काठेपुल जिर्ण बने पछि खल्लाका नागरिकलाई सास्ती ।

दिलमाया शाही
काठेपुल जिर्ण हुदा आवत जावतमा स्थानीयलाई कठिन भएको छ । चन्दननाथ नगरपालिकाको वडानम्बर ९ र १० जोड्ने पुल जिर्ण हुदा खल्लाका नागरिकलाई आवत जावतमा समस्या भएको हो जिर्णपुलबाट आवतजावत गर्दा दुर्घटना हुने सम्भावना भएपछि स्थानीयको सक्रियतामा वुधवार देखी पुल भत्काउन समेत शुरु गरिएको छ ।स्थानीयको आवह्रानमा नेपाली सेना, शशस्त्र प्रहरी समेत त्यहाँ पुगेर दुर्घटनाबाट जोगाउन भन्दै जिर्ण काठेपुल भत्काउन लागिएको स्थानीय समाजसेवी शिव प्रसाद उपाध्यायले बताए । उनले भने बि.सं २०२० सालमा निर्माण गरिएको काठेपुल पटक पटक जिर्ण हुदै गरिएपनि अहिले धेरै जिर्ण भएपछि पुरै भत्काउने अवस्थामा पुगेको हो । पक्कि पुलका लागि सरोकारवाला निकायमा पहल चाल्ने गाउँवासीले आग्रह गरेका छन । नगरपालिकाको दुई वडा तथा साविक कार्तिकस्वामी गाविस र तलिउम गाविस जोड्ने उक्त पुलबाट नभएपछि तातोपानी वडा नम्बर ४, ५ का वासिन्दा पनि वन, खेतिपाति, गाईवस्तु चराउन तथा मुल सडकमा आउन समेत समस्या भएको छ । जिर्ण पुलमा आवत जावत गर्दा मानिसहरु, पशुवस्तुहरु पुलवाट खस्ने डरले समयमै भत्काउन आवश्यक भएको हो । उक्त स्थानमा पुल भत्काईएपनि तत्कालका लागि अस्थायी काठको लाप्को लगाई आवत जावत गर्न मिल्ने अवस्था हुदैन । त्यो ठाउमा ३ बर्ष अघि देखी झुलङ्गे पुल निर्माणका शुरु गरिएपनि अहिले सम्म नवनेको स्थानीयले गुनासो गरेका छन् । स्थानीयले पुल जिर्ण हुदा अहिले सम्म कुनै पनि निकायले यसमा ध्यान नदिएको भन्दै पक्कि पुलका लागि सहयोग गर्न सरोकारवाला निकायसंग माग गरेका छन।