प्रतिनिधि सभामा पहिलाे नम्वरमा नरेश भण्डारी सहित पाँच जनाकाे नाम सिपारिस

 

जुम्ला : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) जुम्ला जिल्लाले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ पहिलाे नम्वर मा बिकास प्रेमि नेता नरेश भण्डारी सहित पाँच जनाको नाम सिफारिस गरिएकाे छ । एक नम्वरमा सिफारिस भएका नेता भण्डारीकाे नाम राजनीतिक, सामाजिक र विकासको दृष्टिले सबैभन्दा मजबुत दावेदारका रूपमा अग्रपंक्तिमा देखिएको छ।
पार्टी कमिटीको बैठकले नरेश भण्डारी,दलबहादुर जी.सी., नवराज न्यौपाने, अमराज शाही र हरिबहादुर रावलको नाम सिफारिस गरेको जानकारी नेता नबिन शर्माले दिनुभएको छ ।
जुम्लामा धेरैले विकासको नारा लगाए, तर थोरैले मात्र संस्थागत र दीर्घकालीन संरचनाको कल्पना गरे ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चुकेनी जलविद्युत आयोजना र बृहत् धौलिगाड खानेपानी आयोजना जस्ता बहुआयामिक योजनाको अवधारणा अघि सारेका भण्डारीकाे नाम पहिलाे सुचिमा यस पटक नेपाली कम्युनिस्ट पाटिले सिफारिस गरिएकाे हाे ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको मात्र परियोजना होइन, यो कर्णालीको स्वास्थ्य प्रणालीलाई केन्द्रमा ल्याउने राजनीतिक हस्तक्षेप हो । दुर्गम क्षेत्रका नागरिकलाई काठमाडौं धाउनु पर्ने बाध्यताको अन्त्य गर्ने सोच, स्थानीय स्तरमै चिकित्सक उत्पादन गर्ने रणनीति र स्वास्थ्यलाई अधिकारका रूपमा स्थापित गर्ने पहल भण्डारीको दूरदर्शी सोचको प्रतिफल हो ।भने चुकेनी जलविद्युत आयोजना जुम्लाको अन्धकारसँगको संघर्षको प्रतीक हो ।

दशकौँदेखि विद्युत् अभाव झेल्दै आएको जुम्लामा आत्मनिर्भर ऊर्जाको अवधारणा अघि सार्नु सामान्य राजनीतिक साहस होइन । त्यस्तै बृहत् धौलिगाड खानेपानी आयोजना केवल खानेपानी योजना मात्र नभई स्वास्थ्य, सरसफाइ र मानव जिवनसँग जोडिएको दीर्घकालीन समाधानकाे सपना हो ।
आज जुम्लालाई भाषण गर्ने होइन, कानून निर्माण, बजेट हस्तक्षेप र राष्ट्रिय नीति निर्माणमा कर्णालीको आवाज बलियो बनाउने प्रतिनिधि चाहिएको छ ।

स्वास्थ्य, ऊर्जा र खानेपानीजस्ता आधारभूत क्षेत्रमा अवधारणागत नेतृत्व दिएको अनुभव भण्डारीसँग मात्रै छ।  त्यसलाई राजनीतिक एजेन्डा बनाउने क्षमता पनि उहाँमै देखिन्छ ।यस अर्थमा, नरेश भण्डारी केवल एक उम्मेदवार होइनन्,उहाँ जुम्लाको दीर्घकालीन बिकास माेडलकाे बहसकाे रुपमा संसदसम्म पुर्‍याउन सक्ने राजनीतिक अपरिहार्यता छ ।

सम्बन्धित समाचार