द्रका नन्दप्रसाद न्यौपानेका अनुसार आम नागरिकको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गरी स्वास्थ्य लाभ दिलाउने उद्देश्यले चन्दननाथ योग साधना केन्द्रले फागुन १ गते सम्म निःशुल्क सिलाजित पान (खुवाउने) कार्यक्रम सञ्चालन गर्ने भएको छ।
आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाले विगत लामो समयदेखि नियमित रूपमा योग अभ्यास कार्यक्रम सञ्चालन गर्दै छ। योग अभ्यासले शारीरिक, मानसिक तथा आत्मिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ। आयुर्वेद स्वास्थ सेवा केन्द्रले स्थानीयस्तरमा स्वास्थ्य प्रवर्द्धनका लागि यस्ता कार्यक्रम प्रभावकारी रहेको सहभागीहरूको भनाइ छ। उनिहरुका अनुसार शरीर लचिलो, बलियो र सन्तुलित बनाउने,मांसपेशी, जोर्नी र हाडलाई मजबुत बनाउँने तथा,रक्तसञ्चार राम्रो बनाउँने,मोटोपन, उच्च रक्तचाप, मधुमेह जस्ता समस्यामा सहयोगी,रोग प्रतिरोधात्मक क्षमता बढाउँने उनिहरुले बताएका छन।